सभामुखले अवरोध बेवास्ता गरेपछि वेल घेरेर उत्रिए रास्वपा सांसद


काठमाडौं

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै संसदमा विरोध गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले सभामुख देवराज घिमिरेले बैठक सञ्चालन गरेपछि वेल घेराउ गर्दै नाराबाजी गरेका छन्।

सभामुख घिमिरेले संसद बैठक सुरु भएको जानकारी गराएलगत्तै रास्वपा र राप्रपाका सांसदहरू उठेका थिए। सभामुखले त्यसक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोल्न समय दिए। लिङ्देनले जबर्जस्ती बैठक नचलाउन आग्रह गर्दै, आफूहरू बैठक बहिष्कार गर्ने र त्यस दिनको बैठक भत्ता नलिने चेतावनीसमेत दिए।

त्यसपछि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारलाई पनि सभामुखले बोल्न समय दिए। परियारले पनि संसद जबर्जस्ती चलाउनु नहुने भन्दै बैठक रोक्न माग गरे। तर सभामुख घिमिरेले आग्रह अस्वीकार गर्दै बैठक अघि बढाएका छन्।

उनले बजेटमाथिको छलफलका लागि नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीलाई समय दिएपछि रास्वपाका सांसदहरू वेल घेरी नाराबाजीमा उत्रिएका हुन्। ‘गृहमन्त्रीको राजीनामा चाहिन्छ’, ‘मानव तस्करी बन्द गर’ जस्ता नारासहित सांसदहरू आन्दोलित बनेका छन्।

विरोधका स्वर तीव्र भइरहँदा सभामुखको अडान यथावत् छ भने, प्रतिपक्षी दलहरू संसद भित्रै दबाबमूलक रणनीतिमा देखिएका छन्।

छुटाउनुभयो कि ?

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

३० पुस, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित ...
कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

३० पुस, काठमाडौं । झण्डै आठ दशक लामो इतिहास बोकेको दल नेपाली कांग्रेस तेस्रोपटक विभाजित भएको छ । नेतृत्वको कार्य शैलीका कार...
नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री खनाल रुष्ट

नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री खनाल रुष्ट

नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री रुष्टकाठमाडौंनेपाल स्टक एक्सचेन्जको पुनर्संरचनाको लागि भन्दै बनेको अध्ययन समिति...
कांग्रेसमा विद्रोह

कांग्रेसमा विद्रोह

काठमाडौंभदौ २३ र २४ मा जेनजीले गरेको विद्रोहको मुख्य निशानामा दुई राजनीतिक पात्र थिए- तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्...