समानुपातिकमा ७५ प्रतिशत मतगणना हुँदा कसको सिट कति ?


२५ फागुन, काठमाडौं । निर्वाचन आयोगले सोमबार बिहानसम्म समानुपातिक प्रणालीमध्ये कुल खसेको मतमध्ये झण्डै तीन चौथाइ मतको गणना सम्पन्न गरेको छ ।

अहिलेसम्मको मतगणना हेर्दा रास्वपा, कांग्रेस, एमाले, नेकपा र राप्रपा बाहेक श्रम संस्कृति पार्टीले पनि थ्रेसहोल्ड कटाएका छन् । तर राप्रपा र श्रम संस्कृति पार्टीको थ्रेसहोल्ड भने जोखिममै छ । किनभने गणना गर्न बाँकी २५ लाख भन्दा बढी मतमा उनीहरुको अनुपात त्यही कायम हुने कि घट्ने भन्ने टुंगो छैन । गन्न बाँकी मतमा उनीहरुको अनुपात घटेर तीन प्रतिशत भन्दा कम भएमा भने उनीहरु थ्रेसहोल्डको सीमा नकटाएर सीट दाबी गर्न नपाउने अवस्थामा पुग्छन् ।

करिब ७५ लाख ४० हजार मतगणना सम्पन्न भएकोमा रास्वपाले ३५ लाख ५७ हजार मत पाएको छ । जुन करिव साढे ४८ प्रतिशत हो । शुरुको भन्दा मत अनुपात केही घटेकाले उसले ५८ सिट पाउनेछ ।कांग्रेसले १२ लाख ३३ हजार मत पाएको हो । २० सिट पाउने उसको मत साढे १६ प्रतिशत हो ।एमालेले १० लाख ४३ हजार मत पाएको छ । करिव १४ प्रतिशत मत पाएको उसले १६ सिट पाउने देखिन्छ ।

नेपाली कम्यूनिष्ट पार्टीको ५ लाख ३५ हजार मत छ । करिव सात प्रतिशत मत पाएको नेकपाले ८ सिट पाउने देखिन्छ ।राप्रपाले २ लाख ५७ हजार मत पाएको छ । साढे ३ प्रतिशत भन्दा केही कम मत पाएको राप्रपाले ४ सिट पाउने देखिन्छ ।

श्रम संस्कृति पार्टीको २ लाख ३९ हजार मत छ । तीन प्रतिशतभन्दा कही बढी मत पाएको उसको ४ सिट पाउने देखिन्छ ।

खसेको र सदर मतको अनुपात हेर्दा अन्तिम मतगणना हुँदासम्म ३ लाख १६ हजार जति मत पाउने दल समानुपातिक सूचीका लागि योग्य हुने देखिन्छ ।

राप्रपा र श्रम संस्कृति पार्टी बाहेक अरुले त्यो सीमा अहिले नै कटाइसकेका छन् ।

छुटाउनुभयो कि ?

रुपन्देहीमा असोज महिनामा १३२ अपराधका मुद्दा दर्ता

रुपन्देहीमा असोज महिनामा १३२ अपराधका मुद्दा दर्ता

बुटवलरुपन्देहीमा आर्थिक वर्ष २०८३/०८४ अन्तर्गत अघिल्लो असोज महिनामा १३२ वटा अपराधका मुद्दा दर्ता भएका छन् । तीमध्ये ज्यानसम्ब...
युक्रेन युद्ध अन्त्य गर्न पुटिन र ट्रम्पका दूतबीच भेटवार्ता, नयाँ शान्ति प्रस्तावमाथि छलफल

युक्रेन युद्ध अन्त्य गर्न पुटिन र ट्रम्पका दूतबीच भेटवार्ता, नयाँ शान्ति प्रस्तावमाथि छलफल

काठमाडौंयुक्रेनमा चार वर्षभन्दा लामो समयदेखि जारी युद्ध अन्त्य गर्ने नयाँ कूटनीतिक प्रयासस्वरूप रूसी राष्ट्रपति भ्लादिमिर पुट...
प्रधानमन्त्री शाहको शुभकामना: सरकार छ भन्ने अनुभूति दिलाउन सबै एकजुट हुन आह्वान

प्रधानमन्त्री शाहको शुभकामना: सरकार छ भन्ने अनुभूति दिलाउन सबै एकजुट हुन आह्वान

काठमाडौंप्रधानमन्त्री बालेन्द्र शाहले विजयादशमीको शुभकामना दिँदै देशविदेशमा रहेका सबैमा सुख, शान्ति समृद्धि र उत्तरोत्तर प्रग...
आज बडादशैँ: टीकाको उत्तम साइत बिहान १०ः२६ बजे, साइतमै लगाउन नसक्नेले यसो गर्न सकिने

आज बडादशैँ: टीकाको उत्तम साइत बिहान १०ः२६ बजे, साइतमै लगाउन नसक्नेले यसो गर्न सकिने

बुटवलबडादशैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृ...