Tag: patra

त्रिदेशीय एक दिवसीय क्रिकेट शृङ्खलामा नेपालले आज पपुवा न्युगिनीसँग खेल्दै

त्रिदेशीय एक दिवसीय क्रिकेट शृङ्खलामा नेपालले आज पपुवा न्युगिनीसँग खेल्दै

खेलकुद, ताजा अपडेट, विविध, समाचार
काठमाण्डाै - आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले आज पपुवा न्युगिनी (पीएनजी) सँग खेल्दैछ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । आईसीसी विश्व कप क्रिकेट लिग–२ को यो अन्तिम शृङ्खला हो ।नेपाललाई शीर्ष तीनमा रहँदै आउँदो जुन/जुलाईमा जिम्बाब्वेमा हुने विश्व कप छनोट सोझै खेल्न बाँकी सबै ४ खेल जित्नुपर्ने हुन्छ । शृङ्खलामा घरेलु टोली नेपालसहित यूएई र पपुवा न्युगिनी रहेका छन् । नेपालले यूएई र पपुवा न्युगिनीसँग समान २/२ खेल खेल्नेछ । नेपालले आइतवार यूएईसँग, सोमवार पीएनजीसँग र अन्तिम खेल आउँदो बिहीवार यूएईसँग खेल्नेछ । अन्तिम शृङ्खलाबाट तेस्रो, चौथो र पाँचौँ स्थानमा रहने टोलीको तय हुनेछ । नेपालले यी चार खेल जित्दा ४० अङ्क पुग्नेछ । जुन सोझै विश्व कप छनोट र एकदिवसीय मान्यता कायम राख्न पर्याप्त हुनेछ । यदि नेपाल अङ्कता...
पहाडी क्षेत्रमा आज पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

पहाडी क्षेत्रमा आज पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

ताजा अपडेट, माैसम, विविध, समाचार
काठमाण्डाै - आज पनि पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने अनुमान गरिएको छ।हिजो काठमाण्डौसहित केही पहाडी क्षेत्रमा हल्का पानी परेको थियो । हिजो देशका धेरै ठाउँको मौसम बदली भएको थियो । हिजो भन्दा आज मौसम खुल्ने अनुमान गरिएको छ ।मौसमविद् मञ्जु बासीका अनुसार काठमाण्डौ उपत्यकासहित केही ठाउँमा आज घाम लाग्ने सम्भावना छ । तर, सुदूरपश्चिमसहित केही पहाडी क्षेत्रको मौसम भने आंशिकदेखि सामान्य बदली भइ एक/दुई ठाउँमा हल्का पानी पर्नेछ । यस्तै, उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा आज पनि हल्का हिमपातको अनुमान छ । नेपालमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव परेको छ । ...
तेस्रो राष्ट्रपति चुन्न आज मतदान, बेलुका ७ बजेभित्रै परिणाम

तेस्रो राष्ट्रपति चुन्न आज मतदान, बेलुका ७ बजेभित्रै परिणाम

Breaking news 1, ताजा अपडेट, समाचार
२५ फागुन, काठमाडौं । नेपालको तेस्रो राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदैछ ।निर्वाचन आयोगले संसद भवन नयाँबानेश्वरमा आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरेको छ । राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् । निर्वाचन सकिएलगत्तै संसद भवन भित्रैको एक हलमा मतगणना सुरु गर्ने र आजै बेलुका ७ बजेभित्र मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिए । संघीय सांसद (प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्य) र प्रदेश सभा सदस्यहरुले निर्वाचनमा भाग लिनेछन् । संघीय सांसदहरुका लागि रातो र प्रदेश सभा सदस्यहरुका लागि हरियो रंगको मतपत्र बनाइएको छ । मतपत्रमा उम्मेदवारहरुको नामसहित फोटो पनि राखिएको छ । मतदाताले आफूलाई मन परेको उम्मेदवारको नाम र फोटो भएको क...
लिग टु : यूएईविरुद्ध पहिलो जितको खोजीमा नेपाल

