माैसम

रौतहटमा २४ घण्टामा सबैभन्दा बढी ३५८ मिलिमिटर वर्षा, ५ स्थानमा ३०० मिलिमिटर नाघ्यो

रौतहटमा २४ घण्टामा सबैभन्दा बढी ३५८ मिलिमिटर वर्षा, ५ स्थानमा ३०० मिलिमिटर नाघ्यो

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौं शनिबार बिहानदेखि आइतबार बिहानसम्म २४ घण्टाको अवधिमा रौतहटको महेशपुरमा सबैभन्दा बढी ३५८ मिलिमिटर वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अत्यधिक वर्षा भएका मधेश, कोशी र बाग्मतीका मापन केन्द्रहरुको विवरण अनुसार रौतहटमा अतिभारी वर्षा भएको हो ।३०० मिलिमिटरभन्दा बढी वर्षा मापन भएका केन्द्रहरुमा इलाम जिल्लाको हिमाली गाउँ केन्द्र (३३२.६ मिलिमिटर) र कन्याम टि स्टेट केन्द्र (३१४.२ मिलिमिटर), पर्सा जिल्लाको मुडली केन्द्र ( ३२८.६ मिलिमिटर) र गौर केन्द्र ( ३१५.० मिलिमिटर) रहेका छन् ।शनिबार बिहान ०४:३० बजेदेखि आइतबार बिहान ०४:३० बजेसम्मको वर्षा मापन गरिएको थियो ।असोज १९ गते बिहान ०८:४५ बजे २९५ वटा वर्षा मापन केन्द्रहरू (मानव सञ्चालित : ७९ र स्वचालित : २१६) मा मापन गरिएको गत २४ घण्टाको वर्षाको विवरण अनुसार १८६ वटा केन्द्रहरुमा वर्षा भएको छ ।जसमध्ये १०५ वटा केन्द्रहरुमा ५० ...
यस्तो छ लुम्बिनी प्रदेशका सडकहरुको अवस्था

यस्तो छ लुम्बिनी प्रदेशका सडकहरुको अवस्था

Breaking news 3, जीवनशैली, ताजा अपडेट, माैसम, शिक्षा, समाचार, स्थानीय
बुटवलमनुसुनी वर्षाका कारण हाल देशका विभिन्न ठाउँमा बाढी पहिरो तथा सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ । बडादसैँ मनाएर नियमित काममा फर्किन खोजेकाहरु सडकको अवस्थाका कारण रोकिनुपर्ने अवस्था सिर्जना भएको छ ।विभिन्न जिल्ला प्रशासन कार्यालयहरु निर्णयनै गरेर सार्वजनिक सवारीका साधन सञ्चालनमा रोक लगाएका छन् भने गृहमन्त्रालयले सूचना जारी गर्दै असोज १८, १९ र २० गते लामो दूरीको यात्रा नगर्न आग्रह गरेको छ । देशका विभिन्न ठाउँमा सडक अवरुद्ध हुने र खुल्ने क्रम जारी रहे पनि लुम्बिनी प्रदेशमा भने अवस्था सामान्य रहेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।कार्यालयको आइतबार विहान ८ बजेको अपडेट अनुसार सबै ठाउँका सडकको अवस्था सामान्य रहेको छ भने सार्वजनिक सवारीका साधनहरु नियमित रुपले सञ्चालन भएका छन् । यसैबीच जिल्ला प्रशासन कार्यालय पाल्पाले शनिबार एक सूचना जारी गर्दै अत्...
लामो दुरीका गाडीलाई काठमाडौंबाट बाहिरिन आज पनि रोक, टिकटको पैसा फिर्ता

