विद्यालय शुल्क वृद्धि, पोशाक तथा पाठ्यपुस्तक खरिदमा अनियमितता रोक्न अभिभावक संघको माग
बुटबल १८ चैत्र – विद्यालय शिक्षामा सुधार, पारदर्शिता, तथा अभिभावकहरूको हक र अधिकारको सुनिश्चितताका लागि नेपाल अभिभावक महासंघ, लुम्बिनी प्रदेश समितिले एक प्रेस विज्ञप्ति जारी गर्दै विद्यालय प्रशासन, सरकार तथा सरोकारवालाहरूलाई आवश्यक कदम चाल्न आग्रह गरेको छ।
प्रेस विज्ञप्तिमा उल्लेख गरिएअनुसार नेपालको संविधान २०७२ ले शिक्षालाई मौलिक हकको रूपमा परिभाषित गर्दै सबै नागरिकलाई गुणस्तरीय, व्यवस्थित, व्यावसायिक, नैतिक एवं संस्कारयुक्त शिक्षा प्राप्त गर्ने अधिकार दिएको छ। तर, हाल निजी विद्यालयहरूले अनियन्त्रित शुल्क वृद्धि, अनिवार्य पोशाक तथा पाठ्यपुस्तक खरिदजस्ता अभ्यासलाई निरन्तरता दिइरहेको भन्दै महासंघले गम्भीर चिन्ता व्यक्त गरेको छ।
विद्यालय शुल्क वृद्धि र अनुशासनबारे गम्भीर चिन्ता
नेपाल अभिभावक महासंघका अनुसार, प्रत्येक नयाँ शैक्षिक सत्रको सुरुवातमा केही निजी विद्यालयहरूले शुल्क वृद्...








