Breaking news 1

पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो

पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार
काठमाडौंनेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।निगमका अनुसार पेट्रोलमा १५ र डिजल मट्टीतेलमा १० रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो । वृद्धि भएको मूल्य आईतबार राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ ।निगमका अनुसार, अब तेस्रो वर्ग अन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १७२ रुपैयाँ कायम भएको छ भने डिजल र मट्टीतेलको मूल्य १५२ रुपैयाँ पुगेको छ ।दोस्रो वर्ग अन्तर्गत पर्ने दाङ र सुर्खेतमा पेट्रोलको मूल्य १७१, डिजल र मट्टीतेलको मूल्य १५१ पुगेको छ ।त्यस्तै, पहिलो वर्ग अन्तर्गत पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा भने पेट्रोलको मूल्य १६९ रुपैयाँ ५० पैसा र डिजल–मट्टीतेलको मूल्य १४९ रुपैयाँ ५० पैसा कायम भएको छ ।निगमतले अमेरिका–इजरायल–इरान तनावबीच देखिएको अन्तर्राष्ट्रिय परिस्थितिका कारण मूल्य वृद्धि गर्नुपरेको जनाएको छ...
लेबननमा नेपाली शान्ति सेनाको बटालियन हेडक्वार्टरमा हवाई आक्रमण

लेबननमा नेपाली शान्ति सेनाको बटालियन हेडक्वार्टरमा हवाई आक्रमण

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
मध्यपूर्वमा जारी तनावबीच लेबननस्थित नेपाली शान्ति सैनिकको बटालियन हेडक्वार्टरमा हवाई हमला भएको छ। शुक्रबार दक्षिणपूर्वी लेबननको अलजाबेलस्थित ब्लु लाइन नजिकै संयुक्त राष्ट्रसंघमार्फत खटिएको नेपाली शान्ति सेनाको बटालियन हेडक्वार्टरमा हमला भएको हो। लेबननको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले नेपाली शान्ति सैनिकको क्याम्पमा गोला खसेको भनेर समाचार प्रकाशन गरेका छन्। घटनामा मानवीय क्षति नभएको पनि बताइएको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ताले पनि घटनाबारे जानकारी आएको पुष्टि गर्दै थप विवरण चाँडै सार्वजनिक गरिने बताएका छन्। इसराइली सेनाले भने घटनाबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन। नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले घटनाको पुष्टि गर्दै सामान्य भौतिक क्षतिबाहेक मानवीय क्षति नभएको बताएका छन्। ‘घटना हि...
ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँराष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ । आयोगका उपसचिव श्यामबाबु काफ्लेले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा कृत्रिम अभाव पैदा गरेको पाइएमा कानुनी दायरामा ल्याउन, अनावश्यक भण्डारण गर्ने प्रवृत्तिलाई नियमन गर्नेतर्फ आवश्यक पहल गर्न र अत्यावश्यकीय वस्तुहरूको आपूर्तिको व्यवस्था अविलम्ब मिलाइ उपभोक्ताको अधिकार संरक्षण गर्न आयोग नेपाल सरकारलाई निर्देशन गरिएको छ ।आयोगले नेपाल आयल निगम, वाणिज्य विभाग, नेपाल खाद्य व्यवस्था कम्पनी लिमिटेडलगायत ग्यास बिक्री वितरण गर्ने डिपोहरु समेतको अनुगमन तथा अवलोकन गरेको छ । “अनुगमन तथा अवलोकनबाट नेपाल पेट्रोलियम पदार्थको आपूर्तिका लागि मुख्यतः आयातमा निर्भर रहेको छ, यसका लागि आयात हुनुपर्ने कच्चापदार्थ साबिकबमोजिम नियमित रूपमा नै आपूर्ति भइरहेको छ”, विज्ञप्तिमा भनिएको...
जनताको फैसला लाई सम्मानका साथ स्वीकार्ने एमाले अध्यक्ष ओलीको भनाइ

