Breaking news 1

हामी जे गर्छौँ आम नेपाली जनताकै हितमा गर्छौँ, तपाईंहरू ढुक्क हुनुहोस्: प्रधानमन्त्री शाह

हामी जे गर्छौँ आम नेपाली जनताकै हितमा गर्छौँ, तपाईंहरू ढुक्क हुनुहोस्: प्रधानमन्त्री शाह

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौँप्रधानमन्त्री बालेन्द्र शाहले शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत राजनीतिबाट पूर्ण रूपमा मुक्त गर्ने घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले वर्षौंदेखि जरा गाडेर बसेको विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारेको उल्लेख गरेका छन्।धेरै पत्रकार, नेता र आम जनताले भन्दै आएको गुनासोलाई सम्बोधन गर्दै सरकारले अध्यादेशमार्फत यी विकृतिहरू हटाउने निर्णय लिएको उनले स्पष्ट पारेका छन्। प्रधानमन्त्री शाहका अनुसार अब शिक्षालयमा दलको झण्डा र कर्मचारीतन्त्रमा दलको झोला बोक्ने कार्य पूर्णतः निषेध गरिएको छ।विगतमा विद्यार्थी र कर्मचारी संगठनहरू सम्बन्धित क्षेत्रको हितभन्दा बढी राजनीतिक दलका ‘स्लिपर सेल’ बनेको प्रधानमन्त्रीको आरोप छ। योग्यताभन्दा पहुँच र क्षमताभन्दा झोला र झण्डाको मूल्य बढाइएका कारण जनताको विश्वास प्रणालीप्रति कमजो...
चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारी स्वतः पदमुक्त

चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारी स्वतः पदमुक्त

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
काठमाण्डौ — गएको चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारीहरु स्वतः पदमुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अस्ति जारी गर्नुभएको ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था अध्यादेश, २०८३’ को दफा २ को (१) मा यो व्यवस्था छ । दफामा सार्वजनिक पदाधिकारीहरुको नियुक्तिमा जुनसुकै शर्त, सुविधा र पदावधि तोकिएको भए पनि यो अध्यादेश प्रारम्भ भएपछि त्यस्ता पदाधिकारीहरु कार्यरत रहेको पदबाट स्वतः पदमुक्त हुने उल्लेख छ । यो अध्यादेश कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले हिजो सार्वजनिक गरेको हो । अध्यादेशको दफा २ को उपदफा (२) मा पदमुक्त भएको पदाधिकारीलाई सम्बन्धित मन्त्रालयको सचिव वा निजले अख्तियारी दिएको अधिकारीले पदमुक्त भएको सूचना दिने उल्लेख छ । दफा १ को (२) बमोजिम यो अध्यादेश कार्यान्वयनमा आइसकेको छ । प्रचलित कानुनबमोजिम नि...
काठमाडौंमा हालसम्म १८ सय १६ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा

काठमाडौंमा हालसम्म १८ सय १६ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौंसरकारले बागमती र यसका सहायक नदी किनारका जोखिमपूर्ण सार्वजनिक तथा सरकारी जग्गा खाली गराउने क्रममा हालसम्म १८ सय १६ परिवार सरकारको सम्पर्कमा आएका छन् ।आफूलाई सुकुम्बासी दाबी गर्दै कुल १८ सय १६ परिवारका ७ हजार ७८९ जना सरकारको सम्पर्कमा आएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।त्यस्तै होल्डिङ सेन्टरमा सम्पर्कमा आएकामध्ये ७९४ जनालाई सरकारद्वारा व्यवस्थित होल्डिङ सेन्टरहरूमा स्थानान्तरण गरिएको छ भने स्वेच्छिक व्यवस्थापनअन्तर्गत दशरथ रंगशालास्थित स्क्रिनिङ सेन्टरमा आएका बाँकी व्यक्तिहरूले भने हालका लागि आफ्नै पहलमा आवासको व्यवस्था गर्ने भन्दै बाहिरिएका छन् ।सरकारले हाल कीर्तिपुरस्थित राधास्वामी सत्संघ भवन, नयाँ बसपार्क र माछापोखरी क्षेत्रका होटलहरू, भक्तपुरस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र र बोडेस्थित कृषि तालिम केन्द्रलाई होल्डिङ सेन्टरको रुपमा प्रयोग गरेको छ । ...
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौंनेपालसहित विश्वभर आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदैछ । युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक सहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विन्डहक घोषणापत्र’ जारी गरेको थियो । त्यसैको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले यो दिवस मनाउन शुरु गरिएको हो ।विश्व प्रेस स्वतन्त्रता दिवसको यस बर्षको नारा 'शान्तिमा भविष्य निर्माण: मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रता प्रवर्द्धन' रहेको छ । यस नाराले पारदर्शिता प्रवर्द्धन गर्ने, गलत सूचनाको प्रतिरोध गर्ने र द्वन्द्वको समयमा लोकतन्त्रको रक्षा गर्ने क्षमतामा केन्द्रित हुँदै शान्ति निर्माण उपकरणको रूपमा पत्रकारिताको महत्त्वपूर्ण भूमिकालाई जोड दिएको युनेस्कोले जनाएको छ ।अभिव्यक्ति स्वतन्त्रतालाई बढीभन्दा बढी प्रचलनमा ल्याउन र नागरिकलाई अभिव्यक्त गर्न प्रोत्साहित गर्न सञ्चा...
राष्ट्रपतिबाट सम्पत्ति शुद्धीकरणसम्बन्धि अध्यादेश जारी

