काठमाण्डौमा सुरक्षा व्यवस्था कडा : सामान्य रुपमा गाडी चल्दै, लामो दूरीका गाडी पनि छुटे


काठमाण्डाै – काठमाण्डौ उत्यकामा अहिले सामान्य रुपमा गाडी चलिरहेको छ । तर, हिजो अस्तिको भन्दा आज गाडी कम चलेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले निजी गाडी  हिजो अस्तिकै सङ्ख्यामा चले पनि सार्वजनिक गाडीको सङ्ख्या आज कम रहेको जनाएको छ । यस्तै, बिहान काठमाण्डौदेखि छुट्ने लामो दूरीका गाडी पनि छुटेका ट्राफिक प्रहरीले जनाएको छ । यातायात व्यवसायीको आन्दोलनका कारण काठमाण्डौ उपत्यकाका सडकमा सुरक्षा व्यवस्थामा भने कडाइ गरिएको छ । चोक चोकमा प्रहरीले खटिएका छन् । हिजो यातायात व्यवसायी र यातायात मजदुरहरुको आन्दोलन अनियन्त्रित बन्दा काठमाण्डौको नयाँ बसपार्क क्षेत्र तनावग्रस्त बनेको थियो । ट्राफिक नियम मिचेबापतको जरिबाना बढाएको र पाँच पटकसम्म गल्ती गर्दा लाइसेन्स नै खारेज हुने नयाँ नियमको विरोधमा यातायात मजदुरले  नयाँ बसपार्क, बालाजु, गोङ्गबु, माछापोखरी लगायतका ठाउँमा सडकमा गाडी तेर्स्याएर आन्दोलन गरेका थिए । आन्दोलनका कारण बिहानदेखि नै सडकमा स्थानीय रुटका र काठमाण्डौबाट छुट्ने लामो दूरीका गाडी रोकिएका थिए । प्रहरीले बाटो खुलाउन बल प्रयोग गर्दा हिजो पटक पटक झडप भएको थियो । झडपमा प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरेको छ भने प्रदर्शनकारीले ढुङ्गा हानेका थिए । आन्दोलनकारीले प्रहरीको गाडी जलाउनुको साथै अस्थायी पोष्ट समेत भत्काएका थिए ।

ट्राफिक प्रहरीले पाँच पटकसम्म चिट काटेपछि ६ महिनासम्म गाडी चलाउन नपाउने नियमविरुद्ध हिजाे सडकमा प्रदर्शन गरेका उनीहरुले सरकारले यसअघि गरेका सहमतिहरू पालना नगरेको भन्दै गाडी नचलाउने घोषणा गरेका थिए । आज सरकारले आन्दोलनमा रहेका व्यवसायी र मजदुरहरुसँग वार्ता गर्दैछ ।  व्यवसायी र मजदुरहरुको आन्दोलनका कारण यात्रु भने मारमा परेका छन् । 

छुटाउनुभयो कि ?

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैबुटवलनेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत नवरात्रको चौथो...
गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीप्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । रेसुङ्...
चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...
उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

बुटवलबुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् । संघको ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधि...