Breaking news 1

निर्वाचनका बेला गलत सूचना प्रवाहको जोखिम हुन्छ, सञ्चार माध्यमले ध्यान दिनुपर्छ: निर्वाचन आयुक्त उप्रेती

निर्वाचनका बेला गलत सूचना प्रवाहको जोखिम हुन्छ, सञ्चार माध्यमले ध्यान दिनुपर्छ: निर्वाचन आयुक्त उप्रेती

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँनिर्वाचन आयोगका पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले निर्वाचनका समयमा विभिन्न समूह, व्यक्ति वा स्वार्थ समूहबाट योजनाबद्ध रूपमा गलत सूचना प्रवाह हुने जोखिम उच्च रहने भएकाले त्यसतर्फ सञ्चार माध्यमले ध्यान दिनुपर्ने बताएका छन्। नेपाल पत्रकार महासङ्घ र डिजिटल राइट्स नेपालद्वारा संयुक्त रूपमा आयोजित ‘डिजिटल अधिकार तथा सुरक्षा, सूचना अखण्डता र निर्वाचन रिपोर्टिङ’ विषयक अन्तर्क्रियामा उनले निर्वाचनको समयमा सूचनाहरू बिनापुष्टि मिडियामार्फत सम्प्रेषण भएमा त्यसले निर्वाचन प्रक्रिया, मतदाता विश्वास र समग्र लोकतान्त्रिक प्रणालीमै गम्भीर समस्या उत्पन्न गराउन सक्ने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताए। उनले भने, “समाजमा मिडियाको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ । विशेषगरी निर्वाचनका समयमा कसैले गलत सूचना दिएर मिडियामा पठाएको खण्डमा त्यसले ठूलो समस्या निम्त्याउन सक्छ । त्यसैल...
निर्वाचन प्रहरी भर्नामा ५प्रदेशका ३६ जिल्लामा मागभन्दा कम आवेदन, दरखास्त अवधि २दिन थपियो

निर्वाचन प्रहरी भर्नामा ५प्रदेशका ३६ जिल्लामा मागभन्दा कम आवेदन, दरखास्त अवधि २दिन थपियो

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, फिचर, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँआसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षार्थ करिब डेढ लाख निर्वाचन प्रहरी भर्ना गर्न एक साता अघि दरखास्त आह्वान गरिए पनि ३६ जिल्लामा मागभन्दा कम आवेदन परेको छ। कम आवेदन परेपछि ती जिल्लाहरूमा निर्वाचन प्रहरीमा दरखास्त दिने म्याद ३ माघ (शनिबार) सम्म थप गरिएको हो। गृह मन्त्रालयले ४० दिनको कार्यअवधि तोकेर नेपाल प्रहरी मातहत परिचालन गर्न १ लाख ३३ हजार ९ सय ८० र सशस्त्र प्रहरी बल (एपीएफ) मातहत खटाउन १५ हजार १ सय १० गरी कूल १ लाख ४९ हजार ९० निर्वाचन प्रहरीलाई चुनावमा खटाउने निर्णय गरेको थियो। त्यसका लागि दुवै प्रहरीले २५ पुसबाट देशभरका जिल्लास्थित कार्यालयबाट दरखास्त आवेदन खुलाएकामा ३६ जिल्लामा मागेअनुसार आवेदन नपरेको हो। त्यसपछि कम आवेदन परेका जिल्लामा दरखास्त दिने समय ३ माघसम्म थप गरिएको हो। शुक्रबारसम्म करिब २ लाखले आवेदन दिएकामा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका ३...
आज २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस, सचेतनामूलक कार्यक्रम गरी मनाइँदै

आज २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस, सचेतनामूलक कार्यक्रम गरी मनाइँदै

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार
काठमाडौंआज २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस, भूकम्पसम्बन्धी विविध सचेतनामूलक कार्यक्रम गरेर यो दिवस मनाइँदैछ । यस वर्ष काठमाडौंको खुलामञ्चमा मूल समाराेह तथा भूकम्प सुरक्षा प्रदर्शनी आयोजना हुँदैछ । यसैगरी आज दिउँसो २ः२४ मिनेटमा सञ्चार माध्यममा एकसाथ बज्ने धुनसँगै एक मिनेट भूकम्पीय सुरक्षाका लागि राष्ट्रिय अभ्यासमा सहभागी भएर पनि दिवस मनाइँदैछ ।विसं १९९० माघ २ गते गएको विनाशकारी भूकम्पको संझनामा २०५५ सालदेखि हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ । उक्त दिन दिउँसो २:२४ बजे गएको ८.४ म्याग्निच्युडको भूकम्पले जनधनको ठूलो क्षति पुर्‍याएको थियो ।विस १९९० को भूकम्पमा परी ८ हजार ८१९ जनाको मृत्यु भएको थियो । ८० हजार घर ध्वस्त भएका थिए ।ध्वस्त घरसहित घर, विद्यालय, देवालय र पार्टीपौवा तथा सार्वजनिक भवनसमेत गरी २ लाख ७ हजार दुई सय ४८ संरचना भत्किएको थियो ।यसैगरी विसं २०७२ वैशाख १२ गते...
पछिल्लो छ महिनामा ५ खर्ब ८१ अर्ब ४१ करोड राजश्व