लिग टु : यूएईविरुद्ध पहिलो जितको खोजीमा नेपाल

Breaking news 2, खेलकुद, ताजा अपडेट, मनोरञ्जन
२२ फागुन, काठमाडौं । यूएईमा जारी आईसीसी क्रिकेट विश्वकप लिग टु शृखंलामा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ । लिग टुमा नेपालले अहिलेसम्म यूएईलाई हराउन सकेको छैन । यूएईसँग दुबई इन्टरनेशनल मैदानमा उत्रँदा नेपालको लक्ष्य लिग टु मा यूएईलाई पहिलो पटक पराजित गर्नु हुनेछ ।शृखंलाको अघिल्लो खेलमा नेपालले यूएईलाई २०७ रनमा रोके पनि पूरै ओभर ब्याटिङ गर्न नसक्दा ६८ रनले पराजित भएको थियो ।आजको खेलका लागि लिग टु को शीर्ष तीनमा पर्ने सम्भावना कायम राख्नका लागि पनि महत्वपूर्ण छ ।लिग टु को शीर्ष तीनमा रहने टिमले जिम्बावेमा हुने १० टिम सम्मिलित विश्वकप क्वालिफायर खेल्न पाउनेछ । स्कटल्याण्ड र ओमानले शीर्ष दुईमा रहेर विश्वकप छनोटमा स्थान पक्का गरिसकेको छ । तेस्रो हुनका लागि नेपाल र यूएईसहित नामिबिया होडमा छन् ।३६ खेल खेलिसकेको नामिबिया ३९ अंकसहित हाल तेस्रो स्थानमा छ र नेपालले नामिबियालाई पछि पार्न ...
डुंगा दुर्घटनामा गम्भीर घाइते भएकी वृद्धाको मृत्यु

डुंगा दुर्घटनामा गम्भीर घाइते भएकी वृद्धाको मृत्यु

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
२० फागुन, कास्की। फेवातालमा डुंगा दुर्घटना हुँदा गम्भीर घाइते भएकी याममाया गिरीको उपचारका क्रममा मृत्यु भएको छ ।शनिबार दिउँसो एक्कासि हावाहुरी चल्दा गिरीसहित ६ जना सवार तालमा पल्टिएको थियो ।अचेत अवस्थामा उद्धार गरिएकी गिरीको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवण विकले जानकारी दिए । ...
सत्ता गठबन्धनलाई भोट क्रसको डर

सत्ता गठबन्धनलाई भोट क्रसको डर

ताजा अपडेट, समाचार, सम्पादकिय, स्थानीय
१९ फागुन, काठमाडौं । सत्ता गठबन्धनले राष्ट्रपतिका आफ्ना उम्मेदवार रामचन्द्र पौडेललाई जिताउन शुक्रबार सातै प्रदेशमा सांसदहरुसँग अभिमुखीकरण कार्यक्रम गरेको छ ।सबै प्रदेश राजधानीमा भएको ७ दलका प्रदेशसभा सदस्यहरुको अभिमुखीकरण कार्यक्रम बागमती प्रदेशका सांसदहरुका लागि भने काठमाडौंको बानेश्वरमा राखिएको थियो ।कार्यक्रममा नेताहरुले पौडेलले राष्ट्रपति जित्ने निश्चित रहेको बताएका छन् । तर सँगै, उनीहरुमा एउटा चिन्ता पनि देखिन्थ्यो । त्यो चिन्ता अनौपचारिक सम्वादमा मात्र होइन मञ्चबाट समेत नेताहरुले प्रकट गरे ।‘एमालेका उम्मेदवार जनतातिको उम्मेदवार, त्यसो हुनाले जनजातिहरुले जनजातिलाई नै भोट हाल्नुपर्छ भन्ने टाइपको तपाई हामीलाई पनि भ्रम सिर्जना गर्ने टाइपका कुरा आएका छन्’, एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले मञ्चबाटै भनेका थिए । उनले एमालेले आफ्ना उम्मेदवार सुवास नेम्वाङलाई जनजाति भनेर मत ...
प्रचण्ड विरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश

प्रचण्ड विरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश

Breaking news 1, ताजा अपडेट
१९ फागुन, काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा पेश भएको रिट निवेदन दर्ता गर्न आदेश दिएको छ ।अदालत प्रशासनले रिट निवेदन दर्ता नगर्ने निर्णय गरे पनि उक्त निर्णय बदर गर्दै सर्वोच्चले रिट निवेदन दर्ता गर्न आफ्नो प्रशासनलाई आदेश दिएको हो ।१ माघ २०७६ मा माघीका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले द्वन्द्वकालमा मारिएका ५ हजारको मात्र आफूले जिम्मा लिने अभिव्यक्ति दिएका थिए ।अधिवक्ता ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकी लगायतले यही विषयलाई लिएर प्रचण्डमाथि फौजदारी अभियोगमा छानबिन र कारवाही हुनुपर्ने आदेश माग गर्दै सर्वोच्चमा रिट दिएका थिए । सर्वोच्च अदालत प्रशासनले राजनीतिक प्रकृतिको अभिव्यक्तिमा टेकेर पेश भएको निवेदन दर्ता हुन नसक्ने भन्दै दरपीठ (दर्ता नहुने) आदेश गरेको थियो । दरपीठ आदेश विरुद्ध निवेदकहरु सर्वोच्च अदालतमा अर्को न...
आसिफ र सन्दीपको कीर्तिमानी साझेदारीमा नेपालको जित

