चिट पासो थापेर विद्यार्थीमाथि बलात्कार
४ भदौ, विराटनगर । चार महिनाअघि विराट हेल्थ कलेजमा दोस्रो वर्षको फाइनल परीक्षा चलिरहेका बेला अनुशासन प्रमुख (डीआई) सुरज भनिने अमर सुवेदी परीक्षा हलमा प्रवेश गरे । परीक्षा दिइरहेकी १८ वर्षीया किशोरीलाई चिट दिन खोजे, लिन नमानेपछि फालेर बाहिरिए । परीक्षा सकेर किशोरी डेरा गइन् ।
केही समयपछि कसैले ढोका ढकढकाक्यो । ढोका खोलेपछि सुवेदी कोठाभित्र पसेर पानी मागे । ‘मैले पानी दिएँ, पानी खाइसकेपछि मलाई एक सय रुपैयाँ दिएर चुरोट किन्न पठाउनुभयो,’ पीडित किशोरीले बयानमा भनेकी छन्, ‘चुरोट लिएर आएपछि मलाई पानी पिउन दिनुभयो । पानी खाइसकेपछि चक्कर लागेजस्तो भयो ।’
रिंगटा लागेर भुईँमा ढलेपछि के भयो उनलाई थाहा छैन । उनी होसमा आउँदा भोलिपल्ट बिहान भइसकेको छ । उनले भनिन्, ‘होसमा आउँदा भोलिपल्ट बिहान भइसकेको थियो । कोठामा बियरका बोतल, चुरोटका ठुटा र कागज छरपष्ट थियो, बेडमा रगतको टाटै–टाटा थियो । मेरो जि...
