Breaking news 1

कम वर्षा, मल अभाव र इन्धन महँगीले कृषि क्षेत्र संकटमा पर्न सक्ने संकेत

कम वर्षा, मल अभाव र इन्धन महँगीले कृषि क्षेत्र संकटमा पर्न सक्ने संकेत

Breaking news 1, कृषि, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार, समाज
बुटवल दक्षिण एसियाका मौसमविद्हरूले पछिल्ला तीन वर्षसम्म औसतभन्दा धेरै वर्षा भएको नेपालमा यस वर्ष औसतभन्दा कम वर्षा हुनसक्ने अनुमान गरेका छन् । बुधबार साउथ एसियन क्लाइमेट आउटलुक फोरम र क्लाइमेट सर्भिसेज फर युजर फोरमको ३४ औं सेसनले सन् २०२६ को दक्षिण-पश्चिम मनसुन सिजन (जुन–सेप्टेम्बर) मा नेपालसहित दक्षिण एसियाका धेरैजसो भूभागमा औसतभन्दा कम वर्षा हुने प्रक्षेपण गरेको छ ।‘कम वर्षा, रासायनिक मलको अभाव र उच्च इन्धन खर्च सबैका कारणले यस वर्ष कृषि क्षेत्र नराम्ररी प्रभावित हुनसक्छ,’ राष्ट्रिय योजना आयोगका सदस्य एवं कृषि तथा खाद्य विज्ञ देवेन्द्र गौचनले भने, ‘यससँग जुध्न सक्ने संयन्त्र निर्माणका लागि सरकारले तत्काल तयारी गर्नुपर्छ ।’ नेपालका आधाजस्तो खेतबारीमा सिँचाइ पूर्वाधार छैन । त्यसैले पनि जुन–सेप्टेम्बरमा पर्ने पानीले बाली उत्पादनमा सोझो प्रभाव पार्ने देखिन्छ ।नेपालको अर्थतन्त्रको ...
गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने, राष्ट्रपतिलाई गरिदिन पत्राचार

गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने, राष्ट्रपतिलाई गरिदिन पत्राचार

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंप्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गणतन्त्र दिवस समारोहमा पनि सम्बोधन नगर्ने भएका छन् । यही जेठ १५ गते हुने गणतन्त्र दिवस समारोहमा सम्बोधन गरिदिन उनले राष्ट्रपति रामचन्द्र पौडेललाई पत्राचार गरेका हुन् ।प्रधानमन्त्री बालेनले पठाएको उक्त पत्र राष्ट्रपतिको कार्यालयमा पुगिसकेको सिंहदरबार स्रोतले जनाएको छ । “राष्ट्रपतिलाई सम्बोधन गर्नका लागि आग्रह गर्दै प्रधानमन्त्री कार्यालयबाट चिठी गएको छ,” स्रोतले भन्यो, “यसअघि प्रधानमन्त्रीले गर्ने अभ्यास थियो । यसपटक संविधानको धारा ६६ को उपधारा ९२० बमोजिम राष्ट्रपतिलाई सम्बोधन गर्न भनी पत्राचार गरिएको छ ।”प्रधानमन्त्री बालेनकी प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले पनि यसबारे राष्ट्रपतिसमक्ष पत्रचार भइसकेको पुष्टि गरिन् । सधैँ प्रधानमन्त्रीले सम्बोधन गर्ने गरेको गणतन्त्र दिवस समारोहमा पनि नबोल्ने गरी राष्ट्रपतिलाई पत्राचार गरिएको हो । ...
तराईमा अत्यधिक गर्मी बढ्ने,कोशी र बागमतीमा वर्षाको संकेत

तराईमा अत्यधिक गर्मी बढ्ने,कोशी र बागमतीमा वर्षाको संकेत

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँजल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जानकारी दिएको छ ।हाल कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भाग साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागमा साधारणतया बादल लागेको छ । मधेश प्रदेश लगायत बाँकी लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भागमा आंशिक बादल तथा बाँकी तराई भू-भागमा मुख्यतया सफा रहेको छ। कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा साथै बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भैरहेको छ ।आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ । मधेश प्रदेश लगायत बाँकी प्रदेशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू-भागमा मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेश केही स्थ...
प्रधानमन्त्रीको उपेक्षाविरुद्ध एकठाउँ उभिए विपक्षी चार दल

