तिक्तता मेटाउँदै एमाले–एकीकृत समाजवादी
१९ फागुन, काठमाडौं । राष्ट्रपतिका उम्मदेवार सुवास नेम्वाङसहित नेकपा एमालेका दोस्रो तहका नेताहरु बिहीबार नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय पुगे । अध्यक्ष माधवकुमार नेपाललाई भेट्न नेम्वाङसहित उपाध्यक्ष विष्णुप्रसाद पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव रघुविर महासेठ र केन्द्रीय सदस्य बिमला राई पौड्याल एकीकृत समाजवादीको आलोकनगरस्थित कार्यालयमा पुगेका थिए ।
एमाले नेताहरुसँग अध्यक्ष नेपालसहित उपाध्यक्ष प्रमेश हमाल, महासचिव बेदुराम भुसाल, उपमहासचिवद्वय प्रकाश ज्वाला र जगन्नाथ खतिवडा तथा स्थायी कमिटी सदस्य रामचन्द्र झा भेटवार्तामा बसे । करिब सवा घण्टा भएको भेटपछि नेताहरुले सम्वाद सौहार्दपूर्ण बनेको बताए ।
राष्ट्रपति उम्मेदवारलाई मत माग्ने मुख्य प्रयोजनसहित बसेका नेताहरुले दुई पार्टीबीच सहकार्य बढाउने अवसर समेत मिलाइदिएको प्रतिक्रिया दिए । ‘दुई पार्टीबीचको एकता अगाडि बढाउने...







