Breaking news 1

कानुन विपरीत काम गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री

कानुन विपरीत काम गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री

Breaking news 1, राजनीति, समाचार, समाज
काठमाडौँ प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कानुन विपरीत काम र अपराध गर्नेलाई सरकारले नछाड्ने स्पष्ट पारेका छन् ।  एमाले काठमाडौँ उपत्यकाका तीन जिल्ला कमिटीले आज दरबारमार्गमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थिरता र सुशासनका लागि सोच, विचार गरेरै एमाले र नेपाली कांग्रेस मिलेर सरकार बनाएकाले सरकार त्यस्ता गलत कार्यलाई नियन्त्रण गर्न सक्षम रहेको बताए । आफूहरुविरुद्ध अनेक हल्ला चलाइए पनि एमाले भ्रमको पछि नदौड्ने उल्लेख गर्दै अध्यक्ष दाहालले कागले कान लग्यो भन्दैमा आकाशतर्फ हेरेर कागका पछिपछि दौडन आवश्यक नरहेको बताए ।  “आफैँ सहकारी ठगी गर्ने अनि अरूलाई दोष लगाउने, मुख छाड्ने, गाली गर्ने जस्ता काम भएका छन् । यस्ता कुनै पनि प्रकारका ठगी सैह्य हुँदैन । नेपाली जनता आफ्नो संस्कृतिको इतिहास र गौरवलाई कायम गर्दै ‘समृद्ध नेपाल सुखी...
आज काठमाडौंमा एमालेको जागरण सभा

आज काठमाडौंमा एमालेको जागरण सभा

Breaking news 1, Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
 बुटवल नेकपा एमालेले आज काठमाडौंमा जागरण सभा गर्दैछ। एमालेको काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीको संयुक्त आयोजनामा शुक्रबार काठमाडौंको दरबारमार्गमा जागरण सभा हुन लागेको हो। जागरण सभा यसअघि भृकुटीमण्डपमा गर्ने भनिएपनि बुधबार स्थान परिवर्तन गरी दरबारमार्गमा गर्ने निर्णय भएको थियो। जागरण सभाअघि विभिन्न ठाउँबाट निकालिएको र्‍याली दरबारमार्ग पुग्ने कार्यक्रम छ। भद्रकालीबाट सुरू हुने र्‍याली सुन्धारा, वीर अस्पताल, रत्नपार्क घन्टाघर हुँदै दरबारमार्गमा पुगेर सभामा परिणत हुने बताइएको छ। मुलुकमा बढ्दो अराजकता, अस्थिरताविरुद्ध लोकतन्त्र, शान्ति, राष्ट्रिय एकता, सामाजिक सद्भाव, सुशासन, समृद्धि र विकासका लागि विधिको शासन र कानुनी राजका पक्षमा जनमत निर्माण गर्ने उद्देश्यका साथ सभा गर्न लागेको एमालेले जनाएको छ। जागरण सभाले पार्टीको दृष्टिकोण, धारणा, आमजनताका बीचमा पुऱ्याउने उद्दे...
सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता

सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता

Breaking news 1, ताजा अपडेट, समाचार, स्थानीय
६ मंसिर । सरकारको पहलमा करिव १० हजार सहकारीपीडितको बचत रकम फिर्ता भएको छ ।सहकारी ठगहरुमाथि कारवाही अगाडि बढिरहेको सन्दर्भमा सरकारले सहजीकरण गर्दै करिव १० हजार सहकारीपीडितको बचत रकम फिर्ता भएको हो । एकलाख भन्दा कम बचत गरेका पीडितहरुबाट बचत रकम फिर्ता भैरहेको सत्तारुढ एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले जानकारी दिनुभयो । अहिले सम्म सरकारको पहलमा १० हजार मध्ये ६ हजारको पूर्ण र चार हजारको आंशिक बचत फिर्ता भैसकेको र अन्य पीडितहरुको पनि क्रमशः बचत फिर्ता हुँदै जाने ज्ञवालीले जानकारी दिनु भएको हो । सरकारले करिव ६०० सहकारी ठग्नेहरुमाथि नियन्त्रणमा लिएर कारवाही अगाडि बढाइरहेको छ । ...
फिल्म साउथ एसिया महोत्सव आजदेखि

