Breaking news 1

राजनीतिक अस्थिरता र हस्तक्षेपका कारण विकास परियोजना अवरुद्ध भए : ओली

राजनीतिक अस्थिरता र हस्तक्षेपका कारण विकास परियोजना अवरुद्ध भए : ओली

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
झापानेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा अघि सारिएका विकास परियोजनाहरू राजनीतिक अस्थिरता र हस्तक्षेपका कारण अवरुद्ध भएको बताएका छन् ।सोमबार झापा-५ स्थित मतदाताहरुसँग अन्तरक्रिया गर्दै ओलीले महत्त्वपूर्ण योजनाहरू कार्यान्वयनको चरणमा पुग्दा योजनाबद्ध रूपमा सरकार ढाल्ने प्रयास हुने गरेको आरोप लगाउदै देशभक्ति र पूर्वाधार विकासका एजेन्डामा आन्तरिक तथा बाह्य शक्तिहरूको प्रभाव देखिने गरेको बताएका थिए ।ओलीले बारम्बारको सरकार परिवर्तनले ठूला पूर्वाधार आयोजनाहरू निरन्तरता पाउन नसकी अलपत्र पर्ने अवस्था सिर्जना भएको उल्लेख गरे । उनले रेलमार्ग र पानीजहाज सञ्चालनको अवधारणा आफूले अघि सारेको स्मरण गराउँदै उनले काम अघि बढ्न थालेपछि सरकार नै परिवर्तन हुने प्रवृत्ति दोहोरिएको टिप्पणी गरे । उनले भने- 'एउटा कार्यकालमा सम्पन्न गर्न सकिने कामका लागि चार पटक प्रधानमन्त्...
बंगलादेश सरकारको शपथग्रहणमा नेपालबाट परराष्ट्रमन्त्री बालानन्द शर्मा सहभागी हुने

बंगलादेश सरकारको शपथग्रहणमा नेपालबाट परराष्ट्रमन्त्री बालानन्द शर्मा सहभागी हुने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँपरराष्ट्रमन्त्री बालानन्द शर्मा आज बंगलादेशको राजधानी ढाकातर्फ प्रस्थान गर्दै छन् । बंगलादेशको नव निर्वाचित सरकारको शपथग्रहण समारोहमा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन् ।गत विहिबार सम्पन्न निर्वाचनमा बंगलादेश राष्ट्रिय पार्टी (बीएनपी) ले दुई तिहाई बहुमत हासिल गरेर सरकार बनाउदैछ । बीएनपीका अध्यक्ष तारिक रहमान बंगलादेशको नयाँ प्रधानमन्त्री बन्दैछन् ।शपथग्रहण समारोहमा बंगलादेशले नेपालसहित सार्क देशलाई निमन्त्रणा गरेको बताइएको छ । मन्त्रालयका अनुसार मन्त्री शर्माको यो भ्रमणले नेपाल र बंगलादेशबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन तथा आपसी सहयोगका क्षेत्रहरू विस्तार गर्न नेपालको प्रतिबद्धता झल्काउने विश्वास गरिएको छ । भ्रमणका क्रममा मन्त्री शर्मासँग परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू पनि सहभागी रहेका छन् । परराष्ट्रमन्त्री शर्मा फागुन ७ गते काठमाडौँ फर्कने कार्यक्...
आजदेखि फागुन १८ गते राति १२ बजेसम्म निर्वाचन प्रचार–प्रसार गर्न पाइने

आजदेखि फागुन १८ गते राति १२ बजेसम्म निर्वाचन प्रचार–प्रसार गर्न पाइने

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
बुटवलआजदेखि प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ। मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था छ। सोही व्यवस्थाअनुसार, आजदेखि यही फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन प्रचार–प्रसार गर्न सक्ने छन्। निर्वाचनको निष्ठालाई उच्च प्राथमिकतामा राखेर दल तथा उम्मेदवार एवं अन्य सरोकारवाला सबैले निर्वाचन आचारसंहिताको पूर्ण पालना गरी निर्वाचन प्रचार–प्रसार गर्न सक्ने जनाइएको छ।सोही व्यवस्थाभित्र रहेर राजनीतिक दलका उम्मेदवारले औपचारिक रुपमा मतदातासमक्ष मत माग्न पाउनेछन्।आयोगले आचारसंहिता कार्यान्वयन तथा अनुगमनमा विभिन्न संयन्त्र परिचालन गरिरहेको छ।राजनीतिक दल तथा उम्मेदवारहरूलाई आच...
बैंक वा वित्तीय संस्थाबाहेक अन्य माध्यमबाट खर्च नगर्न-नगराउन निर्वाचन आयोगको निर्देशन

