स्थानीय

सामाजिक सन्जाल नियमनको विधेयकले सबैलाई मर्यादामा राख्ने: उपमहासचिव ज्ञवाली

सामाजिक सन्जाल नियमनको विधेयकले सबैलाई मर्यादामा राख्ने: उपमहासचिव ज्ञवाली

Breaking news 1, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले सरकारले संसदमा दर्ता भएको सामाजिक सन्जाल नियमनको विधेयकले सबैलाई मर्यादामा राख्ने बताए । प्रेस चौतारी नेपाल रुपन्देहीले बुटबलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रेस स्वतन्त्रता कायम गर्ने र गलत सूचनाबाट सबैलाई जोगाउने बताए । साथै उनले देशभर सरकारी पीडितलाई अहिलेको सरकार बनेपछि ठूलो रकम फिर्ता गराएको र अहिले पनि निरन्तर काम भएको बताए सहकारीको बेथिति हटाएको छ, बचत फिर्ता गर्ने पहिलो प्राथमिकता छ। कानुन बमोजिम अघि बढेको छ सरकार । सबै दलमा रहेका आरोपितहरूमाथि छानविन भइरहेको छ’, उनले भने, ‘यसमा पूवाग्रह राख्नुपर्ने होइन । एमालेमाथि आरोप लगाइएको छ, एमालेको प्रतिस्पर्धा रास्वपा होइन, राम्रो गरे जनताले सम्मान गर्छन् यो समस्या गोर्खा मिडियामा हुँदाको हो दलसँगको होइन ।’ यस्तै उपमहासचिव ज्ञवालीले नेकपा एमालेको राजनीतिमा पूर्व राष्ट्रपति ...
सञ्चार ग्राम स्थापना गर्दै सञ्चारकर्मी संरक्षणको काम बुटवलले गरिरहेको छ : नगरप्रमुख पाण्डेय

सञ्चार ग्राम स्थापना गर्दै सञ्चारकर्मी संरक्षणको काम बुटवलले गरिरहेको छ : नगरप्रमुख पाण्डेय

ताजा अपडेट, विविध, समाचार, स्थानीय
बुटवल । बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवलमा सञ्चारग्राम स्थापना गर्दै मिडिया हाउसमा काम गर्ने सञ्चारकर्मीहरुको संरक्षणको काम बुटवलले गर्दै आएको उल्लेख गरेका छन । शान्तिका लागि सञ्चार अभियानद्वारा सञ्चालित बुद्ध सामुदायिक टेलिभिजनको १५ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै नगरप्रमुख पाण्डेयले सञ्चार जगतमा आर्थिक समस्या रहेको अवस्थामा बुटवलले प्रयास गरेको बताए । नगरप्रमु पाण्डेयले बुद्ध सामुदायिक टेलिभिजनलाई बुटवल स्थानीय सरकारले समान खालको व्यवहार गरिरहेको उल्लेख गरे । उनले बुटवल उपमहानगरले पछिल्लो समय गरेका महत्वपूर्ण कार्यहरुको बारेमा बताउदै ज्योतिनगर पहिरो व्यवस्थापनको काम, हाईमास्ट लाईट, ट्राफिक लाईट व्यवस्थापन तथा सिसिक्यामेरा जडान गर्नुका साथै छाडा चौपाया व्यवस्थापनको प्रयास स्वरुप गौशाला सञ्चालन गरेको बताए । उनले युवालाई रोजगारमा जोड्न विभिन्न कार्यक्रमहरुसमेत...
संसद्‍को हिउँदे अधिवेशन कार्यतालिका सार्वजनिक, १८ माघमा पहिलो बैठक

संसद्‍को हिउँदे अधिवेशन कार्यतालिका सार्वजनिक, १८ माघमा पहिलो बैठक

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
१५ माघ, काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन अन्तर्गत प्रतिनिधिसभाले पाक्षिक सम्भावित कार्यतालिका सार्वजनिक गरेको छ ।मंगलबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकको निर्णय अनुसार प्रतिनिधिसभा बैठकको सम्भावित कार्यतालिका सार्वजनिक गरिएको हो ।सार्वजनिक कार्यतालिका अनुसार १८ माघमा अधिवेशनको पहिलो बैठक बस्नेछ भने त्यसपछि २२, २३, २४, २८,२९ र ३० माघमा बैठक बस्ने छ । ...
रुपन्देहीमा रविलाई १ करोड धरौटीमा छाड्न आदेश

रुपन्देहीमा रविलाई १ करोड धरौटीमा छाड्न आदेश

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
१३ माघ, काठमाडौं । सहकारी ठगीको आरोपमा जिल्ला अदालत, रुपन्देहीले पनि रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको छ । बुटवलको सुप्रिम सहकारीमा बचतकर्ताले राखेको रकम अनियमिततामा संलग्न रहेको आरोप लागेका लामिछानेलाई अदालतले १ करोड धरौटीमा छाड्न आदेश दिएको हो ।न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा भएको थुनछेक बहसमा सरकारी वकिलहरूले लामिछाने बाहिर रहँदा पीडितहरुको न्याय प्रभावित हुने भन्दै थुनामा पठाउनुपर्ने बताएका थिए । तर, लामिछाने पक्षका वकिलहरूले राज्यले प्रतिशोध साँधेको जिकिर गरेका थिए ।लामिछानेलाई यसअघि पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतले ६५ लाख र कालिमाटीको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो । इलाका प्रहरी कार्यालय, बुटवलले गरेको अनुसन्धानका आधारमा रविविरुद्ध जिल्ला अदालत, रुपन्देहीमा मुद्दा दर्ता ...
सभापति कप फुटबलको अन्तिम क्वार्टरफाइनलमा आज फ्रेन्ड्स र एनआरटी खेल्दै

सभापति कप फुटबलको अन्तिम क्वार्टरफाइनलमा आज फ्रेन्ड्स र एनआरटी खेल्दै

खेलकुद, जीवनशैली, ताजा अपडेट, मनोरञ्जन, विविध, समाचार, स्थानीय
काठमाण्डौ – सभापति कप फुटबल प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा आज फ्रेन्ड्स र न्युरोड टीम (एनआरटी) क्लबले खेल्दैछन् । यो खेल बेलुका साढे पाँच बजेपछि दशरथ रङ्गशालामा शुरु हुनेछ । आजको खेलको विजेताले सेमिफाइनलमा लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशसँग खेल्नेछ । हिजो नेपाल पुलिस क्लबलाई हराउँदै बागमती सेमिफाइनलमा पुगेको हो । सङ्कटा र मच्छिन्द्र फुटबल क्लब पनि सेमिफाइनलमा पुगिसकेका छन् ।  प्रतियोगिताको विजेताले २६ लाख र उपविजेताले १३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।  ...
आज अन्तर्राष्ट्रिय भन्सार दिवस : पछिल्ला पाँच वर्षमध्ये चार वटामा लक्ष्य अनुसार भन्सार राजश्व उठेन

आज अन्तर्राष्ट्रिय भन्सार दिवस : पछिल्ला पाँच वर्षमध्ये चार वटामा लक्ष्य अनुसार भन्सार राजश्व उठेन

Breaking news 2, ताजा अपडेट, राजनीति, विविध, समाचार, स्थानीय
काठमाण्डौ – पछिल्ला पाँच वटा आर्थिक वर्षमध्ये जम्मा एउटा आर्थिक वर्षमा मात्रै लक्ष्य अनुसार भन्सार राजश्व सङ्कलन भएको छ । ७३ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार भन्सार राजश्वको लक्ष्य र उपलब्धीबीच ठूलो खाडल रहेको देखिएको हो । आर्थिक वर्ष २०७६/७७ यता एउटा आर्थिक वर्षमा मात्रै लक्ष्य अनुसार भन्सार राजश्व सङ्कलन भएको छ । २०७६/७७ मा चार खर्ब ७३ अर्ब रुपैयाँ भन्सार राजश्वको लक्ष्य लिएकोमा जम्मा तीन खर्ब पाँच अर्ब रुपैयाँ सङ्कलन भएको थियो । आर्थिक वर्ष २०७७/७८ मा भने चार खर्ब ४० अर्ब रुपैयाँको लक्ष्य रहेकोमा तीन अर्ब रुपैयाँ बण्ढी राजश्व सङ्कलन भएको थियो । यस्तै आर्थिक वर्ष २०७८/७९ मा लक्ष्यको साढे ९५ प्रतिशत, २०७९/८० मा ५८ दशमलव चार प्रतिशत र आर्थिक वर्षमा २०८०/८१ मा लक्ष्यको जम्मा साढे ६७ प्रतिशत मात्रै भन्सार राजश्व सङ्कलन भएको छ । चालू आ...
क्षमताका आधारमा आठ वर्षपछि पहिलोपटक स्थानीय तहको वर्गीकरण

क्षमताका आधारमा आठ वर्षपछि पहिलोपटक स्थानीय तहको वर्गीकरण

Breaking news 1, ताजा अपडेट, राजनीति, विविध, समाचार, स्थानीय
काठमाडौँ स्थानीय तह गठन भएको करिब आठ वर्षपछि पहिलोपटक वर्गीकरण गरिएको छ । सरकारले समपूरक अनुदानको प्रयोजनको लागि स्थानीय तहको वर्गीकरण गरेको हो । राष्ट्रिय योजना आयोगले तयार गरेर अर्थ मन्त्रालयमार्फत क्याबिनेट पुगेको समपूरक अनुदानसम्बन्धी कार्यविधि, २०८१ लाई मन्त्रिपरिषद्ले स्वीकृत गरिसकेको छ ।  सङ्घीय सरकारमार्फत वितरण हुने समपूरक अनुदानलाई प्रभावकारी बनाउन आन्तरिक राजश्व सङ्कलन सूचकाङ्क, समृद्धिको अवस्था, उद्योगधन्दाको एकाग्रता सूचक, आर्थिक सामाजिक र पूर्वाधार अवस्था सहित राजश्व परिचालन सूचकाङ्क लगायत विभिन्न सूचकलाई आधार बनाएर पालिकाको वर्गीकरण गरिएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी बताउँछन् । यसले स्रोतको अभावका स्थानीय तहले समपूरक अनुदानका लागि आवेदन नै गर्न नसक्ने अवस्थाको अन्त्य हुने उनको भनाइ छ । यो आधारमा स्थानीय तहहरूलाई ‘समूह क’ देखि ‘समूह...
नेतृत्व छान्न मतदान सकियो, आजै गणना सुरु हुने

नेतृत्व छान्न मतदान सकियो, आजै गणना सुरु हुने

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
१२ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । २३औं सम्मेलनबाट सर्बसम्मत नेतृत्व चयन हुन नसक्दा अध्यक्षसहित पदाधिकारी र केन्द्रीय सदस्यका लागि आज मतदान भएको हो ।दुई हजार तीन सय ९८ प्रतिनिधि रहेकोमा एक हजार नौ सय २२ मत खसेको पूर्वअध्यक्ष पञ्चा सिंहले जानकारी दिइन् ।आजै रातिबाट मतगणना सुरु हुने तथा भोलि बिहानसम्ममा अन्तिम मतपरिणाम आउने विद्यार्थी फ्र्याक्सन ईञ्चार्ज हिमाल शर्माले जानकारी दिए । अध्यक्षमा उपदेशकुमार यादव, सुदिन पौडेल, हेमन्त राई र विजयप्रकाश शर्मा प्रतिस्पर्धामा छन् । खुला र आरक्षण गरी नौ उपाध्यक्ष पदका लागि ४४ जना र महासचिवमा आठजना प्रतिस्पर्धी छन् । यस्तै, नौ उपमहासचिवका लागि ३६ जना र १२ सचिवका लागि ५३ जनाबीच भिडन्त छ भने एक कोषाध्यक्ष पदका लागि चारजना उम्मेदवार छन् । ...
रुकुम पश्चिममा एउटै घरमा युवा युवती मृत भेटिए

रुकुम पश्चिममा एउटै घरमा युवा युवती मृत भेटिए

Breaking news 1, अपराध, ताजा अपडेट, विविध, समाचार, स्थानीय
काठमाण्डौ – रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–४ खुम्चेरीमा युवा र युवती मृत भेटिएका छन् । १९ वर्षीय लोकेन्द्र खड्का र १९ वर्षकै सपना पुन मगर मृत अवस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार लोकेन्द्रले चार दिन अघि सपनालाई विवाह गर्ने भन्दै भगाएर आफ्नो घर ल्याएका थिए । आज बिहान ९ बजे लोकेन्द्रको घरको अस्थायी टहरामा दुवै जनाको शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । लोकेन्द्र झुन्डिएको अवस्थामा र सपना भुइँमा मृत अवस्थामा भेटिएकी थिइन् । प्रहरीका अनुसार लोकेन्द्रका बुबा र आमा उपचारका लागि नेपालगञ्ज गएका थिए । प्रहरीले घटनाको अनुसन्धान थालिएको र परिवारको उपस्थितीपछि मात्रै शव उठाउने बताएको छ ।  ...
दारी ग्याङ रुपन्देहीको आयोजनामा भोलि  वक्तृत्वकला प्रतियोगिता हुँदै

दारी ग्याङ रुपन्देहीको आयोजनामा भोलि वक्तृत्वकला प्रतियोगिता हुँदै

ताजा अपडेट, विविध, शिक्षा, समाचार, स्थानीय
माघ ११ बुटबल । दारी ग्याङ रुपन्देहीको आयोजनामा र बुटवल उपमहानगरपालिकाको सहकार्यमा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिने भएको छ । "गालामा दारी काधमा जिम्मेवारी" भन्ने मूल नारा बोकेर निरन्तर रूपमा विभिन्न सामाजिक काम गर्दै आएको दारी ग्याङ रुपन्देहीले रुपन्देही जिल्ला भित्र रहेका सामुदायिक विद्यालयका विद्यार्थीहरुविचमा प्रतिस्पर्धा गराउनेछ । कार्यक्रम बुटवलको नविन औद्योगिक कदर बहादुर रिता मा.वि बुटवल ११ देवीनगरमा माघ १२ गते शनिबार प्रतियोगिता सञ्चालन हुनेछ । "सामाजिक सञ्जालले व्यक्तिगत जिवनमा पारेको प्रभाव" शीर्षकमा प्रतियोगिता हुने छ बिद्यार्थीहरुले उत्त शिर्षकमा रहि सामाजिक संजालका सकारात्मक र नकारात्मक विषयमा आफ्नो प्रस्तुति दिने छ्न । वक्तृत्वकला प्रतियोगिता कुनै साधारण प्रतिस्पधी मात्र नभई, व्यक्तित्व विकास, विचारको अभिव्यक्ति, र नेतृत्व क्षमता निर्माणको महत्वपूर्ण माध्यम ...