पत्रपत्रिका

बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय ९२ को मृत्यु, ३० जना बेपत्ता

बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय ९२ को मृत्यु, ३० जना बेपत्ता

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
काठमाडौं । अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय ९२ को मृत्यु भएको छ भने ३० जना बेपत्ता भएका छन् । प्राकृतिक विपद्मा  एक सय ९४ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।  बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब चार हजार पाँच सयभन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको उहाँले जानकारी दिए । बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ ।  सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको छ । यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको पनि प्रवक्ता तिवारीले बताए । ...
प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै

प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी भई आज अपराह्न ४ः०० बजे स्वदेश फर्कँदै छन् । महासभामा भाग लिन यही असोज ४ गते संयुक्त राज्य अमेरिकाको न्युयोर्क गएका प्रधानमन्त्री प्रधानमन्त्री ओलीले महासभालाई असोज १० गते सम्बोधन गरेका थिए । महासभाका क्रममा यस वर्ष ‘कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ भन्ने विषयमा केन्द्रित भई छलफल भयो । न्युयोर्क रहँदा प्रधानमन्त्री ओली महासभाको साधारण बहसको उद्घाटनसत्र र अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गरकोे स्वागत समारोहमा सहभागी भए । उनले अति कमविकसित देशहरूको सम्मेलन र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध विषयक उच्चस्तरीय बैठकलाई सम्बोधनसहित विभिन्न कार्यक्रममा सहभागी भए । उनले भ्रमणका क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोन...
देशभर आएको बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १४८ पुग्यो

देशभर आएको बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १४८ पुग्यो

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवल । गएको बिहीबारदेखि परेको अविरल वर्षाका कारण देशभरआएको बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या १४८ पुगेको छ।  शुक्रबार आएको बाढी पहिरोमा मृत्यु हुनेको संख्या १४८ पुगेको नेपाल प्रहरीले जनाएको छ। त्‍यस्तै ५५ जना अझै बेपत्ता रहेको र उनीहरूको खोजी भइरहेको छ। यसैबीच नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले ३ हजार ६६१ जना भन्दा बढीको उद्धार गरेको छ।  उद्धारको क्रममा १०१ जना घाइते समेत छन्। विभिन्न ठाउँबाट नेपाली सेनाको हेलिकप्टरमार्फत पनि उद्धारको काम भइरहेको छ। त्यसैगरी मुख्य राजमार्गहरू पनि अझै अवरूद्ध कै अवस्थामा छन्। काठमाडौं भित्रिने नाका पृथ्वी राजमार्गस्थित धादिङको झ्याप्ले खोलामा पहिरो जाँदा अवरूद्ध छ।  त्यहाँबाट मात्रै दुई दिनमा ३५ जनाको शव फेला परेको हो। त्यहाँ चार वटा गाडी पहिरोमा पुरिएका हुन्। ...
सर्वदलीय बैठकले के-के गर्यो निर्णय ?

सर्वदलीय बैठकले के-के गर्यो निर्णय ?

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति
काठमाडौँ । कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको सर्बदलीय बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्यो । विहिबारदेखि आएको बर्षाका कारण बाढी पहिरोले ठुलो जनधनको क्षति भएपछि राहत र उद्धारको कामलाई प्रभावकारी बनाउने विषयमा छलफल गर्न कार्यवाहक प्रधानमन्त्री सिंहले बैठक बोलाएका हुन् ।  बैठकले राहत र उद्धारको काम प्रभावकारी बनाउन सबै दलहरुको साझा धारणा बनाइने बताइएको छ । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शिर्ष नेताहरु उपस्थित रहेका छन् ।  सर्वदलीय बैठकका निर्णयहरू: १- अविरल वर्षाको कारण आएको बाढी पहिरोमा परी ज्यान गुमाएका सम्पूर्णजनमा हार्दिक श्रद्दाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं ।सम्पूर्ण घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछौं । २-  अविरल वर्षाको कारण आएको बाढि पहि...
रेसुङ्गा स्वास्थ्य क्लिनिकद्वारा निःशुल्क स्वास्थ्य परीक्षण

