आन्दोलनमा भएका संरचना क्षतिको छैन यकिन जानकारी
बुटवलजेनजी आन्दोलनको क्रममा देशभर भएका संरचनाको क्षतिबारे अझै सम्म यकिन विवरण आएको छैन ।आन्दोलनको क्रममा संसद भवन, सिंहदरवार ,अन्तर्राष्ट्रिय विमानस्थल, पार्टी कार्यालय, अदालत, ,ट्राफिक कार्यालय, भन्सार कार्यालय, राजस्व कार्यालय, नेपाल विद्युत् प्राधिकरण, नगर पालिकाका प्रमुख, उप प्रमुख , मन्त्री ,सांसद व्यवसायीक प्रतिष्ठान लगायतको घरमा आगजनी गरि ध्वस्त बनाई दिएका छन् ।तर आन्दोलनको क्रममा देशभरि लुटपाट, आगजनी, तोडफोड भएको कार्यालय एवम् अन्य भौतिक संरचनाहरूको न विवरण सङ्कलन गरिएको छ न त उनीहरूको के कति रकम बराबरको क्षति भयो भन्ने अनुमान नै लगाउन सकिएको छ ।
...