फिल्म साउथ एसिया महोत्सव आजदेखि

Breaking news 1, Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
काठमाडौं ‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु हुँदैछ ।  ललितपुरको यलमाया केन्द्रमा हुने चार दिने महोत्सवमा विभिन्न देशका ४७ वटा लघु चलचित्र र वृत्तचित्र प्रर्दशन गरिनेछन् । महोत्सवमा नेपालसहित भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्कालगायतका नौ देशका चलचित्र प्रदर्शन हुँदैछन् ।  महोत्सवका सहायक निर्देशक पवस मानन्धरले यस वर्ष वेस्ट फिल्म इन द क्लाइमेट क्राइसिस अवार्ड थप गरिएको उल्लेख गर्दै उत्कृष्ट चलचित्र, जुरी अवार्ड, उत्कृष्ट स्टुडेन्ट चलचित्र, उत्कृष्ट डेब्यु चलचित्र र उत्कृष्ट फिल्म इन द क्लाइमेट क्राइसिस अवार्डको लागि प्रतिस्पर्धा हुने जानकारी दिए । “बिहान ९ बजेदेखि महोत्सव सुरु हुनेछ । निर्देशनसम्बन्धी कार्यशाला पनि हुँदैछ”, उनले भने,“वृत्तचित्र हेर्न र सिर्जना गर्न चाहनेका लागि यो महोत्सव सुनौलो अवसर हो ।”  क...
विस्तृत शान्ति सम्झौताको १९ वर्ष : सङ्क्रमणकालीन न्याय अझै टुङ्गोमा पुग्न सकेन

विस्तृत शान्ति सम्झौताको १९ वर्ष : सङ्क्रमणकालीन न्याय अझै टुङ्गोमा पुग्न सकेन

Breaking news 1, ताजा अपडेट, राजनीति, विविध, समाचार, स्थानीय
काठमाण्डौ – विस्तृत शान्ति सम्झौता भएको आज १९ वर्ष लागेको छ । तत्कालीन विद्रोही माओवादी र सरकारबीच २०६३ साल मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौता भएको थियो । दश वर्षभन्दा लामो द्वन्द्व अन्त्य गरेको घोषणासहित सरकार र तत्कालीन नेकपा माओवादीले शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १२ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । सम्झौतापछि तत्कालीन माओवादीलाई शान्तिपूर्ण राजनीतिमा आउन र सरकारमा सहभागी हुन बाटो खुलेको थियो । सम्झौताअनुसार द्वन्द्वबाट उत्पन्न विषम परिस्थितिलाई सामान्यीकरण गर्दै समाजमा शान्ति कायम गर्नका लागि मानवताविरुद्धको अपराधमा संलग्नको सत्य अन्वेषण गरी दोषीलाई कारबाही गर्ने उद्देश्य राखिएको थियो । लामो राजनीतिक रस्साकस्सीका बीच सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन ...
प्रहरीद्वारा दुर्गा प्रसाईंको घरबाट ३ ल्यापटप र ९ मोबाइल बरामद

प्रहरीद्वारा दुर्गा प्रसाईंको घरबाट ३ ल्यापटप र ९ मोबाइल बरामद

Breaking news 1, ताजा अपडेट, समाचार, स्थानीय
Welcome Narayan Prabhat MarasiniMy ProfileLogout ४ मंसिर २०८१, मंगलबार https://www.onlinekhabar.com/markets/components/trending प्रहरीद्वारा दुर्गा प्रसाईंको घरबाट ३ ल्यापटप र ९ मोबाइल बरामद 0 40Shares  अनलाइनखबर  २०८१ मंसिर ४ गते १७:३५ ४ मंसिर, काठमाडौं । प्रहरीले विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको घरबाट ३ वटा ल्यापटप र ९ वटा मोबाइल बरामद गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले मंगलबार दिउँसो प्रसाईंलाई भक्तपुरस्थित उनकै घरबाट पक्राउ गरेको थियो । त्यसक्रममा उनको घरमा खनतलासी गरेर ३ ल्यापटप र ९ वटा मोबाइल बरामद गरिएको सीआईबीका एसपी होविन्द्र बोगटीले अनलाइनखबरसँग पुष्टि गरे । विद्युतीय अपराध ऐन, २०६३ विपरीतको कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएकाले थप प्रमाण भेटिनसक्ने हुँदा घरबाट अन्...
दुर्गा प्रसाईंलाई साइबर ब्‍यूरो पठाइयो

