काठमाण्डौका सडकमा गाडी आवतजावत सामान्य, ठाउँठाउँबाट जुलुस निकाल्ने तयारी


काठमाण्डौ १५ चैत – काठमाण्डौ उपत्यकाका सडकमा बिहानपख गाडीको आवतजावत सामान्य छ । बिहानपख कहीँ कतै अवरोध नभएको ट्राफिक प्रहरीले जनाएको छ । तर दिउँसो १२ बजेपछि ठाउँठाउँबाट जुलुस निकाल्ने तयारी भएकाले सडकमा अवरोध हुन सक्ने सम्भावना छ ।

आज समाजवादी मोर्चा र राजावादीहरुको छुट्टाछुट्टै प्रदर्शन गर्न लागेका छन् । काठमाण्डौ प्रशासनले मोर्चालाई भृकुटीमण्डप र राजवादीलाई तीनकुनेमा सभा गर्न अनुमति दिएको छ ।

बिहान एसईई भएकाले दिउँसो १२ बजेपछि मात्रै प्रदर्शन गर्ने दुवै समूहको तयारी छ । समाजवादी मोर्चाले मध्याह्न १२ बजेदेखि र्‍याली शुरू गर्ने र १ बजे भृकुटीमण्डपमा सभा गर्ने जनाएको छ । मोर्चामा आबद्ध दलले छुट्टाछुट्टै ठाउँबाट र्‍याली निकाल्दैछन् ।

माओवादी केन्द्रले माइतीघर, कुपन्डोल र त्रिपुरेश्वरबाट तथा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सुन्धाराबाट र्‍याली निकाल्दैछ । नेपाल समाजवादी पार्टीले न्युरोड गेटबाट र एकीकृत समाजवादीले शान्तिबाटिका र मैतीदेवीबाट र्‍याली निकाल्ने तयारी गरेका छन् ।

चारवटै दलले फरक–फरक ठाउँबाट निकालेको र्‍याली भृकुटीमण्डपमा पुगेर दिउँसो १ बजे सभा शुरू हुने नेताहरुले बताएका छन् ।

यस्तै राजावादीहरुले सिनामंगल र भक्तपुरबाट र्‍याली निकालेर तीनकुनेमा सभा गर्ने तयारी छ । दुई समूहले ठाउँठाउँमा प्रदर्शन र सभा गर्ने भएकाले काठमाण्डौको ट्राफिक व्यवस्थापन चुनौती हुने देखिएको छ ।

राजावादीहरुको जुलुस चक्रपथभित्र प्रवेश गर्न नदिने र समाजवादी मोर्चाको जुलुसलाई चक्रपथभित्र केन्द्रित गर्ने गरी सुरक्षा रणनीति बनाइएको प्रहरीले जनाएको छ । 

छुटाउनुभयो कि ?

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालद्वारा बाढी प्रभावितका लागि ११ लाख सहयोग

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालद्वारा बाढी प्रभावितका लागि ११ लाख सहयोग

बुटवलभोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि गौतम बुद्ध सामुदायिक मुटु अस्पता...
भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

काठमाण्डौ - एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भ...
भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

काठमाण्डौ - रसुवाको भोटेकोशी बाढीको सातौँ दिन आज पनि खोज, उद्धार र राहत वितरणको काम भइरहेको छ ।  रसुवा र नुवाकोटको जल...
भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

काठमाडौंनेपालमा आएको बाढीका कारण उत्तर प्रदेशको कुशीनगर हुँदै बग्ने गण्डक (नारायणी) नदीमा शव भेटिने क्रम जारी छ। कुशीनगर प...