बुटवल कान्ति माविको ७२औं वार्षिकोत्सव पौष २गते मनाईदै
बुटवलरुपन्देहीको बुटवलमा रहेको कान्ति माविको ७२औं वार्षिकोत्सव तथा अभिभावक दिवस पौष २गते सम्पन्न हुंदै छ।वार्षिकोत्सवको अवसरमा मंसीर २६ देखि सप्ताह व्यापी कार्यक्रम सञ्चालन भइरहेको छ।२००८ सालमा पुरानो बुटवलमा शुरू भएको गणेश विद्या भवन प्राइमरी स्कूल र खस्यौलीमा शुरू भएको जनता विद्या भवन प्राइमरी स्कूलको एकीकरण गरी २ पुस २०१० देखि गणेश जनता विद्या भवन प्राथमिक विद्यालयको नामबाट हालको कान्ति माविको सुरुवात भएको हो । २०१६ सालमा मिडिल स्कूल र २०२६ सालमा हाईस्कूलको स्वीकृति प्राप्त गरेको विद्यालय २०२९ सालमा गणेश जनता माध्यमिक र २०३३ सालदेखि कान्ति माविको नामबाट सञ्चालन हुँदै आएको छ ।
२०६४ सालदेखि कक्षा ११/१२ सञ्चालन गरेको विद्यालयमा हाल विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा समूहका विभिन्न विषयको पठनपाठन हुँदै आएको छ ।
विद्यालय बजारको घना बस्ती बीच भए पनि विद्यार्थीहरू पढ्न अन्यत्रै ज...








