Author: संचार पत्र

कम्युनिटि राईड भएको टिभिएसको गोल्डेन कि जित्ने अफर सार्बजनिक

कम्युनिटि राईड भएको टिभिएसको गोल्डेन कि जित्ने अफर सार्बजनिक

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, विविध, समाचार, समाज, स्थानीय
बुटवलनेपालमा टीभीएसका दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्सले यस वर्षको पर्व लक्षित नयाँ फेस्टिभ क्याम्पेन टिभिएस गोल्डेन कि सार्वजनिक गरेको छ। भदौ २८ गतेदेखि सुरु भएको यस क्याम्पेनले ग्राहकलाई नयाँ टीभीएस मोटरसाइकल वा स्कुटर खरिदसँगै आकर्षक पुरस्कार तथा विभिन्न सुविधा प्राप्त गर्ने अवसर प्रदान गर्नेछ।टिभिएस गोल्डेन कि अन्तर्गत ग्राहकले १० लाख रुपैयाँसम्मको क्यास बेनिफिट, गोल्डेन कि जित्ने अवसर तथा खरिद मूल्य बराबरको १०० प्रतिशत क्यासब्याक प्राप्त गर्ने अवसर पाउनेछन्। यी अफरहरू लागू हुने नियम तथा सर्तअनुसार समेत उपलब्ध हुनेछन्।यसका साथै दैनिक रूपमा २ जना भाग्यशालि ग्राहकले ५ वर्षसम्म निःशुल्क सर्भिसको सुविधा समेत प्राप्त गर्नेछन्। यसले नयाँ टीभीएस सवारी खरिद गर्ने ग्राहकलाई खरिदको समयमा मात्र नभई आगामी दिनमा समेत थप सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ। नेपालमा दशैं...
३३ होल्डिङ सेन्टरमा २४ सय १८ बाढीपीडित : खानेपानी मुख्य समस्या, महामारीको जोखिम

३३ होल्डिङ सेन्टरमा २४ सय १८ बाढीपीडित : खानेपानी मुख्य समस्या, महामारीको जोखिम

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँबिदुर नगरपालिकास्थित पीपलटारको होल्डिङ सेन्टरमा ५ वर्षीया योबिसा श्रेष्ठ २३ भदौको दिउँसोसम्म खेलिरहेकी थिइन् । तर राति उनलाई अचानक ज्वरो आउनुका साथै बान्ता हुन थाल्यो । होल्डिङ सेन्टरको शिविरमै उपचार गराए पनि निको नभएपछि योगिताले छोरी योबिसालाई बुधबार (२७ भदौमा) उपचारका लागि बट्टारस्थित फार्मेसीमा लगेकी छन् । योबिसा एक्ली बिरामी होइनन्, सेन्टरमै रहेकी २० महिनाकी उनकी बहिनी पनि निरन्तर ज्वरो र बान्ताले थलिएकी छन् । त्यही होल्डिङ सेन्टरमा रहेकी २० वर्षीया कविता श्रेष्ठको ६ महिने शिशुलाई पनि ज्वरो आएको छ । ‘के भएको हो भन्दा सामान्य सिटामोल दिएर पठाउँछन्, बच्चा अझै निको भएको होइन,’ योगिताले भनिन् । बाढीले घर र बस्तीबाट विस्थापित भएपछि सुरक्षित ठाउँको खोजीमा आएका परिवारका लागि पीपलटारस्थित श्री चन्द्रज्योति माविको भवन अहिले अस्थायी घर बनेको छ । तर एउटै छानोमुनि सयभन्दा बढी मा...
नेपाललाई दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न भारतको स्वीकृति