पछिल्लो छ महिनामा ५ खर्ब ८१ अर्ब ४१ करोड राजश्व

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंआर्थिक बर्ष २०८२-८३ को पुस मसान्तसम्म छ महिनामा ५ खर्ब ८१ अर्ब ४१ करोड राजश्व संकलन भएको छ ।पुस मसान्तसम्म छ महिनामा ७ खर्ब ११ अर्ब २१ करोडको लक्ष्य रहेकोमा ८१.७५ प्रतिशत संकलन भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।त्यस्तै पुस महिनाको लक्ष्य एक खर्ब ९० अर्ब ७७ करोड रहेकोमा एक खर्ब ७१ अर्ब ६३ करोड राजश्व संकलन भएको छ, जुन ८९.९६ प्रतिशत हो । अघिल्लो आर्थिक बर्षमा पुस महिनामा एक खर्ब ६१ अर्ब ६२ करोड राजश्व संकलन भएको थियो ।आर्थिक बर्ष २०८२-८३ को कुल राजश्व संकलन लक्ष्य भने १४ खर्ब ८० अर्ब रहेको छ भने छ महिनामा ५ खर्ब ८१ अर्ब ४१ करोड संकलन भएको छ । यस अघि २०८१-८२ आर्थिक बर्षको पाँच महिनामा ४ खर्ब ५ अर्ब ७७ करोड राजश्व संकलन भएको थियो । ...
कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा (नामसहित)

कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा (नामसहित)

Breaking news 1, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
काठमाण्डौ – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा भएकोे छ । संस्थापन पक्षको विमति हुँदाहुँदै आयोजना भएको विशेष महाधिवेशनमा सहमतिको प्रयास विफल भएपछि गएराति नयाँ कार्यसमिति समिति घोषणा भएको हो । काठमाण्डौको भृकुटीमण्डपमा गएको आइतवारदेखि शुरू भएको विशेष महाधिवशेनबाट पार्टी सभापतिमा गगनकुमार थापा, उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल तथा महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे निर्वाचित हुनुभएको केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले जानकारी दिनुभयो । यस्तै पार्टीको सहमहामन्त्री डा. डिला सङ्ग्रौला पन्त (महिला), प्रकाश रसाइली स्नेही (दलित), बहादुरसिहं लामा (आदिवासी जनजाति), उदयशम्शेर राणा (खसआर्य), मुक्ताकुमारी यादव (मधेशी), फर्मुल्ला मन्सुर (मुस्लिम), योगेन्द्र चौधरी (थारु) र कर्णबहादुर बुढा ...
कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

Breaking news 1, ताजा अपडेट, राजनीति, विविध
३० पुस, काठमाडौं । झण्डै आठ दशक लामो इतिहास बोकेको दल नेपाली कांग्रेस तेस्रोपटक विभाजित भएको छ । नेतृत्वको कार्य शैलीका कारण विभाजित भएको कांग्रेसको इतिहासमा बुधबार फेरि नयाँ अध्याय थपिएको छ । २०१० सालमा कांग्रेस विभाजनमा बीपी र मातृकाको टकराव थियो । २०५९ गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाको टकराव थियो । अहिलेको टकरावमा पनि शेरबहादुर देउवा नै जोडिएका छन् । यसपटक महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माहरूले पार्टीभित्र रुपान्तरणको माग अघि सारेका थिए । त्यो मागमा देउवा सहमत नहुँदा पार्टी विभाजित भएको छ । विशेष महाधिवेशन बोलाएर पार्टी विभाजन भएको यो घटना कांग्रेस जीवनमा नै नौलो छ । यसअघि २०१४ सालको विशेष महाधिवेशनमा तत्कालीन सभापति सुवर्ण शम्शेरले नै महाधिवेश बोलाएर बीपीलाई नेतृत्व हस्तान्तरण गरेका थिए । कांग्रेसको इतिहासमा यो दोस्रो महाधिवेशन हो । यो महाधिवेशन महाधिवेशन प्रत...
कांग्रेसमा विद्रोह

