पत्रपत्रिका

नागरिकको तिब्र आकांक्षालाई सम्वोधन गर्न राजनीतिक दलमा दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य

नागरिकको तिब्र आकांक्षालाई सम्वोधन गर्न राजनीतिक दलमा दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, स्थानीय
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नागरिकहरुमा बढ्दो आकांक्षालाई सम्बोधन गर्न राजनीतिक दलमा दरिलो एकता, समन्वय र सहकार्य जरुरी रहेको बताउनु भएको छ । संविधान तथा राष्ट्रिय दिवस २०८१ को मुल समारोह कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेशको नारालाई सार्थक बनाउन सबै सरोकार वाल निकायको जिम्मेवारीपूर्ण भूमिका रहने बताउनु भएको हो । सम्वोधनको क्रममा उहाँले योजना निर्माण र कार्यान्वयनको तहमा लुम्बिनी प्रदेश अन्य प्रदेशको तुलनामा अग्रणी स्थानमा रहेको बताउनु भयो । दिर्घकालीन लक्ष निर्धारण गरेर प्रदेश सरकारले योजनाबद्ध विकासलाई प्राथमिकतामा राखेर कार्यान्वयन गरिरहेकाले अन्य प्रदेशको तुलनामा लुम्बिनी अग्रणी स्थानमा रहेको बताउनु भएको हो । ‘नेपालको संविधान, १६ औँ आवधिक योजना, दिगो विकासका लक्ष एवम् अन्तरराष्ट्रिय प्रतिवद्धता, लुम्बिनी प्रद...
प्रधानमन्त्री पाँच वर्ष टिक्ने विधि खोजौं : विश्वप्रकाश शर्मा

प्रधानमन्त्री पाँच वर्ष टिक्ने विधि खोजौं : विश्वप्रकाश शर्मा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थिर सरकारको परिकल्पनाका साथ संविधान संशोधन गर्नुपर्ने बताएका छन् । उनले प्रतिनिधि सभामा सर्वाधिक मत ल्याउने दलको नेतालाई पाँच वर्षसम्म प्रधानमन्त्री भएर सरकार चलाउन दिनुपर्ने र गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउपर्ने पनि बताए ।संविधान दिवसको सन्दर्भमा न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै महामन्त्री शर्माले संविधान सही भए पनि कार्यान्वयनमा सन्तुष्टि हुने ठाउँ नरहेको बताए । ‘संवैधानिक राष्ट्रपति र संसदबाट निर्वाचित हुने प्रधानमन्त्री र प्रदेशमा जुनखालको व्यवस्था छ, त्यो बिल्कुल सही छ । समस्या यसमा छैन,’ महामन्त्री शर्माले भने, ‘समस्या चाहिँ त्यो चयन गर्दा बहुमत जुटाउने खालको पद्धतिको खोजी के हो ? त्यसमा जान जरुरी छ । बहुमत प्राप्त भएको संसदीय दलको नेताले मुलुकको नेतृत्व ५ वर्ष नै गर्न पाउनुपर्छ । संवैधानिक रुपमा राष्ट्रपति र संसद...
मेडिटेक अस्पतालकाे मेडिकल निर्देशकमा डा.रुपाखेती

मेडिटेक अस्पतालकाे मेडिकल निर्देशकमा डा.रुपाखेती

जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवल बुटवलकाे मेडिटेक अस्पताल एण्ड रिसर्च सेन्टरकाे मेडिकल डाईरेक्टरमा स्त्रीरोग विषेषज्ञ डा.सतिस रुपाखेती नियुक्त भएका छन्। अस्पतालकाे सञ्चालक समितिकाे बैठकले १ असाेजदेखि लानुहुने गरि अस्पतालकाे मेडिकल डाईरेक्टरमा डा.रुपाखेतीलाई नियुक्त गरेकाे हाे। मंगलवार पदभार ग्रहण गर्दै उनले अस्पतालले प्रदानगर्ने सेवालाई थप प्रभावकारी बनाउने प्रतिवद्दता व्यक्त गरे। डा.रुपाखेतीले अस्पतालकाे सेवालाई चुस्तदुरुस्त बनाउने र बिरामिकाे उपचार सेवालाई थप विश्वासनीय बनाउने प्रतिवद्दता व्यक्त गरे। Enter You sent ...
समितिको जिम्मेवारी पूरा, अब गृहमन्त्रीको परीक्षा

समितिको जिम्मेवारी पूरा, अब गृहमन्त्रीको परीक्षा

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
सहकारी बचत दुरुपयोग छानबिन गर्न बनेको संसदीय विशेष समितिले ९९ दिनको अध्ययनपछि दिएको प्रतिवेदनले ठगीमा संलग्नहरूलाई कारबाही गर्ने तथा सहकारी अभियानलाई शुद्धीकरण गर्ने प्रस्थानविन्दु देखाएको छ । सहकार्यको नाममा संस्था गठन गर्ने, असीमित व्यक्तिबाट बचत उठाउने र अनियन्त्रित रूपमा रकम परिचालन गर्ने जुन पद्धति मौलाएको थियो, त्यसमा बिराम लाग्नुपर्ने थियो । तर ठूला सहकारीबाट ठूलै रकम अपचलन गर्नेहरूको आर्थिक तथा राजनीतिक प्रभावका कारण कारबाहीमा अवरोध हुँदै आएको थियो । तत्कालीन गृहमन्त्री रवि लामिछानेले आफूसमेतको संलग्नतामा गरेको बचत अपचलनमाथि उठेको प्रश्न, उजुरी र अनुसन्धानलाई निषेध गरेकै कारण पीडितहरूको आवाज सञ्चारमाध्यम र संसद्ले उठाएका हुन् । त्यसपछि गठन भएको छानबिन समितिले भनेको छ, ‘रकम दुरुपयोग गर्ने लामिछानेसहित सबैमाथि कारबाही गर ।’ प्रतिवेदनले दोषीलाई कारबाही गर्न मात्र होइन, पीडितको...
आज विश्वकर्मा पूजा

आज विश्वकर्मा पूजा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
आज विश्वकर्मा पूजा भगवान विश्वकर्माको पूजा गरेर मनाइँदैछ । कालीगढले विश्वकर्माको पूजा आराधना गरी आज वास्तु दिवस एवं विश्वकर्मा पूजा एकैसाथ मनाइरहेका छन् । प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदुर समेतलाई सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा वा अन्य वस्तुबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्धस्थलमा लगी सेलाउने गरिन्छ । आज पूजा गरिएका मस्र्त तथा तस्वीर बुधबारदेखि नदीमा लगेर सेलाइन्छ। आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ । ...
बुटवल – भैरहवामा पन्च इभीको लन्च

बुटवल – भैरहवामा पन्च इभीको लन्च

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, विविध, समाचार
सिप्रदी ट्रेडिङ्ग प्रा. लि.को अधिकारिक डिलर सफल अटो इन्टरनेशनलबाट बुटवलमा र अम्बु मार्केटिंगबाट भैरहवामा बहुप्रतीक्षित गाडी टाटा पन्च इभीको लन्च गरिएको छ। साथै सोहि कार्यक्रममा गाडी बुक गरेर बस्नु भएको ग्राहकहरुलाई गाडी हस्तान्तरण पनि गरिएको छ। सो कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रा. लि.का तर्फबाट सीओओ राजेश गिरी र प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतीको साथै सिद्धार्थनगर उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर प्रसाद श्रेष्ठको सहभागिता रहेको थियो। बुटवलको बहुप्रतीक्षित गाडी टाटा पन्च इभीको लन्च गर्न पाउँदा निकै उत्शाहित रहेको जानकारी सफल अटो इन्टरनेशनलका निर्देशक दिनेश शर्माले बताए। साथै पहिले नेक्सन इभि र गत वर्ष टियागो इभिले बुटवलमा एकदम राम्रो बजार लिएको र अब पन्च इभीले पनि उत्कृष्ट बजार लिनेमा विश्वस्त रहेको जानकारी गराए। त्यसै गरि अम्बु मार्केटिंगका प्रोपाइटर...
तिलोत्तमा व्यापार संघको ११ औं स्थापना दिवसमा वृक्षारोपण

तिलोत्तमा व्यापार संघको ११ औं स्थापना दिवसमा वृक्षारोपण

जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
तिलोत्तमा व्यापार संघ रुपन्देहीले सोमबार आफ्नो ११ औं स्थापना दिवस मनाएको छ । संघले करहिया सामुदायिक वन क्षेत्रमा वृक्षारोपण गरी आफ्नो स्थापना दिवस मनाएको हो । वृक्षारोपणपछि आयोजित कार्यक्रममा बोल्दै व्यवसायीहरुले वातावरण संरक्षणका लागि र वन क्षेत्रलाई हरियाली बनाइ राख्नका लागि वृक्षारोपण अपरिहार्य रहेको बताएका थिए । उनीहरुले वन विनासले वातावरणको क्षेत्रमा नकारात्मक असर परिरहेको भन्दै सबै क्षेत्रले वातावरण संरक्षणमा भूमिका खेल्नुपर्ने बताए । कार्यक्रमको उदघाटन नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका उपाध्यक्ष एवं संघका संस्थापक अध्यक्ष झविन्द्रप्रसाद कंडेलले गरेका थिए । त्यस अवसरमा बोल्दै उनले संघले बिगतमा पनि स्थापना दिवस रचनात्मक कार्यक्रम गर्दै आइरहेको भन्दै यसवर्ष वृक्षारोपणलाई महत्व दिएर वातावरण संरक्षणमा भूमिका खेलेकोमा प्रशंसा गरे । उनले राज्यले उद्योग व्यवसाय सञ्चालनका...
यस्ता छन् सहकारी बचत अपचलनमा समितिले गरेका सिफारिस