राष्ट्रपतिबाट सम्पत्ति शुद्धीकरणसम्बन्धि अध्यादेश जारी

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंराष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) सम्बन्धि अध्यादेश जारी गरेका छन् ।सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेको राष्ट्रपति कार्यालले जनाएको छ ।यसअघि राष्ट्रपति पौडेलले आजै सहकारी सम्बन्धी र सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका थिए । सरकारले सिफारिश गरेका अन्य अध्यादेश भने राष्ट्रपतिले अझै जारी गरेका छैनन् । सरकारले सिफारिश गरेका संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन, विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन र केही नेपाल ऐनलाई संशोधन, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश राष्ट्रपति पौडेलले होल्ड गरेका छन् । ...
बल्खुस्थित सुकुम्बासी बस्तीका एक व्यक्तिले गरे आत्महत्या

बल्खुस्थित सुकुम्बासी बस्तीका एक व्यक्तिले गरे आत्महत्या

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौँबल्खुस्थित सुकुम्बासी बस्तीका एक पुरुषले आत्महत्या गरेका छन् ।शुक्रबार सरकारले बस्तीमा डोजर चलाएको केही घण्टामै उनले बागमती नदीमा हाम फालेर आत्महत्या गरेका हुन् ।प्रहरीका अनुसार उनको पहिचान खुलेको छैन भने शव अहिले बागमतीबाट बाहिर निकालिएको छ ।यसअघि थापाथली सुकुम्बासी बस्तीका एक १७ वर्षीय किशोरले पनि आत्महत्या गरेका थिए । ...
वैशाख शुक्ल पूर्णिमा : आज बुद्ध जयन्ती मनाइँदै

वैशाख शुक्ल पूर्णिमा : आज बुद्ध जयन्ती मनाइँदै

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
काठमाण्डौ - आज २५७०औँ बुद्ध जयन्ती मनाइँदैछ । हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन विभिन्न कार्यक्रम गरी बुद्ध जयन्ती मनाउने गरिन्छ ।  सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याउनुभएको योगदानको स्मरण गरी बुद्ध जयन्ती मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्दछन् ।  ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’, भन्ने जस्ता अनेकौँ सन्देशका वाहक गौतम बुद्धको जयन्तीको अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायतका ठाउँमा विविध कार्यक्रम आयोजना गरिएको छ । इसापूर्व ५६३ अर्थात् आजभन्दा २५७० वर्षअघि रुपन्देहीको लुम्बिनी उद्यानमा राजा शुद्धोधन र माता मायादेवीको कोखबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको ...
विपक्षी दलहरूको बैठक: सुकुम्बासी, विद्यार्थी संगठन र ट्रेड युनियन बारे सरकारको निर्णयको विरोध

विपक्षी दलहरूको बैठक: सुकुम्बासी, विद्यार्थी संगठन र ट्रेड युनियन बारे सरकारको निर्णयको विरोध