बैंक वा वित्तीय संस्थाबाहेक अन्य माध्यमबाट खर्च नगर्न-नगराउन निर्वाचन आयोगको निर्देशन

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंनिर्वाचन आयोगले उमेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थाबाहेक अन्य माध्यमबाट खर्च गर्न गराउन नहुने भनी राजनीतिक दलहरूलाई फेरि निर्देशन दिएको छ ।निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थाबाहेक अन्य माध्यमबाट खर्च गर्न गराउन नहुने भनी आयोगले यसअघि पनि निर्देशन दिँदै आएको छ । २५ हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट सहयोग लिने र खर्च गर्नुपर्ने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।आयोगले खर्चको बिल भरपाई तथा बैंक वा वित्तीय संस्थामा रहेको खाताको विवरण पेस गर्न आदेश दिएमा सक्कल बिल भरपाई तथा बैंक वा वित्तीय संस्थाको खाताको विवरण पेस गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ । “निर्वाचन प्रचारप्रसारमा खर्च गर्दा आफू वा आफ्नो निर्वाचन प्रतिनिधिमार्फत् मात्...
आज महाशिवरात्री: शिव भगवानको पूजा आराधना गरी मनाइँदै

आज महाशिवरात्री: शिव भगवानको पूजा आराधना गरी मनाइँदै

Breaking news 1, खेलकुद, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज
काठमाडौं प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्री पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी आज देशभर मनाइँदैछ ।पर ब्रह्मले फाल्गुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको छ ।वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेखित छ ।फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने ...
लक्ष्यअनुसार राजस्व संकलन नभएपछि प्रदेश र स्थानीय तहको वित्तीय समानीकरण अनुदान कटौती

लक्ष्यअनुसार राजस्व संकलन नभएपछि प्रदेश र स्थानीय तहको वित्तीय समानीकरण अनुदान कटौती

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंचालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक समीक्षा अवधिसम्म सरकारले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेपछि प्रदेश र स्थानीय तहमा जाने वित्तीय समानीकरण शीर्षकको अनुदान कटौती गरेको छ । महालेखा नियन्त्रक कार्यालयले गत माघ २७ गते सबै कोष तथा लेखा नियन्त्रक कार्यालयलाई परिपत्र गर्दै वित्तीय समानीकरण अनुदानको तेस्रो किस्ताबापतको रकम कटौती गर्न भनेको हो । 'पुस मसान्तसम्म लक्ष्यको तुलनामा ८१ दशमलव ७५ प्रतिशत मात्र राजस्व संकलन भएको र सोही अनुपातमा प्रदेश तथा स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान हस्तान्तरण गर्न अर्थ मन्त्रालयबाट लेखिआएको छ,' महालेखा नियन्त्रक कार्यालयको परिपत्रमा भनिएको छ, 'जसअनुसार तेस्रो त्रैमासिक किस्तावापत हुने २५ प्रतिशत मध्ये २० दशमलव ४३ प्रतिशत अर्थात् कूल स्वीकृत वार्षिक बजेटमध्ये तेस्रो किस्तासम्मको ७० दशमलव ४३ प्रतिशतमा नबढ्ने गरी प्रदेश तथा स्थानीय तहमा ...
आज भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस

आज भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राेचक जानकरी, विविध, शिक्षा, समाचार, समाज
बुटवलआज भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस । यो दिनमा प्रेमजोडीले उपहार आदान प्रदान गर्दै माया साटासाट गर्छन् । आफूलाई मन परेको व्यक्तिसामु प्रेम प्रस्ताव राख्ने दिनको रुपमा पनि युवायुवतीले भ्यालेन्टाइन डेलाई उपयोग गर्छन् ।विश्वभर फेब्रुअरी १४ तारिखका दिन भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाइने गरिन्छ । नेपालमा पनि केही वर्षयता प्रेम दिवसलाई युवा युवतीले विशेष चाडकै रूपमा मनाउन थालेका छन् । यो दिवसले सहरी समाजमा त नयाँ संस्कृतिकै रूप लिएको छ ।यो दिन प्रेमिप्रेमिकाले एक अर्कालाई उपहार दिएर माया दर्साउने र प्रेम प्रस्ताव राख्ने गर्छन् । ‘विल यु बी माई भ्यालेन्टाइन’ आज अर्थात् १४ फेब्रुअरी सबै आफ्नो प्रेमी प्रेमिकालाई यही बाक्यबाट सम्बोधन गर्दछन् । प्रेमको प्रतीक मानिने रातो गुलाब दिएर यो वाक्य भनिरहेका हुन्छन् । मन परेको व्यक्तिलाई ‘ह्याप्पी भ्यालेन्टाइन डे’ ‘आई लभ यू’ भन्न यही गुलाव ...
चालु आर्थिक बर्षको माघ मसान्तसम्म ६ खर्ब ६९ अर्ब ३२ करोड राजश्व संकलन

चालु आर्थिक बर्षको माघ मसान्तसम्म ६ खर्ब ६९ अर्ब ३२ करोड राजश्व संकलन

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंआर्थिक बर्ष २०८२-८३ को माघ मसान्तसम्म ७ महिनामा ६ खर्ब ६९ अर्ब ३२ करोड राजश्व संकलन भएको छ । माघ मसान्तसम्म ७ महिनामा ८ खर्ब १३ अर्ब ६३ करोडको लक्ष्य रहेकोमा ८२. २६ प्रतिशत संकलन भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।त्यस्तै माघ महिनाको लक्ष्य एक खर्ब २ अर्ब ४२ करोड रहेकोमा ८७ अर्ब ९२ करोड राजश्व संकलन भएको छ, जुन ८५.८४ प्रतिशत हो । अघिल्लो आर्थिक बर्षमा माघ महिनामा ८३ अर्ब ५१ करोड राजश्व संकलन भएको थियो ।आर्थिक बर्ष २०८२-८३ को कुल राजश्व संकलन लक्ष्य भने १४ खर्ब ८० अर्ब रहेको छ भने ७ महिनामा ६ खर्ब ६९ अर्ब ३२ करोड संकलन भएको छ । ...
आज विश्व रेडियो दिवस

आज विश्व रेडियो दिवस

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँआज विश्व रेडियो दिवस विश्वभर मनाइदैछ । हरेक वर्षको फेब्रुअरी १३ तारिखको दिन विश्व रेडियो दिवस मनाइने गरिएको छ । स्पेनको प्रस्तावमा संयुक्त राष्ट्रसंघीय शैक्षिक, सामाजिक तथा सांस्कृतिक संगठन युनेस्कोले सन् २०११ नोभेम्बर ३ तारिखमा मनाउने निर्णय गरेअनुसार नेपालमा पनि रेडियो दिवस मनाउन थालिएको हो । सन् १९४६ मा संयुक्त राष्ट्रसंघीय रेडियो स्थापना भएको सम्झनामा मनाउने गरिन्छ । यस बर्षको विश्व रेडियो दिवसको नारा ‘रेडियो र कृत्रिम बुद्धिमत्ता: एआई एउटा उपकरण हो, आवाज होइन’ भन्ने रहेको छ ।रेडियोलाई महत्वपूर्ण सञ्चार माध्यमको रुपमा सम्मान गर्न, प्रसारकहरु बीचको अन्तर्राष्ट्रिय समन्वय र सहयोगमा सुधार गर्न, ठूला नेटवर्क र सामुदायिक रेडियोलाई सूचनाको पहुँचमा बढावा दिन प्रेरित गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ ।नेपालको सन्दर्भमा रेडियोको महत्व अझै धेरै छ । नेपालको भौगोलिक तथा अन्य सामा...
देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को चुनावको विकल्प छैन : प्रधानमन्त्री कार्की

देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को चुनावको विकल्प छैन : प्रधानमन्त्री कार्की

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंप्रधानमन्त्री सुशीला कार्कीले हिमाली तथा पहाडी जिल्लाहरूमा आगामी फागुन २१ गते नै निर्वाचन गराउन सम्भव रहेको बताएकी छिन्।हिमाली जिल्लाहरूमा निर्वाचनको तयारी, सुरक्षा व्यवस्थापन तथा भौगोलिक चुनौतीको स्थलगत निरीक्षणका क्रममा आज सोलुखुम्बु आएकी उनले सोलु सहित हिमाली जिल्लामा तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न सकिने अवस्था रहेको जानकारी दिइन् ।प्रधानमन्त्री कार्कीले कुनै पनि बहानामा निर्वाचन सार्ने अवस्था नरहेको उल्लेख गरिन् ।उनले भनिन्, “देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन । हिमाली भेगका चुनौतीलाई मध्यनजर गर्दै सरकारले आवश्यक सबै व्यवस्था गरिसकेको छ ।”उनले निर्वाचन भयरहित, शान्त, निष्पक्ष र धाँधलीरहित ढङ्गबाट सम्पन्न हुनेमा ढुक्क रहन आम मतदाता, राजनीतिक दल तथा उम्मेदवारहरूलाई आग्रह गरिन् । सरकारको सम्पूर्ण ध्यान सौहार्दपूर्ण वातावरणमा निर्वाचन ...