लामो दुरीका गाडीलाई काठमाडौंबाट बाहिरिन आज पनि रोक, टिकटको पैसा फिर्ता

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौंकाठमाडौंबाट लामो दुरीका गाडीहरुलाई गन्तव्यमा जान आज बिहानसम्म पनि रोक लगाइएको छ । काठमाडौं उपत्यकाको अवस्था सामान्य रहे पनि उपत्यका बाहिर जाने सडक अझै सामान्य भइनसकेकाले लामो दुरीका गाडी सञ्चालनमा रोक लगाइएको हो । यातायात व्यवसायीहरुलाई तत्काल टिकट बुकिङ गर्नसमेत रोक लगाइएको छ ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीले काठमाडौंका सबै नाकाबाट लामो दुरीका गाडी आज नपठाइएको जानकारी दिए । ‘काठमाडौंबाट अति आवश्यक बाहेकका कुनै पनि गाडीलाई आज बिहानसम्म बाहिर जान दिइएको छैन र काठमाडौं भित्रिएका पनि छैनन्,’ एसपी सुवेदीले भने ।बसको टिकट काटेकाहरुलाई पनि पैसा फिर्ता गराइएको एसपी सुवेदीले जानकारी दिए । ‘जजसले बस टिकट काटेका थिए, उनीहरुको पैसा काउन्टरहरुबाट फिर्ता गराइएको छ र थप बुकिङ नगर्न भनिएको छ,’ सुवेदीले भने, ‘सडक यातायात सहज भएपछिमात्र टिकट काट्न सु...
आज देशभर वर्षा हुनसक्ने मौसम पूर्वानुमान

आज देशभर वर्षा हुनसक्ने मौसम पूर्वानुमान

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौंहाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायुको) प्रभाव रहँदा देशभर साधारणतया वर्षा हुनेछ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र मधेस प्रदेशका अधिकांश स्थाहरुमा पूर्ण बदली रही बागमती, लुिम्बनी प्रदेशमा साधारणतया बदली र बाँकी भू–भागहरुमा आंशिक बदली रहने छ ।कोशी र मधेस प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा मेघगर्जन÷चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी मौसम बुलेटिनमा उल्लेख छ । साथै कोशी र मधेस प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।महाशाखाका अनुसार आज कोशी, मधेस, बागमती प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । कोशी, मधेस, बागमती प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानहरू र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ...
आज राति तीन प्रदेशका केही स्थानमा भारी वर्षा

आज राति तीन प्रदेशका केही स्थानमा भारी वर्षा

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौंजल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज राति कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा धेरै भारी वर्षा पर्ने सम्भावना रहेको जनाएको छ। शनिबार राति सार्वजनिक बुलेटिनअनुसार देशका विभिन्न भू–भागमा अझै पनि अविरल वर्षाको प्रभाव रहनेछ।महाशाखाका अनुसार आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानमा पूर्ण बदली रहनेछ भने बाँकी भू–भागमा साधारण बदली हुने देखिएको छ। ती प्रदेशका पहाडी र तराई भू–भागमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।त्यस्तै, कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।भोलि आइतवार पनि कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानमा मेघगर्जनसहित मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ भने सोमबारदेखि मौसम क्रमशः सुधार हुँदै जाने विभागले जनाएको छ। ...
पाल्पामा २० गतेसम्म अत्यावश्यक बाहेकका सवारी चलाउन रोक

पाल्पामा २० गतेसम्म अत्यावश्यक बाहेकका सवारी चलाउन रोक

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
पाल्पापाल्पा जिल्लामा पनि अत्यावश्यक बाहेकका गाडी चलाउन रोक लगाइएको छ । जिल्ला विपद व्यवस्थापन समितिको आज बसेको बैठकले असोज १८ गतेदेखि २० गतेसम्म अत्यावश्यक बाहेकका सवारी साधन चलाउन रोक लगाउने निर्णय गरेको हो ।वर्षासँगैको बाढीपहिरोबाट जोखिम बढेको भन्दै तीन दिन सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय भएको पाल्पाका प्रमुख जिल्ला अधिकारी बनु बज्राचार्य कुँवरले जानकारी दिइन् । उनका अनुसार सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउँ गाउँपालिका–३ सिद्धबाबा सडकखण्ड, बिसमाइल फुलस्थित सडकखण्ड, तिनाउँ गाउँपालिका–५ चरचरे र हिउँदे खोला क्षेत्र, पाल्पा–गुल्मी सडकखण्ड तथा कालीगण्डकी करिडोरमा पहिरो जानसक्ने जोखिम बढेकाले असोज १८, १९ र २० गतेसम्मका लागि अत्यावश्यक बाहेकका सबै सवारी साधन चलाउन रोक लगाउने निर्णय भएको छ । साथै असोज १८ गतेदेखि २० गतेसम्म लामो तथा छोटो दुरीका सवारी साधन नचलाउन यातायात व्यवसाय...
पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँ हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाश्प युक्त हावा (मनसुनी वायुको) प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।जसको प्रभावले देशभर साधरणतया बदली रहेको । कोशी, बागमती, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधरणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू(भागका केही स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई भू(भागका एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ । आज राति कोशी, मधेस, बागम...
मुख्य नदीहरूमा जलसतह बढ्ने, साना नदीमा आकस्मिक बाढीको जोखिम

मुख्य नदीहरूमा जलसतह बढ्ने, साना नदीमा आकस्मिक बाढीको जोखिम

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमान्डौ जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका प्रमुख नदीहरूमा जलसतह उल्लेख्य रूपमा बढ्ने र साना नदीहरूमा आकस्मिक बाढीको जोखिम उच्च रहने चेतावनी दिएको छ ।शुक्रबार बिहान ८ बजे जारी गरिएको बुलेटिनअनुसार, हाल कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनीहरूको सहायक नदीहरू—कन्काई, कमला, पूर्वी राप्ती, बबई र पश्चिम राप्तीको बहाव सतर्कता तहभन्दा तल छ । यद्यपि, आगामी २४ देखि ७२ घण्टासम्म यी नदीहरूको जलसतहमा उल्लेख्य वृद्धि हुने प्रक्षेपण गरिएको छ । कोशी जलाधार अन्तर्गत सुनकोशी, तमोर, अरुण, दुधकोशी, तामाकोशी र इन्द्रावती नदीमा आज सामान्य वृद्धि देखिए पनि भोलि र पर्सि उल्लेख्य वृद्धि हुने अनुमान गरिएको छ । नारायणी जलाधार अन्तर्गत नारायणी, त्रिशुली, बुढीगण्डकी, मर्स्याङ्दी, सेती र कालीगण्डकीमा आगामी तीन दिन जलसतह उल्लेख्य रूपमा बढ्न सक्ने देखिएको छ...
मुग्लिन–नारायणगढ सडकमा सवारी सञ्चालन, पहिरोको जोखिम यथावत

मुग्लिन–नारायणगढ सडकमा सवारी सञ्चालन, पहिरोको जोखिम यथावत

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
चितवन पहिरोको जोखिमका कारण पटक–पटक अवरुद्ध हुँदै आएको मुग्लिन–नारायणगढ सडक खण्ड हाल सवारी सञ्चालनमा रहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।आज बिहान ८:३० बजे डिभिजनले सूचना जारी गर्दै सडक खुला भए पनि पहिरोको जोखिम अझै यथावत रहेकाले यात्रुहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । सडक सुपरभाइजर ईश्वर क्षेत्रीले यात्रु तथा चालकहरूलाई यात्रा गर्नु अघि सडकको अवस्था बुझी मात्र सुरक्षित रूपमा यात्रा गर्न अनुरोध गरेका छन् ।डिभिजनले थप सम्भावित जोखिमलाई ध्यानमा राख्दै, सवारी साधन चालक र यात्रुहरूलाई आवश्यक सतर्कता तथा सावधानी अपनाउन आग्रह गरेको छ । ...
असोज १७ देखि २० सम्म बाली नकाट्न र काटेको भए भित्र्याइहाल्न कृषिविद्को सुझाव

असोज १७ देखि २० सम्म बाली नकाट्न र काटेको भए भित्र्याइहाल्न कृषिविद्को सुझाव

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँजल तथा मौसम विज्ञान विभागले यही असोज १७ गतेबाट मनसुनी गतिविधि थप सक्रिय हुने जानकारी गराएपछि सरकारले विशेष कृषि मौसम सल्लाह बुलेटिन जारी गरेको छ।जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा नेपाल कृषि अनुसन्धान परिषद् र राष्ट्रिय कृषि वातारवण अनुसन्धान केन्द्रले कृषि मौसम सल्लाह बुलेटिन जारी गर्दै भारीरअति भारी वर्षाको समयमा कृषिकर्म गर्दा ध्यान दिन अनुरोध गरिएको छ।कृषि मौसमविद् रामेश्वर रिमालले यस समयमा किसानले विशेष ध्यान दिनसके बालिनाली जोगाउन सकिने र त्यसका लागि हालै जारी बुलेटिनलाई ध्यान दिन अनुरोध गरे। उनका अनुसार जारी बुलेटिनमा मनसुन सक्रिय रहने समयमा तरकारीबाली, फलफूल बगैंचा तथा पाँक्न लागेका धानखेतमा पानी निकासको उचित व्यवस्था गर्न, विषादी छर्कने कार्य रोक्न, नदी, खोलाछेउका संरचनाहरू बाढीको जोखिममा पर्नसक्ने हुनाले सम्भव भएसम्म भण्डारणमा रहेका तथा अन्य सामग्री सुरक्षित...