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंप्रमुख प्रतिदल नेपाली काँग्रेस,एमालेसहितका विपक्षी दलहरुले सुकुम्बासी बस्ति बिना तयारी खालि गराइएकोप्रति आपत्ति जनाएको छ ।बिहीबार एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को बैठकले काठमाडौँ उपत्यका समेत देशका विभिन्न स्थानमा सुकुम्बासी र अव्यवस्थित बसोबासी नागरिकको छानबिन, लगत संकलन र पहिचान नगरी तथा वैकल्पिक आवासको सुनिश्चितता नगरी हटाउने कार्य गरिएको भन्दै आपत्ति जनाएका हुन् ।बैठकले सम्पूर्ण सुकुम्बासी नागरिकको जीविकोपार्जन, स्वास्थ्य जोखिम समेतका विषयलाई ख्याल गरी तत्काल सुरक्षित बसोबासको व्यवस्था गर्न समस्याको समाधान गर्न सरकारसंग माग गरिएको नेकपा संसदीय दलका प्रमुख सचेतक युवराज दुलालले जानकारी दिएका छन् । बैठकले तत्काल महँगी र कालाबाजारी नियन्त्रण गरी गरीब, मजदुर, किसान र सीमान्तकृत समुदायका लागि सार्वजनिक वितरण प्...
उद्योगीका समस्या सुन्दै सांसद खरेलः “निजी क्षेत्रसँग सहकार्य गर्दै उद्योगमैत्री नीति ल्याउँछौँ ”

उद्योगीका समस्या सुन्दै सांसद खरेलः “निजी क्षेत्रसँग सहकार्य गर्दै उद्योगमैत्री नीति ल्याउँछौँ ”

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलरूपन्देही उद्योग संघले आयोजना गरेको स्वागत तथा परिचय कार्यक्रममा उद्योगी–व्यवसायीहरूले भोगिरहेका विविध समस्याहरू उठाउँदै समाधानका लागि नीतिगत स्पष्टता र सहजीकरणको माग गरेका छन् । रूपन्देही क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य सुलभ खरेलसँगको उक्त कार्यक्रममा उद्योगीहरूले कर प्रणालीदेखि औद्योगिक पूर्वाधार, उत्पादन प्रवद्र्धन र कानुनी जटिलतासम्मका विषयमा ध्यानाकर्षण गराएका हुन् ।संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीको अध्यक्षता तथा महासचिव सुमन बस्यालको सञ्चालनमा सम्पन्न कार्यक्रममा अध्यक्ष पराजुलीले औद्योगिक क्षेत्रका संरचनात्मक समस्याहरू प्रस्तुत गरेका थिए। उनले बुटवल औद्योगिक क्षेत्र र मोतिपुर औद्योगिक क्षेत्र सञ्चालनमा आउन नसकेको, उद्योग स्थापना गर्न उपयुक्त जग्गाको मूल्य अत्यधिक बढेको तथा उद्योगीहरूलाई कर तिर्नुपर्ने निकाय धेरै हुँदा व्यवसाय सञ्चालन जटिल बन्दै गएको बताए ।वहाँले अन्...
फौजदारी कसुरमा दोषीबाट पीडितलाई क्षतिपूर्ति भराउने गरी अभियोजन गर्न महान्यायाधिवक्ता कार्यालयको सर्कुलर

फौजदारी कसुरमा दोषीबाट पीडितलाई क्षतिपूर्ति भराउने गरी अभियोजन गर्न महान्यायाधिवक्ता कार्यालयको सर्कुलर

Breaking news 1, ताजा अपडेट, विविध, समाचार
काठमाडौँ । महान्यायाधिवक्ता कार्यालयले फौजदारी अपराधका मुद्दामा कसुरदारबाटै पीडितलाई क्षतिपूर्ति बापतको बिगो अनिवार्य भराउने गरी अनुसन्धान र अभियोजन गर्न मुलुकभरका सरकारी वकिललाई सर्कुलर जारी गरेको छ । महान्यायाधिवक्ताको कार्यालय, व्यवस्थापन समितिको निर्णय र सरकारी वकील सम्बन्धी नियमावली, २०७७ को नियम ४२ बमोजिम उक्त निर्देशन जारी गरिएको हो । सह–महान्यायाधिवक्ता अच्युत मणि नेउपानेद्वारा हस्ताक्षरित उक्त निर्देशनमा बिगो दाबी, अन्तरिम राहत र क्षतिपूर्तिका सम्बन्धमा मापदण्डहरू तोकिएका छन्  । सर्कुलर अनुसार अभियुक्तबाट कसूरको परिणामस्वरूप पीडितले व्यहोर्नु परेको वास्तविक आर्थिक क्षति, कसूरको परिणामस्वरूप पीडितको गुमेको वा क्षति पुगेको आम्दानीको हानि नोक्सानी, कसूर पीडितको मृत्यु भएको अवस्थामा निजको दाहसंस्कारमा लाग्ने खर्च, पीडितको अध्ययन, रोजगारी वा व्यवसायमा पुगेको हानिसमेत अदालतमा दा...