कांग्रेसमा विद्रोह

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौंभदौ २३ र २४ मा जेनजीले गरेको विद्रोहको मुख्य निशानामा दुई राजनीतिक पात्र थिए- तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा । भदौ २४ गते प्रधानमन्त्री ओलीलाई बालुवाटारस्थित प्रधानमन्त्री निवासबाट नेपाली सेनाले रेस्क्यु नै गरेर बाहिर लैजानुपर्‍यो । त्यस दिन कांग्रेस सभापति देउवा र उनकी श्रीमती आरजु राणा बुढानीलकण्ठस्थित निवासमै भौतिक आक्रमणमा परे ।पटक- पटक नेतृत्वमा बसेको तर शासकीय अभ्यासमा सुधार ल्याउन नसकेका व्यक्तिको रूपमा यी दुई पात्रमाथि नागरिक आक्रोश चुलिएको थियो । त्यसैले जेनजी आन्दोलनकारीको भौतिक आक्रमणको निशानामा देउवा परे ।जेनजी आन्दोलनले देउवा र ओलीलाई तत्कालीन शासकीय सत्ताबाट बहिर्गमन गरायो । यही बहिर्गमनपछि दुवै दल भित्र नेतृत्व परिवर्तनको बहस चलेको थियो । यो बहसमा दुवै दल भित्रका ‘जेनरेसन-एक्स’ पुस्ता अग्रपंक्तिमा थिए...
नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

Breaking news 1, जीवनशैली, ताजा अपडेट, विविध, समाचार, स्थानीय
काठमाण्डाै – नेपाली कांग्रेसको विशेष महाधिवेशनमा मतदान आज मात्रै हुने भएको छ । यसअघि हिजो राति ९ बजेदेखि मतदान शुरू हुने कार्यतालिका रहेकोमा कार्यतालिका परिवर्तन गर्दै मतदान आज मात्रै गर्ने भएको हो । नेपाली कांग्रेसको विशेष महाधिवेशन स्थलबाट चार जनाले सभापति उम्मेदवारको फारम लगेका छन् । क–कसका लागि ती फारम लगिएको हो भन्ने यकिन भने छैन । त्यस्तै पदाधिकारीको अरू पदका लागि पनि ३० वटा फारम लगिएको छ । सभापतिमा उम्मेदवारी दिन ३० हजार रुपैयाँ शुल्क तोकिएको छ । केन्द्रीय उपसभापति  र महामन्त्रीका लागि समान २५ हजार रुपैयाँ शुल्क निर्धारण भएको छ । त्यस्तै सहमहामन्त्री पदका लागि २० हजार र केन्द्रीय सदस्य पदका लागि १० हजार रुपैयाँ शुल्क तोकिएको छ । मनोनयन दर्ता गर्दा दस्तुर बुझाउनुपर्नेछ । यसैबीच नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले नयाँ नेतृत्व चयनका लागि चुनावी कार्...
मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँपुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले मन्त्रिपरिषद्को बैठकका १९ निर्णयहरु सार्वजनिक गरेका हुन् ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाको अधिवेशन माघ ४ गते देखि बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ । जस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले माघ ४ गते राष्ट्रिय सभाको अधिवेशन बोलाइसकेका छन् ।बैठकका निर्णयहरु ...
भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार
काठमाडौंभारतको हिमाञ्चलस्थित सोलन जिल्लाको अर्कीमा ग्यास सिलिन्डर विष्फोटपछिको आगलागी घटनामा नेपालीसहित ६ जना बेपत्ता भएका छन् । दिल्लीस्थित नेपाली दूतावासका प्रहरी सहचारी एसएसपी प्रकाश मल्लका अनुसार उक्त घटनामा केही नेपाली पनि परेको भन्ने सूचना आफूले पाएको र यसबारेमा भारतीय प्रहरीसँग समन्वयमा भइरहेको छ ।आगलागीका उक्त घटनामा ३ जनाको शव फेला परेको छ भने अन्य ६ जना बेपत्ता छन् । घटनामा केही नेपाली र बिहारका मानिस परेको हुन सक्ने आशंका भारतीय अधिकारीहरूको छ ।भारतस्थित नेपाली अधिकारीले घटनामा नेपाली पनि परेको हुन सक्ने बताइरहँदा सल्यानको सिद्ध कुमाख गाउँपालिका-२ का अध्यक्ष मेकबहादुर बुढाथोकीले आफ्नो पालिकाका नागरिक आगलागीको घटनामा परेको बताएका छन् ।उनले मंगलबार विज्ञप्ति जारी गर्दै उक्त घटनामा आफ्नो वडाका दुई परिवारका गरी ९ जनाको मृत्यु भइसकेको दाबी गरेका छन् ।घटनास्थलबाट मृतकका आफन्तल...