रेसुङ्गा स्वास्थ्य क्लिनिकद्वारा निःशुल्क स्वास्थ्य परीक्षण

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार
बुटवल बुटवलमा रहेको रेसुङ्गा स्वास्थ्य क्लिनिकले शनिबार रूपन्देहीको देवदह खैरेनीमा विशेषज्ञ सेवासहित निःशुल्क स्वास्थ्य परीक्षण गराएको छ । क्लिनिकले सुगर ,प्रेसरको निःशुल्क स्वास्थ्य परीक्षण गरेको हो। कोलिय देवदह बचत तथा ऋण सहकारी संस्था खैरेनीको साधारण सभाको अवसरमा सनलाइट होटल पिपलडाँडा तथा पाठक फुडल्यान्ड खैरेनीको तह आयोजनामा स्वास्थ्य शिविर सञ्चालन भएको थियो। उक्त निःशुल्क स्वास्थ्य शिविरमा वरिष्ठ फिजिसियन डा. पाताल गिरी तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. समिर शर्मा सहितको स्वास्थ्यकर्मी टिमले स्वास्थ्य परीक्षण गराएको थियो । उक्त शिविरमा ५०० जना सहकारीका सदस्यहरुले निःशुल्क स्वास्थ्य परीक्षण गरेको क्लिनिकका सञ्चालक माधव ज्ञवालीले जानकारी दिए। आफ्नो घरआंगनमा निःशुल्क स्वास्थ्य परीक्षण गर्न पाउँदा सेवाग्राहीहरू खुसी देखिन्थे। ...
आज पनि देशका केही ठाउँमा वर्षा हुने, सोमबार साँझदेखि मौसममा सुधार आउने

आज पनि देशका केही ठाउँमा वर्षा हुने, सोमबार साँझदेखि मौसममा सुधार आउने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । भारतको उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा रहेको छ । साथै  उत्तरपूर्वी अरब सागर देखि उत्तरपश्चिम बिहार सम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि प्रभाव रहेको छ ।  हाल कोशी, मधेश र बागमती प्रदेशमा साधारणतया बदली देखि पूर्णतया बदली रही बाँकी प्रदेशमा आंशिक देखि साधारणतया बदली    रहेको छ। कोशी, मधेश र बागमती प्रदेशकाकेहीस्थानहरु गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भईरहेको छ।   आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी  प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । मधेश, बागमती, गण्डक...
बाढी पहिरोको विपद बारे छलफल गर्न आज दिउँसो सर्वदलीय बैठक बस्दै

बाढी पहिरोको विपद बारे छलफल गर्न आज दिउँसो सर्वदलीय बैठक बस्दै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक आह्वान गरेका छन् । आज दिउँसो १ः०० बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैठक डाकिएको कार्यवाहक प्रधानमन्त्री सिंहको निजी सचिवालयले जानकारी दिएको छ । अविरल वर्षापछिको बाढीपहिरो एवं विपद्, उद्धार, धनजनको क्षति र राहतका विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरिएको हो ।  मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुबानले गर्दा देशभरको जनजीवन प्रभावित भएको छ । केही जिल्लामा मानवीय क्षति भएको छ । सडक, पुलपुलेसा पनि भत्किएका छन् । प्राकृतिक विपद्को यो विषम परिस्थितिमा नागरिकको सेवामा सरकार तल्लिन छ । यात्राका क्रममा अलपत्र परेकाहरुलाई  उद्धार गरी गन्तव्यमा पुर्याउने प्रयास भइरहेको छ । त्यसका लागि गृहमन्त्रालयको समन्वयमा आवश्यक प्रयास जारी रहेको कार्यवाहक प्रधानमन्त्री सिंहको सचिवालयले जनाएको छ । कार्यवाहक...
विश्व पर्यटन दिवस : यि हुन् लुम्विनी प्रदेशका पर्यटकीय स्थलहरु