दुर्गा प्रसाईंलाई साइबर ब्‍यूरो पठाइयो

Breaking news 1, अपराध, ताजा अपडेट, समाचार, स्थानीय
४ मंसिर, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रामक प्रचार गरेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई थप अनुसन्धानका लागि साइबर ब्‍यूरो भोटाहिटी पठाइएको छ । मंगलबार बिहान भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोले वीर अस्पतालमा स्वास्थ्य जाँचपश्चात थप अनुसन्धानका लागि साइबर ब्‍यूरो भोटाहिटी पठाएको सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले बताए । उनका अनुसार उनीमाथि प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली लगायतविरुद्ध भ्रामक प्रचार गरेको आरोप छ । प्रसाईंले कीर्ते कागज बनाएर प्रधानमन्त्री ओलीमाथि गम्भीर आरोप लगाएका थिए । ...
नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पले अवैध आप्रवासीलाई देश निकाला गर्न सेना प्रयोग गर्ने

नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पले अवैध आप्रवासीलाई देश निकाला गर्न सेना प्रयोग गर्ने

Breaking news 1, विदेश, समाचार
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले कागजातविहीन आप्रवासीलाई सामूहिक देश निकाला गर्न सेनाको प्रयोग गर्ने घोषणा गर्नुभएको छ । उहाँले सीमा सुरक्षामा राष्ट्रिय आपतकाल घोषणा गरि सेना प्रयोग गरेर भए पनि आप्रवासीलाई देश निकाला गर्ने योजना बनाएको बताउनुभएको हो । वर्तमान राष्ट्रपति जो बाइडेनको कार्यकालमा गैरकानुनी रूपमा आप्रवासीको सङ्ख्या बढेपछि त्यस्ता लाखौँ आप्रवासीलाई देश निकाला गर्ने र मेक्सिकोसँगको सीमालाई व्यवस्थित बनाउने ट्रम्पको योजना रहेको समाचार संस्था एएफपीले जनाएको छ । यही नोभेम्बर ५ मा  डेमोक्रेटिक उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै ट्रम्प अमेरिकी राष्ट्रपति पदमा पुनः निर्वाचित हुनुभएको थियो । गएको जुलाईमा रिपब्लिकन नेशनल कन्भेन्सनमा उहाँले समर्थकहरू समक्ष अवैध आप्रवासीलाई फिर्ता पठाउने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । अमेरिकामा झण्डै एक करोड ...
पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक बिदा दिने सरकारको निर्णय

पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक बिदा दिने सरकारको निर्णय

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
काठमाण्डौ – सरकारले पूर्वसभामुख दमननाथ ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको मन्त्रिपरिषद् बैठकले ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गर्ने र उहाँको निधनको शोकमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो । ‘पूर्वसभामुख ढुङ्गानाको सम्मानमा आज सार्वजनिक बिदा दिने र स्वदेश तथा विदेशस्थित सबै कार्यालयमा आज दिनभर राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको छ’, प्रवक्ता गुरुङले भन्नुभयो, ‘राष्ट्रिय सम्मान व्यवस्थापनको जिम्मेवारी गृहमन्त्रालयलाई दिइएको छ ।’  प्रवक्ता गुरुङले पूर्वसभामुख ढुङ्गानाले नेपालको संसदीय प्रणालीलाई व्यवस्थित बनाउन खेल्नुभएको भूमिकाको बैठकले कदर गरेको उल्लेख गर्दै उहाँको निष्ठा र आदर्शलाई...
स्थानीय तह उपनिर्वाचनमा ४४ पदका लागि ४१० उम्मेदवार

स्थानीय तह उपनिर्वाचनमा ४४ पदका लागि ४१० उम्मेदवार

Breaking news 1, Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
मंसिर १६ मा हुने उपनिर्वाचनमा ४४ पदका लागि ४१० जना चुनावी मैदानमा उत्रिएका छन् । जिल्ला समन्वय समिति प्रमुख २, नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष ८ र ३४ वडाध्यक्षका लागि आइतबार मनोनयन दर्ता गरिएको हो । निर्वाचन आयोगका अनुसार रिक्त ८ गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखका लागि ८४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । ‘उनीहरूमध्ये ३५ महिला, ४८ पुरुष र १ अन्य छन्,’ आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले भनिन्, ‘रिक्त ३४ वडाध्यक्ष पदका लागि २९ महिला, २९३ पुरुष र एक अन्य गरी ३ सय २३ जनाको मनोनयन दर्ता भएको छ ।’ आयोगका अनुसार सबैभन्दा बढी उम्मेदवार धनुषाधाम नगरपालिका–१ को अध्यक्ष पदमा २१ जना छन् । सबैभन्दा कम रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–२ को अध्यक्ष र बझाङको सुर्मा गाउँपालिका–४ को अध्यक्षमा ३/३ जना उम्मेदवार छन् । उपनिर्...