परराष्ट्रमन्त्री खनाल–जयशंकरबीच द्विपक्षीय वार्ता : विभिन्न तीन वटा निर्णय
काठमाण्डौ - परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री एस. जयशंकरबीच नयाँ दिल्लीमा हिजो द्विपक्षीय वार्ता भएको छ ।
वार्तामा दुई देशबीचको व्यापार, आर्थिक सहकार्य, सीमापार सम्पर्क सञ्जाल, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन तथा जनस्तरको सम्बन्ध विस्तारका विषयमा विस्तृत छलफल भएको नेपाली राजदूतावास, नयाँ दिल्लीले निकालेको विज्ञप्तिमा उल्लेख छ । दुवै देशका मन्त्रीले नेपाल–भारत सम्बन्धको समग्र अवस्थाबारे समीक्षा गर्दै दुई देशबीचको दीर्घकालीन साझेदारीलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
साथै विभिन्न तीन वटा निर्णय पनि भएको छ । नेपाल र भारतबीच व्यक्ति–व्यक्तिबीच हुने सीमापार डिजिटल भुक्तानी प्रणाली सञ्चालनमा ल्याउने घोषणा गरेका छन् । यो व्यवस्था यसअघि नेपाल क्लियरिङ हाउस लिमिटेड र भारतको नेश्नल पेमेन्ट्स कर्पोरेशन अफ इन्डियाबीच भएको समझदारी पत्र अन्तर्गत ...