जनताको फैसला लाई सम्मानका साथ स्वीकार्ने एमाले अध्यक्ष ओलीको भनाइ

Breaking news 1, जीवनशैली, ताजा अपडेट, विविध, स्थानीय
२८ फागुन, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि जनताको मतलाई आफूले सम्मान गर्ने बताएका छन् । उनले बिहीबार सामाजिक सञ्जालबाट मतदाताहरूलाई धन्यवाद दिँदै आफूहरू जनतासँगको सम्बन्धलाई अझ बलियो बनाउने उल्लेख गरेका छन् ।झापा  ५  ओली आफैं पनि पराजित उम्मेदवार हुन् । उनको दल एमालेले प्रत्यक्षमा जम्मा ९ सिट मात्र जितेको छ । यस पटकको निर्वाचनमा मैले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिनँ। हाम्रो पार्टीले पनि अपेक्षित परिणाम ल्याउन सकेन। लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ, र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो। जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु’ ओलीले भनेका छन् । उनले एमालेको पक्षमा मतदान गर्नेहरंलाई  धन्यवाद दिएका छन् । ‘तपाईंहरूको विश्वास नै हाम्रो शक्ति हो। तपाईंहरूको साथ नै हाम्रो ताकत हो।  ...
अमेरिका-इजरायल-इरान युद्ध, मध्यपूर्वमा रहेका नेपाली सुरक्षित छन् : परराष्ट्र सचिव राई

अमेरिका-इजरायल-इरान युद्ध, मध्यपूर्वमा रहेका नेपाली सुरक्षित छन् : परराष्ट्र सचिव राई

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
काठमाडौंपरराष्ट्रमन्त्री बालानन्द शर्माले मध्यपूर्व क्षेत्रमा रहेका नेपाली नागरिकलाई तत्कालै ठूलो संख्यामा उद्धार गर्नु सजिलो नभएको बताएका छन्। त्यसका लागि राष्ट्रिय स्तरको तयारी र योजनाबद्ध ढंगले अघि बढ्नुपर्ने उनले बताएका छन्। बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले औपचारिक रूपमा करिब १९–२० लाख नेपाली विदेशमा रहेको र अनौपचारिक रूपमा समेत जोड्दा २५–३० लाखसम्म नेपाली विदेशमा रहेको अनुमान गरिएको जानकारी दिए। ‘हामी त्यहाँ लडाइँ गर्न गएको होइन, काम गर्न गएको हो। दु:ख गरेर काम गरेर रेमिट्यान्स पठाउँछु भन्ने मानसिकताका कारण धेरै नेपाली तत्कालै फर्किने मनस्थितिमा पनि हुँदैनन्,’ मन्त्री शर्माले भने, ‘यति ठूलो संख्यामा नागरिकलाई उद्धार गरेर नेपाल फर्काउनुपर्ने अवस्था आयो भने त्यो राष्ट्रिय स्तरको योजनासहितको तयारी आवश्यक पर्ने विषय हो।’ यद्यपि आवश्यक परेको अवस्थामा मध्...
सरकार गठन र प्रतिनिधिसभाको बैठक बोलाउने तयारी हुँदै

सरकार गठन र प्रतिनिधिसभाको बैठक बोलाउने तयारी हुँदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंफागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना लगभग सकिएको छ । प्रत्यक्षको पछि समानुपातिक तर्फको मत गणनापनि अब सकिएको छ ।निर्वाचन आयोगले सार्वजनिक गरेको मत अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी गरी ६ दल राष्ट्रिय दल बनेका छन् ।निर्वाचन आयोगले अब अन्तिम मतपरिणाम रुजु गरेर समानुपातिक तर्फको सिट बाँडफाँड गर्ने तयारीमा लागेको छ । आयोगले मत परिणाम रुजु गरेपछि दलहरुले जित्ने सिटको टुंगो लगाउने र समानुपातिक सांसद छनौट गर्न दलहरूलाई केहि दिन समय दिने तयारीमा रहेको छ । दलहरुले गत पुस १३ र १४ गते निर्वाचन आयोगमा पेश गरेको समानुपातिक तर्फका उम्मेदवारको बन्दसूचीबाट सांसद चयन गर्नुपर्ने व्यवस्था रहेको छ । त्यस्तै मतपरिणाम आएसँगै अब प्रतिनिधि सभाको बैठक बोलाउने तयारी समेत श...
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

Breaking news 1, ताजा अपडेट, विदेश, विविध, समाचार
२६ फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट आएको छ । ब्रेन्ट करिब ८.५ प्रतिशतले घटेर प्रति ब्यारल ९२.५० अमेरिकी डलर पुगेको छ । अमेरिकामा कारोबार हुने तेलसमेत करिब ९ प्रतिशतले घटेर प्रति ब्यारल ८८.६० अमेरिकी डलर पुगेको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध चाँडै समाप्त हुने बताएपछि तेलको अन्तर्राष्ट्रिय मूल्यमा गिरावट देखापरेको बीबीसीले जनाएको छ । ट्रम्पले मध्यपूर्वको तनावबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी गरेर युद्ध चाँडै समाप्त हुने बताएका थिए । तर एक सातामै युद्ध समाप्त नहुने भनाइ सार्वजनिक भएको थियो । ...
समानुपातिकमा ७५ प्रतिशत मतगणना हुँदा कसको सिट कति ?