आसिफ र सन्दीपको कीर्तिमानी साझेदारीमा नेपालको जित

Breaking news 2, ताजा अपडेट, समाज
१९ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टूमा नेपालले पपुवा न्यूगिनीलाई ३ विकेटले हराएको छ । पपुवा न्यूगिनीले दिएको १८० रनको लक्ष्य नेपालले अन्तिम २ ओभर बाँकी छँदा ७ विकेट गुमाएर भेट्टायो ।नेपालको जितमा आसिफ शेख र सन्दीप लामिछानेको साझेदारी निर्णायक रह्यो । खराब सुरुवात गरेको नेपालले १०५ रन बनाउँदा ७ विकेट गुमाइसकेको थियो । एकपछि अर्को ब्याट्सम्यान आउट हुँदा पनि ओपनर आसिफ क्रिजमा टिकिरहेका थिए । नवौं नम्बरमा आएका सन्दीपले आसिफलाई बलियो साथ थिए ।दुबैले आठौं विकेटका लागि अजितित ७७ रनको साझेदारी गरे । आसिफ ८६ र सन्दीप ३५ रनमा अविजित रहे । आठौं विकेटका लागि ७७ रनको साझेदारी नेपालको अहिलेसम्मको धेरै हो । ...
तिक्तता मेटाउँदै एमाले–एकीकृत समाजवादी

तिक्तता मेटाउँदै एमाले–एकीकृत समाजवादी

Breaking news 1, समाचार, स्थानीय
१९ फागुन, काठमाडौं । राष्ट्रपतिका उम्मदेवार सुवास नेम्वाङसहित नेकपा एमालेका दोस्रो तहका नेताहरु बिहीबार नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय पुगे । अध्यक्ष माधवकुमार नेपाललाई भेट्न नेम्वाङसहित उपाध्यक्ष विष्णुप्रसाद पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव रघुविर महासेठ र केन्द्रीय सदस्य बिमला राई पौड्याल एकीकृत समाजवादीको आलोकनगरस्थित कार्यालयमा पुगेका थिए । एमाले नेताहरुसँग अध्यक्ष नेपालसहित उपाध्यक्ष प्रमेश हमाल, महासचिव बेदुराम भुसाल, उपमहासचिवद्वय प्रकाश ज्वाला र जगन्नाथ खतिवडा तथा स्थायी कमिटी सदस्य रामचन्द्र झा भेटवार्तामा बसे । करिब सवा घण्टा भएको भेटपछि नेताहरुले सम्वाद सौहार्दपूर्ण बनेको बताए । राष्ट्रपति उम्मेदवारलाई मत माग्ने मुख्य प्रयोजनसहित बसेका नेताहरुले दुई पार्टीबीच सहकार्य बढाउने अवसर समेत मिलाइदिएको प्रतिक्रिया दिए । ‘दुई पार्टीबीचको एकता अगाडि बढाउने...
एमाले सचिवालय बैठक सुरु

एमाले सचिवालय बैठक सुरु

समाचार
१५ फागुन, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । परराष्ट्रमन्त्री विमला राई पौड्याललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेनेभा जानबाट रोकेको लगायत विषयमा छलफल गर्न पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बसेको हो । एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका साथै राष्ट्रपति निर्वाचन लगायतका विषयमा छलफल हुने जानकारी दिए । नेकपा एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ । उनको प्रतिस्पर्धा आठ दलीय गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका रामचन्द्र पौडेलसँग हुनेछ । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ । राष्ट्रपतिको उम्मेदवार मनोनयन गर्दा एमाले नेताहरुले राष्ट्रपतिको निर्वाचनसम्म सरकार नछाड्ने बताएका थिए । आइतबार परराष्ट्रमन्त्री पौड्याललाई अन्तिम समयमा जेनेभा जान रोक लगाइए...