विश्व पर्यटन दिवस : यि हुन् लुम्विनी प्रदेशका पर्यटकीय स्थलहरु

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
हिमालयको काखमा अवस्थित हाम्रो देश हरियाली प्राकृतिक सौन्दर्यले भरिपुर्ण रुपमा सजिएको सुन्दर राष्ट्र हो भन्ने कुरा पनि सर्वविदितै छ। यहाँका गगनचुम्बी हिमाली दृश्यहरु हेर्न र सांस्कृतिक पक्षलाई अवलोकन गर्न धेरै राष्ट्रका विदेशी पर्यटकहरु नेपालमा आउने गर्छन।  त्यसैले हामी हाम्रै आगनमा भएका स्थानहरुको समय समयमा भ्रमण गरेर आनन्द लिनु पर्छ। त्यसैले यस पटकको बिश्व पर्यटन दिवसका अवसरमा घुम्नका लागि हामीले लुम्विनी प्रदेशका यि ठाउहरु सिफारिस गरेका छौं। लुम्बिनी विश्वमा नेपाल मन्दिरै मन्दिरको धार्मिक संस्कृति सम्पन्न राष्ट्र हो । यसै मुलुकको लुम्बिनीमा जन्मेको गौतम बुद्ध जस्ता ज्ञानका ज्योतीले नेपालको पौराणिक धार्मिक गाथालाई उच्च राखेको कुरा बौद्धिक ग्रन्थमा उल्लेख भएको पाईन्छ। लुम्विनीले तराई क्षेत्रको सानो भु-भाग मात्र ओगटेको भएपनि धार्मिक दृष्टिले अत्यन्त महत्वपुर्ण श्रद्धा भक्त...
शुक्रबार र शनिबार राति ५६ जिल्लामा रात्रिबस चलाउन रोक

शुक्रबार र शनिबार राति ५६ जिल्लामा रात्रिबस चलाउन रोक

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडाैं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सि (असोज ११ र १२) ५६ रात्रिकालीन बस नचलाउन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन भारी वर्षा हुने जानकारी गराएसँगै प्राधिकरणले हिमाली र पहाडी जिल्लाहरूमा रात्रिकालीन बस  राेक लगाउने निर्णय गरेको हो।  आगामी ३ दिन अति भारी  बर्षा हुने भएका कारण विपदका घटना बढ्न सक्ने भन्दै मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्टले रातको समयमा उक्त दिन रात्रिकालीन बस चलाउन नदिने निर्णय गरेको हो।मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमान्ड पोस्टको निर्णयअनुसार अन्त्यन्त जरुरी अवस्थामा रहेका बाहेक अन्य यात्रा नगर्ने लगायतका निर्णय गरेको प्रवक्ता डा. डिजन भट्टराईले एक विज्ञप्ति मार्फत जानकारी दिएका छन। त्यस्तै, धान तत्काल नकाट्न र काटिसकेको भए थन्काउन पनि...
भारी बर्षाको उच्च जोखिममा रहेका ५६ जिल्लालाई ‘रेड अलर्ट ‘

भारी बर्षाको उच्च जोखिममा रहेका ५६ जिल्लालाई ‘रेड अलर्ट ‘

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
बुटवल । जल तथा मौसम बिज्ञान बिभाग जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यूनचापीय रेखा बुधबार सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ।  देशभर मनसुनी वायुको प्रभाव कायमै छ। साथै बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ।  जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन जारी गरेर बिहीबारदेखि आइतबारसम्म ५६ जिल्लामा भारी वर्षा हुने प्रक्षेपण गरेको छ। बंगालको खाडी र अरब सागरतिरबाट उच्च जलवाष्पयुक्त वायु नेपाल सोझिएकाले भारी वर्षा प्रक्षेपण गरिएको हो। यो क्रम असोज १३ गते आइतबारसम्मै रहने बताइएको छ। ‘बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावा साथै त्यस क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको प्रभावको कारण  २०८१ असोज १० गते बिहीब...