समानुपातिकमा ७५ प्रतिशत मतगणना हुँदा कसको सिट कति ?

Breaking news 1, ताजा अपडेट, विविध, समाचार
२५ फागुन, काठमाडौं । निर्वाचन आयोगले सोमबार बिहानसम्म समानुपातिक प्रणालीमध्ये कुल खसेको मतमध्ये झण्डै तीन चौथाइ मतको गणना सम्पन्न गरेको छ । अहिलेसम्मको मतगणना हेर्दा रास्वपा, कांग्रेस, एमाले, नेकपा र राप्रपा बाहेक श्रम संस्कृति पार्टीले पनि थ्रेसहोल्ड कटाएका छन् । तर राप्रपा र श्रम संस्कृति पार्टीको थ्रेसहोल्ड भने जोखिममै छ । किनभने गणना गर्न बाँकी २५ लाख भन्दा बढी मतमा उनीहरुको अनुपात त्यही कायम हुने कि घट्ने भन्ने टुंगो छैन । गन्न बाँकी मतमा उनीहरुको अनुपात घटेर तीन प्रतिशत भन्दा कम भएमा भने उनीहरु थ्रेसहोल्डको सीमा नकटाएर सीट दाबी गर्न नपाउने अवस्थामा पुग्छन् । करिब ७५ लाख ४० हजार मतगणना सम्पन्न भएकोमा रास्वपाले ३५ लाख ५७ हजार मत पाएको छ । जुन करिव साढे ४८ प्रतिशत हो । शुरुको भन्दा मत अनुपात केही घटेकाले उसले ५८ सिट पाउनेछ ।कांग्रेसले १२ लाख ३३ हजार मत पाएको हो । २० सिट पाउ...
तत्कालीन प्रधानमन्त्री ओली र जिल्ला सुरक्षा समितिका अध्यक्षलाई फौजदारी मुद्दा चलाउन सिफारिस

तत्कालीन प्रधानमन्त्री ओली र जिल्ला सुरक्षा समितिका अध्यक्षलाई फौजदारी मुद्दा चलाउन सिफारिस

Breaking news 1, ताजा अपडेट, विविध, समाचार
काठमाडौँ । जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले जाँचबुझ प्रतिवेदन बुझाएको छ । करिब ५ महिना घटनाबारे छानबिन र जाँचबुझ गरेपछि आयोगका पदाधिकारीहरूले आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएका हुन् । पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा पूर्व एआईजी विज्ञानराज शर्मा र कानुन व्यवसायी विश्वेश्वर भण्डारी सदस्य छन् । प्रतिवेदन बुझाएपछि आयोगका सदस्य विज्ञानराज शर्माले गल्ती गरेकाहरूलाई कारबाहीको सिफारिस गरिएको बताए ।  सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘जसले गल्ती गरेको छ, उसलाई कारबाही हुन्छ हामीले कारबाहीको सिफारिस गरेका छौँ ।’ प्रतिवेदन ९ सय भन्दा धेरै पेजको र अनुसूचीहरू पनि रहेको शर्माले बताए । आयोगले भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनबारे छानबिन गरेको थियो । आयोगले भदौ २३ मा भएको घटना र २४ मा भएको घटनाबारे छुट्टाछुट...
कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन, प्रधानमन्त्रीले भनिन्– अध्ययनपछि प्रक्रिया अघि बढ्छ

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन, प्रधानमन्त्रीले भनिन्– अध्ययनपछि प्रक्रिया अघि बढ्छ

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
२४ फागुन, काठमाडौं । गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी पक्षबाट भएको भनिएको दमनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगका पदाधिकारीहरु आज प्रधानमन्त्री कार्यालय पुगेर प्रतिवेदन बुझाएको हुन् ।प्रतिवेदन बुझ्दै प्रधानमन्त्री कार्कीले अध्ययन गरेर आवश्यक प्रक्रिया अघि बढाउने बताएको उनका प्रेस सल्लाहकार राम रावलले जानकारी दिए । गत भदौ २३ र २४ गतेका घटनाको मानवीय र भौतिक क्षतिको छानबिनका लागि बनाइएको सो आयोगको तेस्रो पटक थपिएको म्याद सकिनुभन्दा एक दिन अघि आयोगले प्रतिवेदन बुझाएको हो । जेनजी आन्दोलनपछि कार्की नेतृत्वको अन्तरिम चुनावी सरकार बनेसँगै असोज ५ मा जेनजी आन्दोलनबारे छानबिन गरी सत्यतथ्य पत्ता लगाउन तीन सदस्यीय जाँचबुझ आयोग गठन गरिएको थियो । आयोगक...