नेपालमा सुशासन र श्रमका पक्षधरलाई संकट किन ?
बुटवल
नेपाल विकासन्मुख मुलुक हो। पछिल्लो तथ्याङ्क अनुसार १८ दशमलव ७ प्रतिशत जनता गरिबीको रेखामुनि रहेको तथ्याङ्क छ। पछिल्लो समयमा २ देखि ३ प्रतिशतका दरले गरिबीको तथ्याङ्क बढेको अनुमान गरिएको छ ।
नेपालमा कृषिका प्रशस्त सम्भावनाहरु जलस्रोत ,उर्वरभूमि ,हावापानी रहेको छ ।तथापि कृषिजन्य वस्तुभाउ आयातको दर तीव्र गतिमा बढेको छ। यो प्रमुख समस्या हो। देशमा सुशासनको कमीले भ्रष्टाचार व्याप्त छ। असल कर्मबाट समयअनुसार जीविकोपार्जन गर्ने हरुलाई अत्यन्त कठिन छ। यो देशको दोस्रो समस्या हो। नेपालमा स्थापित उद्योग कलकारखानाहरू नयाँ थप्नुको विपरीत बन्द हुँदै गएका छन् ,आत्मनिर्भरताको नीति नभई परनिर्भरता बढ्दै गएको छ। यो तेस्रो समस्या हो।
पर्यटनमा राम्रो सम्भावना रहँदा पनि यो व्यवसाय फस्टाउन नसक्नु अर्को समस्या हो। माटो सुहाउँदो शिक्षा प्रणाली नहुनु अर्को समस्या हो। अध्ययन पुरा गरेपछि रोजगारीका...