यस्ता छन् सहकारी बचत अपचलनमा समितिले गरेका सिफारिस

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्कमा सहकारीबाट आएको ८५ करोड रुपैयाँ रकमको सम्बन्धमा रवि लामिछाने पनि जिम्मेवार रहने ठहर गरेको छ। समितिले प्रतिनिधि सभामा बुझाएको प्रतिवेदनमा भनिएको छ, 'कुनै पनि कम्पनीको आफ्नै उद्देश्य र मर्म हुन्छ। कम्पनीका सञ्चालक वा सेयरहोल्डरहरू त्यस्तो संस्थामा मुख्य जिम्मेवार हुन्छन्। सेयर सदस्य, सञ्चालक सदस्य र प्रबन्ध निर्देशकको भूमिका र जिम्मेवारीमा रहेका पात्रहरूले कम्पनीमा प्राप्त हुने रकमप्रति जिम्मेवारी र दायित्वबोध नगर्न मिल्दैन, खातावाल हस्ताक्षरकर्ताहरू जसले खाता सञ्चालन अर्थात् वित्त परिचालनमा सहभागी हुन्छ्न्, त्यसवापत दायित्व ग्रहण ग्रहण गर्नु पर्दछ। सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोर्खा मिडिया नेटवर्क प्रालि.को खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्...
अर्थतन्त्रका सूचक सकारात्मक छन् :अर्थमन्त्री पौडेल

अर्थतन्त्रका सूचक सकारात्मक छन् :अर्थमन्त्री पौडेल

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
बुटवल नेपाल सरकारका उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सुधार हुँदै गएको दावी गर्नुभएको छ । उहाँले वर्तमान सरकार बनेसंगै नागरिकमा आशाको सञ्चार भएको पनि बताउनुभयो । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ७१ औं वार्षिक साधारण सभालाई सोमबार बुटवलमा सम्बोधन गर्दै मन्त्री पौडेलले राजश्व परिचालन, पुँजीगत खर्च लगायतका आर्थिक ईण्डिकेटरहरु सकारात्मक देखिएको बताउनु भएको हो । मुलुकमा स्थिर सरकार नहुँदा विकास र समृद्धिमा चुनौती देखिएको बताउँदै स्थिरता, विकास र समृद्धिको लागि संसदका दुई ठूला दलहरु काँग्रेस र एमाले एक ठाउँमा आएको बताउनु भयो । उहाँले दुई दल बिचको सत्ता सहकार्यले आम नागरिकमा आशाको सञ्चार गरेको पनि भनाई राख्नुभयो । स्थिरता, विकास, सुशासन, समृद्धिको अभिभारा सहित बनेको यो सरकार संसदको बाँकी अवधिको पुरा कार्यकाल जाने पनि दावी गर्नुभयो । उहाँले बुटवल पूर...
परिवर्तनका विरोधी शक्तिहरु संविधानविरुद्ध खुलेआम लागेका छन् : प्रधानमन्त्री ओली

परिवर्तनका विरोधी शक्तिहरु संविधानविरुद्ध खुलेआम लागेका छन् : प्रधानमन्त्री ओली

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्र, विकास, समृद्धि, शान्ति र सुशासनको व्यवस्थित मार्ग समातेको मुलुकलाई अझै पनि बन्न नदिने प्रयास भइरहेको बताएका छन् । उनले मुलुकलाई शान्ति र समृद्धिको यात्रामा अघि बढाउन एमाले निर्णायक राष्ट्रिय शक्ति बन्ने यात्रामा कटिबद्ध भएर लागिरहेको बताए ।  प्रधानमन्त्री ओलीले परिवर्तनका विरोधी शक्तिहरु संविधानविरुद्ध खुलेआम लागिरहेका बताए । शनिबार काठमाडौंको बुढानीलकण्ठमा पार्टीले गरेको ‘स्थानीय तहमा जनसंगठन सुदृढीकरण’ विषयक राष्ट्रिय कार्यशालामा अध्यक्ष ओलीले परिवर्तनको सारथि एमालेलाई कसरी कमजोर पार्ने भनेर प्रतिक्रियावादीहरु जुर्मुराएर लागिरहेको आरोप लगाए । 'अहिलेको परिस्थिति जटिल छ । हामीविरुद्ध घेराबन्दी भएको अवस्था छ । परिवर्तनका विरोधी शक्तिहरु संविधानविरुद्ध खुलेआम लागेका छन् ...