प्रधानमन्त्रीको उपेक्षाविरुद्ध एकठाउँ उभिए विपक्षी चार दल

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंप्रतिनिधिसभाका विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतकले छलफल गरेका छन् । आइतबार (जेठ १०) सिंहदरबारस्थित एमाले संसदीय दलाको कार्यालयमा छलफल गरिएको हो ।कांग्रेसकी बासना थापा, एमालेका ऐन महर, नेकपाका युवराज दुलाल र राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीबीच प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संसद्लाई गरेको उपेक्षा, विपक्षीको विरोधलगायत विषयमा छलफल भएको हो ।महरले संसदीय मूल्यमान्यताविपरीत विपक्षीहरूको आवाजलाई दबाएर, पेलेर अगाडि बढ्ने सरकारको दुस्साहस, गैरलोकतान्त्रिक चरित्र र सभामुखको दलीय भूमिकाका बारेमा ‘गम्भीर’ छलफल भएको बताए । संविधानको कार्यान्वयन, प्रतिनिधिसभा नियमावलीको पालना र लोकतन्त्रको रक्षाका निम्ति विपक्षीबीचको छलफल र सहकार्यलाई आउँदा दिनमा पनि निरन्तरता दिनेबारे सहमति भएको...
प्रतिनिधि सभाको प्राथमिकतामा संविधान संशोधन, नियमावलीमा विशेष नियम

प्रतिनिधि सभाको प्राथमिकतामा संविधान संशोधन, नियमावलीमा विशेष नियम

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंप्रतिनिधि सभाले संविधान संशोधनको विषयलाई प्राथमिकतामा राखेको छ । यस निम्ति काम गर्न प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले प्रस्तावित नियमावलीमा विशेष नियम राखेको छ । प्रतिनिधिसभामा पेस भएको नियमावलीको नियम १४० मा संविधान संशोधन विधेयकको कार्यविधि सम्बन्धी व्यवस्था छ ।जहाँ संविधानको धारा २७४ बमोजिम प्राप्त संविधान संशोधन विधेयक सभामा प्रस्तुत भएको तीस दिनभित्र महासचिव वा निजको अनुपस्थितिमा सचिवले सर्वसाधारणको जानकारीको लागि सार्वजनिक रूपमा प्रकाशन गर्ने भनिएको छ ।यसरी प्रकाशन गरिएको विधेयक सात दिनपछि बसेको कुनै बैठकमा प्रस्तुत गर्न सकिनेछ ।उपधारा (१) मा भनिएको छ, ‘नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौमसत्ताको प्रतिकूल हुने गरी यो संविधान संशोधन गर्न सकिने छैन ।’ यसबाहेक यस संविधानको अन्य धारामा संशोधन वा खारेज गर्ने विधेयक संघीय संसदको कुनै ...
राजमोद्वारा बुटवलमा संविधान संशोधन,गणतन्त्र र राष्ट्रियताको बहस

राजमोद्वारा बुटवलमा संविधान संशोधन,गणतन्त्र र राष्ट्रियताको बहस

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
बुटवलनेपालको वर्तमान राजनीतिक परिदृश्यमा संविधान संशोधनको बहस चलिरहेका बेला राष्ट्रिय जनमोर्चा (राजमो) ले बुटवलमा संविधान संशोधनको बिषयमा गणतन्त्र र राष्ट्रियता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । जनमोर्चाले संविधान परिमार्जन र संशोधनको बहस तातिरहेका बेला गणतन्त्र र राष्ट्रियता विषयमा शनिवार बुटवलमा सरोकारवाला निकायलाई राखेर अन्तक्रिया कार्यक्रम गरेको हो । कार्यक्रममा राजनीतिक दलका नेताहरु, संवैधानिक कानुनका विज्ञहरु र विभिन्न निकायका प्रतिनिधिहरुले संविधान संशोधनको आवश्यकता, संघीयताको औचित्य र राष्ट्रियताका विषयमा फरक फरक जिज्ञासाहरु राखेका थिए । अन्तक्रिया कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीद्धारा तयार पारिएको अवधारणा पत्रमा संविधानलाई गतिशील दस्तावेजको रुपमा परिभाषित गरेता पनि वर्तमान संघीय ढाँचाले देशलाई कमजोर बनाएको उल्लेख गरिएको छ । अध्यक्ष ...
तातो हावाको लहरसम्बन्धी विशेष सुचना जारी : सावधानी अपनाउन अनुरोध