नेपाललाई दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न भारतको स्वीकृति

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विदेश, विविध, समाचार
काठमाडौँभारतको विद्युत् मन्त्रालयले नेपाललाई आगामी डिसेम्बर ३१ सम्म दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न स्वीकृति दिएको छ।भारतको विद्युत् मन्त्रालयका अनुसार सेप्टेम्बर १३ देखि डिसेम्बर ३१, २०२६ सम्म नेपाल विद्युत् प्राधिकरणलाई मुजफ्फरपुर–ढल्केबर ४०० केभी प्रसारण लाइनमार्फत अधिकतम ६०० मेगावाट र टनकपुर–महेन्द्रनगर १३२ केभी प्रसारण लाइनमार्फत थप ५४ मेगावाटसम्म विद्युत् निर्यात गर्न सकिनेछ।बाढीका कारण नेपालको जलविद्युत् पूर्वाधारमा ठूलो क्षति पुगेपछि आन्तरिक विद्युत् उत्पादनमा कमी आएको अवस्थामा भारतले थप विद्युत् उपलब्ध गराउने निर्णय गरेको हो। भारतले सन् २०२७ जनवरीदेखि नेपालतर्फ हुने विद्युत् निर्यातको परिमाणबारे डिसेम्बर २०२६ मा पुनरावलोकन गर्ने जनाएको छ। भारतको विद्युत् मन्त्रालयले उक्त निर्णयले विपद्का कारण कठिन अवस्थामा रहेको नेपालको विद्युत् आवश्यकता पूरा गर्न सहयोग पुग्ने ...
राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँ‘बालापनको रक्षा: भविष्यको सुरक्षा’ भन्ने नाराका साथ आज राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै छ । बालमैत्री वातावरणमा बाल अधिकार प्रवर्द्धन गर्न÷गराउन नागरिक समाज तथा सबै सरोकारवालालाई थप जिम्मेवार र जबाफदेही बनाउने उद्देश्यले प्रत्येक वर्ष भदौ २९ गते राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै आएको छ । यही भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा धनजनको क्षतिका कारण बाबुआमा, संरक्षक तथा अभिभावक गुमाएका, बेपत्ता भएका वा बालबालिका स्वयं नै घाइते वा बेपत्ता भएका बालबालिकाको उद्धार, राहत र संरक्षण गर्नुपर्ने आवश्यकता छ । त्यस्ता बालबालिकालाई अस्थायी संरक्षण र मनोसामाजिक परामर्शलगायतका सेवा उपलब्ध गराउन राज्य तल्लीन रहेको राष्ट्रिय बाल अधिकार परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले बताउनुभयो । यस अवसरमा आज परिषद्लगायत विभिन्...
आज हरितालिका तीज: बाढीका कारण छैन रौनक

आज हरितालिका तीज: बाढीका कारण छैन रौनक

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौँभदौ लागेसँगै गाउँघरमा तीजका गीत घन्किन्थे । दिदीबहिनीहरू माइती जाने तयारीमा जुट्थे । दाजुभाइ चेलीबेटीलाई लिन जाने हतारमा हुन्थे । टोलटोलमा तीजका कार्यक्रम आयोजना हुन्थे । चौतारीदेखि पार्टी प्यालेस र होटेलसम्म तीजको रौनक देखिन्थ्यो । तर यस वर्षको तीजमा ती दृश्य देखिएनन् । न त गाउँघरमा पहिलेझैँ चहलपहल छ, न सहरका चोक र चौतारीमा तीजका गीत बजिरहेका छन् । न त दिदीबहिनीहरूमा माइती जाने हतार छ, न दाजुभाइमा चेली लिन जाने उत्साह । देशका विभिन्न स्थानमा भदौ १० गते आएको बाढी र पहिरोले ठुलो जनधनको क्षति पु¥याएपछि यस वर्षको तीजको रौनक नै हराएको छ । बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायतका जिल्लामा ठुलो क्षति पु¥याएको छ । हजारौँ परिवार प्रभावित भएका छन् । कतिले आफन्त गुमाएका छन्, कतिले घरबार र जीवनभरको कमाइ गुमाएका छन् । कतिपय अझै हराएका आफन्तको खोजीमा छन् भने कतिपय आफ्ना प...
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल

बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
काठमाडौंबेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोन्सन र उच्चतहका युरोपेली सुरक्षा अधिकारीहरू रुसी आक्रमणबाट बच्न सफल भएका छन् । उनीहरू सवार रेल छुटेको केही समयपछि युक्रेन–पोल्यान्ड सीमानजिकै एक युक्रेनी रेलमाथि रुसी ड्रोनले आक्रमण गरेको छ ।याहोदिनमा भएको आक्रमणमा रेलको इन्जिनमा क्षति पुगे पनि कुनै पनि मानवीय क्षति नभएको बीबीसीले जनाएको छ । युक्रेनी अधिकारीहरूका अनुसार आक्रमण हुनुअघि नै सबै यात्रुलाई सुरक्षित रूपमा रेलबाट बाहिर निकालिएको थियो ।जोन्सन, बेलायती प्रधानमन्त्री कार्यालयका राष्ट्रिय सुरक्षा सल्लाहकार जोनाथन पावेललगायत युरोपेली राष्ट्रिय सुरक्षा अधिकारीहरू किभमा आयोजित एक सम्मेलनबाट फर्कने क्रममा अर्कै रेलमार्फत सोही रेलवे लाइन हुँदै गएका थिए । रुसले पश्चिमी युक्रेनको ‘रेलवे पूर्वाधार’लाई निशाना बनाएको जनाएको छ । तर, युक्रेनको सरकारी रेलवे कम्पनी उक्रजालिज्निचियाले आक्रमणको निश...
सफल क्याम्पस प्रमुख कहलिएका प्रधानाध्यापक ज्ञवाली सर्वोत्कृष्ट कालिका मावि उँचो राख्ने योजनामा

सफल क्याम्पस प्रमुख कहलिएका प्रधानाध्यापक ज्ञवाली सर्वोत्कृष्ट कालिका मावि उँचो राख्ने योजनामा

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलवि.सं.२०२६ सालमा गुल्मीको रुरुक्षेत्र ५ वम्घामा जन्मिएका विष्णुहरी ज्ञवालीले ०५२ सालमा श्री जनबोध उच्च माविबाट शिक्षक सेवामा प्रवेश गरे। नेपाली विषयमा स्नातकोत्तर हासिल गरेका ज्ञवालीले ०६० सालबाट नेपाल सरकारको स्थाई शिक्षक सेवाको नियुक्ति लिए।गुल्मीकै जनवोध उच्च माध्यमिक विद्यालयमा अध्यापन गरेका उनले रुरुक्षेत्रकै श्रृङ्गेश्वर क्याम्पसमा संस्थापक क्याम्पस प्रमुखको जिम्मेवारी सफलता पुर्वक सम्हालेका थिए ।क्षमतावान शिक्षकको पहिचान वनाएका उनी ०६४ मा गुल्मीबाट बुटवलको कालिका माविमा सरुवा गरी आए ।ज्ञवालीले कालिका माविमा ०७७ मा १ बर्ष निमित्त प्रधानाध्यापकको जिम्मेवारी सफलता पुर्वक सम्हाली सकेका छन्।उनी विद्यालयको अतिरिक्त कृयाकलापको संयोजक थिए।कालिका माविको ईतिहास लेखन संगै कालिका माविको पहिलो स्मारिकाको सम्पादन र संयोजन समेत गरे।ज्ञवाली २०८३ साउन २७ गते बुटवल उपमहानगर पालिकाले प्रधाना...
डा.न्यौपानेद्वारा लिखित बुद्धकालीन देवदह पुस्तकको परिचर्चा

