फौजदारी कसुरमा दोषीबाट पीडितलाई क्षतिपूर्ति भराउने गरी अभियोजन गर्न महान्यायाधिवक्ता कार्यालयको सर्कुलर


काठमाडौँ । महान्यायाधिवक्ता कार्यालयले फौजदारी अपराधका मुद्दामा कसुरदारबाटै पीडितलाई क्षतिपूर्ति बापतको बिगो अनिवार्य भराउने गरी अनुसन्धान र अभियोजन गर्न मुलुकभरका सरकारी वकिललाई सर्कुलर जारी गरेको छ । महान्यायाधिवक्ताको कार्यालय, व्यवस्थापन समितिको निर्णय र सरकारी वकील सम्बन्धी नियमावली, २०७७ को नियम ४२ बमोजिम उक्त निर्देशन जारी गरिएको हो । सह–महान्यायाधिवक्ता अच्युत मणि नेउपानेद्वारा हस्ताक्षरित उक्त निर्देशनमा बिगो दाबी, अन्तरिम राहत र क्षतिपूर्तिका सम्बन्धमा मापदण्डहरू तोकिएका छन्  ।

सर्कुलर अनुसार अभियुक्तबाट कसूरको परिणामस्वरूप पीडितले व्यहोर्नु परेको वास्तविक आर्थिक क्षति, कसूरको परिणामस्वरूप पीडितको गुमेको वा क्षति पुगेको आम्दानीको हानि नोक्सानी, कसूर पीडितको मृत्यु भएको अवस्थामा निजको दाहसंस्कारमा लाग्ने खर्च, पीडितको अध्ययन, रोजगारी वा व्यवसायमा पुगेको हानिसमेत अदालतमा दाबी लिनुपर्ने छ ।

यस्तै, पीडितलाई अस्पताल पुर्‍याउन र अस्पतालमा भर्ना हुँदा लाग्ने खर्च, पीडितको उपचार पूर्वपीडाको अवस्था निदान गर्न लागेको खर्च, पीडितको उपचारको क्रममा आवश्यक परीक्षण गराउँदा खर्च, पीडितको उपचारको क्रममा चिकित्सकीय, मनोवैज्ञानिक वा मनोचिकित्सकीय लगायतका परामर्श गराउनुपर्ने अवस्थामा लागेको खर्च पनि कसुरदारबाट व्यहोर्न लगाइएको छ ।

पीडितको उपचारको क्रममा शल्यक्रिया गर्दा आवश्यक पर्ने उपकरण, बिरामीलाई बेहोस बनाउँदा लागेको खर्च, चिकित्सकीय पूर्जा (प्रेस्क्रिप्सन) बमोजिम लाग्ने अस्पताल शुल्क, औषधिको बिल, बेड चार्ज, शल्यक्रिया शुल्क, उपचारको क्रममा अनलाइन पेमेन्ट गरिएको भए सोबाट खुल्ने मनासिब रकम, पीडितको उपचारको क्रममा बिरामी कुरुवा एक जनाको न्यूनतम निर्वाहजनक खाना खर्चको पनि दाबी लिन सर्कुलरमा भनिएको छ । पीडितको मृत्यु भएको अवस्थामा क्रिया खर्च भराउने गरी अभियोजन गर्न भनेको छ । कसूरका कारण पीडितको आयआर्जन क्षमतामा परेको ह्रास वा आर्थिक क्षति कसुरदारबाट भराउन भनेको छ ।

छुटाउनुभयो कि ?

पुनःस्थापना अनिश्चित भएपछी जोखिमपूर्ण घरमै फर्किंदै बाढीपीडित

पुनःस्थापना अनिश्चित भएपछी जोखिमपूर्ण घरमै फर्किंदै बाढीपीडित

काठमाडौँविदुर नगरपालिका–५, देवीघाटका रामकुमार भण्डारी बाढीले घरमा थुपारेको हिलो पन्छाएर सात सदस्यीय परिवारसहित पुरानै ठाउँमा ...
लुम्बिनीमा पहिलाकै अवस्थामा फर्किँदै मुख्यमन्त्री-मन्त्रीका सचिवालय

लुम्बिनीमा पहिलाकै अवस्थामा फर्किँदै मुख्यमन्त्री-मन्त्रीका सचिवालय

बुटवललुम्बिनी प्रदेश सरकारले मुख्यमन्त्री, मन्त्री, सभामुख तथा विपक्षी दलका नेताको सचिवालयमा कर्मचारी नियुक्त गर्न पाउने व्यव...
चीन भ्रमण सकेर स्वदेश फर्किइन पूर्वराष्ट्रपति भण्डारी

चीन भ्रमण सकेर स्वदेश फर्किइन पूर्वराष्ट्रपति भण्डारी

बुटवलपूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनको हपवे प्रदेशस्थित स्योङआनमा आयोजना भएको ग्लोबल गभर्नेन्स् फोरममा सहभागी भएर आज स...
एनपीएल: उद्घाटनमा लुम्बिनीद्वारा सुदूरपश्चिमलाई सात विकेटले पराजित

एनपीएल: उद्घाटनमा लुम्बिनीद्वारा सुदूरपश्चिमलाई सात विकेटले पराजित

बुटवलनेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्सले विजयी शुरुवात गरेको छ ।सोमबार सम्...