तातो हावाको लहरसम्बन्धी विशेष सुचना जारी : सावधानी अपनाउन अनुरोध

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार, समाज
काठमाडौंजल तथा मौसम विज्ञान विभागले तातो दिन तथा तातो लहर (लु)सम्बन्धी विशेष सूचना जारी गर्दै आवश्यक सावधानीका लागि सार्वजनिक अनुरोध गरेको छ ।विभागले देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार शुक्रबार साँझ जारी सुचनामा आगामी ३ दिन पनि लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानहरूमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा सो भन्दा बढी रहने तथा थोरै स्थानहरूमा ४० डिग्री सेल्सियस वा सो भन्दा बढी भई अत्याधिक गर्मीको सम्भावना देखिएकाले आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो । विभागका मौसमविद् सञ्जिव अधिकारीले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भू-भागहरूमा आगामी ३ दिनसम्म मध्यम तातो लहर तथा पहाडी भू-भागमा तातो दिन हुने सम्भावना रहेको हुनाले सो को असरबाट बच्न आवश्यक सतर्कता अपनाउन विशेष बुलेटिनमार्फत अनुरोध गरिएको बताए । उनका अनुसार सुदु...
अमेरिकाविरुद्ध नेपालको शानदार १ सय २२ रनको जित

अमेरिकाविरुद्ध नेपालको शानदार १ सय २२ रनको जित

Breaking news 1, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
काठमाडौंनेपालले अमेरिकालाई पराजित गरेको छ । आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गतको सिरिजको अन्तिम खेलमा नेपालले अमेरिकालाई १२२ रनले पराजित गरेको हो ।नेपालले दिएको ३१८ रनको लक्ष्य पछाएको अमेरिकाले ४१.२ ओभरमा अल आउट हुदै १९५ रन बनाएको हो । अमेरिकाका लागि संजय कृष्णमुर्तिले सर्बाधिक ५६ रन बनाएका थिए भने शयान जहागिरले २७ र शेहान जयसूर्याले २६ रन बनाएका थिए ।त्यस्तै नेपाली बलर सन्दीप लामिछानेले ३ विकेट लिए भने ललित राजबंशी, दिपेन्द्र सिंह ऐरी र गुलशन झाले २-२ विकेट लिएका थिए । त्यसैगरी सोमपाल कामीले एक विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउदै ३१७ रन बनाएको थियो । नेपालका लागि इशान पाण्डेले सर्बाधिक ८४ रन बनाएका थिए । उनको यस सिरिजमा लगातार दोस्रो अर्धशतक हो । तेस्रो एकदिवसीय खेल खेलिरहेका इशानले दुई अर्धशतक बनाएर नेपालको मिडल ...
विश्वकप डिभिजन लिग-२ अन्तर्गत आज नेपाल र अमेरिका आमने सामने

विश्वकप डिभिजन लिग-२ अन्तर्गत आज नेपाल र अमेरिका आमने सामने

Breaking news 1, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौंआइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गत आज नेपाल र अमेरिका आमने सामने हुदैछन् । टियु क्रिकेट मैदानमा हुने यो खेल बिहान साढे ९ बजेदेखि शुरु हुदैछ ।यस सिरिजमा नेपाल र अमेरिका दोस्रो पटक खेल्न लागेका हुन् । पहिलो खेलमा नेपालले अमेरिकालाई ९ विकेटले पराजित गरेको थियो । यस सिरिजमा नेपालले खेलेका ३ खेलमा २ जित र एक हार बेहोरेको छ भने अमेरिकाले खेलेका ३ खेलमा एक जित र २ हार बेहोरेको छ ।जारी लिग- २ अंक तालिकामा नेपालले अहिलेसम्म २७ खेल खेलेर १० जित र १५ हार बेहोरेको छ भने २ खेलमा अंक बाड्दा २२ अंक हासिल गरेर पाँचौं स्थानमा रहेको छ । त्यस्तै अमेरिका भने अहिलेसम्म २७ खेलमा १९ जित र ८ हारसहित ३८ अंकसहित शिर्ष स्थानमा रहेको छ । यस सिरिजमा क्यानले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको छ । नेपाली टिममा यस सिरिजका लागि इशान पाण्डेलाई अवसर दिइएको छ । नेपाली टिम...
प्रतिनिधि सभा बैठक : यस्तो छ कार्यसूची

प्रतिनिधि सभा बैठक : यस्तो छ कार्यसूची

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
काठमाडौँआज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बैठक शुरु हुनेछ ।आजको बैठकमा व्यवस्थापन कार्य अन्तर्गत प्रधानमन्त्री तथा गृह मन्त्री, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री वालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।त्यस्तै मन्त्री गौतमले ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने भएकी छन् । त्यसैगरी उनले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यस्तै आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २...