समाचार

प्रतिनिधिसभाको बैठक बस्दै, सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौँ आज दिउँसो १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बस्दै छ । आजको बैठकमा सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची तय भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सङ्घीय निजामती सेवा विधेयक, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची तय भएको हो । सो प्रस्तावमाथि आज छलफल गरी पारित गर्ने कार्यसूची तय गरिएको छ । लामो समयपछि सङ्घीय निजामती विधेयक पारित हुन लागेको हो । यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘नेपाल नागरिकता ९दोस्रो संशोधन० विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची निर्धारण गरिएको छ ।  ...
यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना

यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
काठमाडौँ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज (असार ३, मंगलबार) कुन-कुन प्रदेशमा कत्रो वर्षाको सम्भावना छ भन्ने विषयमा जानकारी दिएको छ। मौसम महाशाखाले बिहान ६ बजे जारी गरेको संक्षिप्त बुलेटिनअनुसार, आज दिउँसो: सबै प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपात हुने सम्भावना छ। आज राति: कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भ...
लुम्बिनी प्रदेशको बजेट २०८२\८३, समृद्धिको सम्भावना बोकेको दस्तावेज

लुम्बिनी प्रदेशको बजेट २०८२\८३, समृद्धिको सम्भावना बोकेको दस्तावेज

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
लुम्बिनी प्रदेशको बजेट २०८२\८३: समृद्धिको सम्भावना बोकेको दस्तावेजदाङ लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८२\८३ कोलागि ३८ अर्ब ९१ करोड रुपैयाँको यो बजेट ल्याएको छ । यो बजेटले प्रदेशको समृद्धिको सम्भावना बोकेको छ ।यो बजेट नीति तथा कार्यक्रमको जगमा तयार पारिएको छ । नीति तथा कार्यक्रम एउटा, बजेट अर्के बन्ने प्रवृत्तिलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारले अन्त्य गरेको छ । नीति तथा कार्यक्रमकै जगमा उभिएर सरकारले प्राथमिकताको आधारमा बजेट सार्वजनिक गरेको हो । ‘कृषि, उद्योग, पर्यटन र पूर्वाधारः समृद्ध लुम्बिनीका मुख्य आधार’ सहितको दोस्रो आवधिक योजना लुम्बिनी प्रदेश सरकारले स्वीकृत गरेको र सो आवधिक योजनाको लक्ष्य एवम् उद्देश्य प्राप्ति, नागरिकको जीवनमा परिवर्तन अनुभूतिहुनेगरी बजेट तथा कार्यक्रम तर्जुमा गरिएको छ ।चालु खर्च घटाउने र पुँजीगत खर्चको आकार ब...
सभामुखले अवरोध बेवास्ता गरेपछि वेल घेरेर उत्रिए रास्वपा सांसद

सभामुखले अवरोध बेवास्ता गरेपछि वेल घेरेर उत्रिए रास्वपा सांसद

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै संसदमा विरोध गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले सभामुख देवराज घिमिरेले बैठक सञ्चालन गरेपछि वेल घेराउ गर्दै नाराबाजी गरेका छन्। सभामुख घिमिरेले संसद बैठक सुरु भएको जानकारी गराएलगत्तै रास्वपा र राप्रपाका सांसदहरू उठेका थिए। सभामुखले त्यसक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोल्न समय दिए। लिङ्देनले जबर्जस्ती बैठक नचलाउन आग्रह गर्दै, आफूहरू बैठक बहिष्कार गर्ने र त्यस दिनको बैठक भत्ता नलिने चेतावनीसमेत दिए। त्यसपछि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारलाई पनि सभामुखले बोल्न समय दिए। परियारले पनि संसद जबर्जस्ती चलाउनु नहुने भन्दै बैठक रोक्न माग गरे। तर सभामुख घिमिरेले आग्रह अस्वीकार गर्दै बैठक अघि बढाए...
अलविदा भन्दै पिडा दिनेहरुको नामै लेखेर सम्पर्क बिहिन भए डा.केशव श्रेष्ठ

अलविदा भन्दै पिडा दिनेहरुको नामै लेखेर सम्पर्क बिहिन भए डा.केशव श्रेष्ठ

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौं रामेछाप जिल्ला अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्टका रूपमा कार्यरत डा. केशव श्रेष्ठले आफूलाई अन्यायमा पारिएको भन्दै सामाजिक सञ्जाल फेसबुकमै सुसाइड नोट लेखेर सम्पर्कविहीन बनेका छन्। प्रहरीले उनको खोजी गरिररहेको छ। सबै जनालाई अलविदा भन्दै उनले लेखेको स्टाटस यस्तो छ। मलाई माफ गरिदेउ सानु, धेरै संघर्ष गरेर मम्मीले मलाई डाक्टर बनाउनु भयो। संघर्ष-संघर्षैमा डाक्टर पढ़े, करारको जागीर हुदै नेपाल प्रहरी हुदै अहिलेको बागमती प्रदेशको लोकसेवा बाट नाम निकाले । करीब २५ महिना सेवा गर्दा १८ महिना अस्पतालको निमित मेडिकल सुपरिण्टेंडेंट भएर चलाउने मौका पाए। दिन-रात खटिएर अस्पताल कसरी राम्रो अनि उत्कृष्ट बनाउने भनेर लागे।म प्रमुख भए पछि काम चोर्ने, ठग्ने, system मा नबस्ने कर्मचारीहरूको भागा-भाग हुन थाल्यो । डा गगन अधिकारी रामेछाप अस्पताल बाट सरुवा भएर गए पनि रामेछाप अस्प...
कोरोनाबाट भारतमा २४ घण्टामा थप १० को मृत्यु, मृतक सङ्ख्या ९७ पुग्यो

कोरोनाबाट भारतमा २४ घण्टामा थप १० को मृत्यु, मृतक सङ्ख्या ९७ पुग्यो

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार
नयाँ दिल्ली भारतमा कोरोना सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या तीव्र गतिमा बढिरहेको छ । पछिल्लो २४ घण्टामा १० जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । कोरोनाको नयाँ भेरियन्टका कारण एकै दिनमा मृत्यु भएको यो सबैभन्दा धेरै सङ्ख्या हो। जसअनुसार केरलामा ६, दिल्लीमा ३ र महाराष्ट्रमा १ जनाको मृत्यु भएको छ । जनवरीदेखि हालसम्म ९७ बिरामीको कोरोनाका कारण मृत्यु भइसकेको छ । भारतका ३१ राज्य र केन्द्र शासित प्रदेशहरूमा सक्रिय केसहरूको सङ्ख्या अहिले ७ हजार ८३३ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तर, आइतबार कुनै नयाँ केस दर्ता भएको छैन । तर, यसबिचमा हिजो मात्रै १७ बिरामीहरू निको भएका छन्। केरलामा २ हजार ७ वटा केसहरू छन्, जो भारतको अन्य राज्य भन्दा सबैभन्दा उच्न हो, त्यसपछि गुजरातमा १ हजार ४४१ सक्रिय केसहरू र पश्चिम बङ्गालमा ७४७ सक्रिय केसहरू अझै सक्रिय रहेका छन्। ...
विद्यालय शिक्षाको अधिकार स्थानीय तहमा रहने

विद्यालय शिक्षाको अधिकार स्थानीय तहमा रहने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
काठमाडौं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विद्यालय शिक्षाको अधिकार स्थानीय तहमा रहनेगरी कानुन तर्जुमा गरिने स्पष्ट पारेका छन् । प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा विद्यालय शिक्षाका सम्बन्धमा सरकारको धारणा प्रस्तुत गर्दै उनले विद्यालय शिक्षा केन्द्रमा ल्याउने सरकारको कुनै योजना नरहेको बताए । मन्त्री पन्तले भने, ‘माध्यमिक तहसम्मको शिक्षा पालिका तहको अधिकार क्षेत्रभित्र पर्छ भन्नेमा हामी ढुक्क हुनुपर्छ।शिक्षक संगठनले उठाएका मर्यादासहितका कतिपय पक्षमा पालिका नेतृत्वले ध्यान पुर्‍याउनेछ, एसइई परीक्षा सञ्चालनको अधिकार भने प्रदेशलाई दिन उपयुक्त हुनेछ।’ शिक्षा इकाइलाई तीन तहको समन्वयका साथ काम गर्ने संरचना बनाउन उपयुक्त हुने धारणा व्यक्त गर्दै मन्त्री पन्तले भने, ‘स्थानीय तहमा तत्काल शिक्षक भर्ना र सरुवाको अधिकार चाहिन्छ भन्न...
नेपालले बंगलादेशमा नियमित ४० मेगावाट विद्युत निर्यात सुरु 

नेपालले बंगलादेशमा नियमित ४० मेगावाट विद्युत निर्यात सुरु 

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राजनीति, समाचार
काठमाडौं नेपालले आजदेखि बंगलादेशमा नियमित रूपमा ४० मेगावाट विद्युत निर्यात गर्न थालेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले शनिबार रातिदेखि नै यो विद्युत निर्यात सुरु भएको जानकारी दिएका छन्। मन्त्री खड्काले आजको दिनलाई ऐतिहासिक उपलब्धि भएको बताएका छन्।गत वर्षबाटै नेपालले बंगलादेशलाई एकदिनका लागि विद्युत निर्यात गरेको थियो, जुन औपचारिकता मात्र थियो। अब भने नियमित रुपमा नेपालबाट तेस्रो मुलुकमा विद्युत निर्यात हुन थालेको छ। नेपालले भारतको ग्रिडमार्फत बंगलादेशलाई विद्युत पठाउन थालेको हो। साथै ऊर्जा मन्त्री खड्काले बिहार राज्यलाई समेत ८० मेगावाट विद्युत निर्यात थालिएको बताए। ...
लुम्बिनी प्रदेशको बजेट भाेलि प्रदेश सभामा प्रस्तुत हुँदै

लुम्बिनी प्रदेशको बजेट भाेलि प्रदेश सभामा प्रस्तुत हुँदै

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
दाङ लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि असार १ गते बजेट प्रस्तुत गर्ने भएको छ । आइतबार दिउँसो ३ बजे बस्ने प्रदेश सभाको तेह्रौं बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले "राजश्व र व्ययको वार्षिक अनुमान" प्रदेश सभामा प्रस्तुत गर्नुहुने सम्भावीत कार्यसूचीमा समावेश गरिएको छ । प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार मन्त्री कार्कीले वार्षिक बजेट प्रस्तुत गर्नुका साथै “प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक” पनि सभामा पेश गर्नुहुनेछ । सरकारले यस वर्षको बजेटमा प्रदेशको समृद्धि र विकाससँग जोडिएका मुख्य क्षेत्रहरूलाई प्राथमिकतामा राखेको छ । कृषि, उद्योग, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट केन्द्रित गर्ने सरकारको तयारी छ । मुख्यमन्त्...
अखिलको अध्यक्षमा सुजन कडरिया निर्वाचित, महासचिवमा दीपक धामी

अखिलको अध्यक्षमा सुजन कडरिया निर्वाचित, महासचिवमा दीपक धामी

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौँ नेकपा एमालेनिकट अनेरास्ववियुको अध्यक्षमा डा सुजन कडरिया निर्वाचित भएका छन्। काठमाडौँको कीर्तिपुरमा अनेरास्ववियुको २४औं राष्ट्रिय महाधिवेशनअन्तर्गत बिहीबार सम्पन्न मतदानबाट देशभरिका प्रतिनिधिले कडरियाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। कडरियाले प्रतिद्वन्द्वी प्रकाश पौडेललाई ७ मतले पछि पारे। कडरियाले ७३२ मत ल्याएर विजयी बन्दा पौडेलले ७२५ मत पाए। यस्तै उपाध्यक्षमा विकास श्रेष्ठ र अञ्जना सिवाकोटी विजयी भएका छन् भने महासचिव दीपक धामी निर्वाचित भएका छन्। उपमहासचिवमा कमल जोशी, सचिव आकाश घर्ती, रचना सापकोटा, गोपाल नेपाल र सबिम बाबु खान विजयी भएका छन्।विभिन्न आयोगका अध्यक्षमा प्रकाश विष्ट, सुमन घिमिरे, जितप्रसाद सिटौला निर्वाचित भएका छन्। १५५१ मतदातामा रहेको अखिलमा १४५० मत खसेको थियो । विद्युतीय म...