डा.न्यौपानेद्वारा लिखित बुद्धकालीन देवदह पुस्तकको परिचर्चा

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
बुटवलडाक्टर कृष्ण न्यौपानेद्वारा लिखित बुद्धकालीन देवदह नामक पुस्तकको परिचर्चा सम्पन्न भएको छ।शनिबार रुपन्देहीको तिलोत्तमा स्थित शहीद गंगालाल पुस्तकालयमा तिलोत्तमा साहित्य कला संगीत प्रतिष्ठानको आयोजनामा साहित्य संगम २४औं श्रृङ्खला कार्यक्रममा पुस्तक परिचर्चा सम्पन्न भएको हो।कार्यक्रममा वोल्दै लुम्बिनी प्रदेशका पुर्व प्रदेश सभा सदस्य समेत रहेका लेखक डा. न्यौपानेले वोल्दै बुद्धको जिवनी र सन्देश बाट हिंसा र मतभेद रहित समाजको शिक्षा हासिल गर्न सकिने वताउदै बुद्धको मावली आफ्नै क्षेत्र रुपन्देहीकै देवदह रहेकोले पनि बुद्धकालीन देवदह नामक पुस्तक पस्कने सोच आएको वताएका छन्।उनले यसै विषयमा थेसिस समेत लेखेको वताउदै विषेश गरि बुद्धको मावली देवदह हरेक हिसाबले महत्वपूर्ण रहेको वताएका छन्।देवदहको नामाकरण समेत ( देव) देवताहरूले नुहाउने पोखरी (दह) जसका कारण देवदह नाम रहन गएको पाइएको समेत वताए।सिद्धार...
भोटेकोशी बाढीबाट ४०८ अर्बको क्षति, पुनर्निर्माणमा ७२३ अर्ब लाग्ने

भोटेकोशी बाढीबाट ४०८ अर्बको क्षति, पुनर्निर्माणमा ७२३ अर्ब लाग्ने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौंरसुवा–भोटेकोशी बाढीबाट ४०८ अर्ब २९ करोड रुपैयाँ बराबरको क्षति तथा आर्थिक नोक्सान भएको सरकारी अध्ययनले देखाएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहितको प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन (आरडीएनए) प्रतिवेदनले बाढीको प्रभाव व्यापक रहेको देखाएको हो। प्रतिवेदनअनुसार विपद्बाट २७४ अर्ब ४८ करोड रुपैयाँ बराबरको प्रत्यक्ष भौतिक क्षति भएको छ भने १३३ अर्ब ८१ करोड रुपैयाँ आर्थिक नोक्सान भएको छ। क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, प्रभावितको पुनःस्थापना तथा आर्थिक पुनर्लाभका लागि भने सरकारले ७२३ अर्ब ३२ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरेको छ। यो रकम कुल क्षति तथा नोक्सानको तुलनामा झन्डै पौने दुई गुणा बढी हो। बाढीबाट पाँच जिल्लाका १५ स्थानीय तह प्रत्यक्ष प्रभावित भएका छन्। प्रतिवेदनअनुसार ७ हजार ५७० भवनमा क्षति प...
नेपाली सेनासँग मिल्दोजुल्दो पोसाक प्रयोग गरेको आरोपमा ‘ग्रिन आर्मी नेपाल’विरुद्ध सर्वोच्चमा रिट

नेपाली सेनासँग मिल्दोजुल्दो पोसाक प्रयोग गरेको आरोपमा ‘ग्रिन आर्मी नेपाल’विरुद्ध सर्वोच्चमा रिट

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौंरसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका क्रममा नेपाली सेनासँग मिल्दोजुल्दो पोसाक, दर्जा र चिह्न प्रयोग गरी उद्धार तथा राहतमा खटिएको आरोपमा ‘ग्रिन आर्मी नेपाल’विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ताहरू साम्बराज अर्याल, पूर्णबहादुर साउद, गोविन्दराम परियार र विष्णुवर सिंह थापाले शुक्रबार रिट दायर गरेका हुन्। रिटमा ‘ग्रिन आर्मी नेपाल’ले सैनिक प्रकृतिको संरचना, पोसाक, दर्जा र चिह्न प्रयोग गर्नु संविधान तथा प्रचलित कानुनविपरीत भएको दाबी गरिएको छ। रिटमा ‘ग्रिन आर्मी नेपाल’सहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, समाज कल्याण परिषद्, काठमाडौं जिल्ला प्रशासन कार्यालय, गोकर्णेश्वर नगरपालिका र कम्पनी रजिस्ट्रारको कार्यालयलाई विपक्षी बनाइएको छ। रिटको पहिलो पेसी आगामी सोमबारका लागि तोकिएको ...