शीतलनिवास वार्ता अन्योलग्रस्त बन्दैजाँदा संकटकालको जोखिम
काठमाडौंजेनजी आन्दोलनमा संलग्न युवा अगुवाहरुको प्रस्तावमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको नेतृत्व तयार भएको विषय स्पष्ट नै छ ।
तीन दिनदेखि कार्कीको नाम आए पनि औपचारिक रुपमा मुलुकले नयाँ सरकार पाउने आकार तय भएको छैन । यो बीचमा सघन राजनीतिक परामर्श भइरहेको छ । तर मुलुकले एउटा वैधानिक बाटो कसरी लेला भन्ने निर्क्यौल हुन सकेको छैन ।हिजो राती नै कार्कीलाई सरकारको नेतृत्व दिने गरी रातभर राष्ट्रपति निवासमा छलफल चल्यो । त्यहाँबाट निकास निस्केन ।आज सहमति हुनसक्ने भन्दै आएका सूचनाहरुले अहिले यो ब्रिफिङ तयार पारून्जेलसम्म मूर्त रुप लिएका छैनन् । हामीले छलफल प्रक्रियामा अनौपचारिक र औपचारिक रुपमा संलग्न भएका राजनीतिक दल, राष्ट्रपति, जेनजी युवाहरुका समूहका विभिन्न व्यक्तिसँग कुराकानी गरेका छौं ।ती कुराकानीका क्रममा आएका सूचनाहरु हेर्दा अझै अन्यौलग्रस्त नै देखिन्छ । यो छलफलमा ...





