काठमाण्डौमा सुरक्षा व्यवस्था कडा : सामान्य रुपमा गाडी चल्दै, लामो दूरीका गाडी पनि छुटे


काठमाण्डाै – काठमाण्डौ उत्यकामा अहिले सामान्य रुपमा गाडी चलिरहेको छ । तर, हिजो अस्तिको भन्दा आज गाडी कम चलेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले निजी गाडी  हिजो अस्तिकै सङ्ख्यामा चले पनि सार्वजनिक गाडीको सङ्ख्या आज कम रहेको जनाएको छ । यस्तै, बिहान काठमाण्डौदेखि छुट्ने लामो दूरीका गाडी पनि छुटेका ट्राफिक प्रहरीले जनाएको छ । यातायात व्यवसायीको आन्दोलनका कारण काठमाण्डौ उपत्यकाका सडकमा सुरक्षा व्यवस्थामा भने कडाइ गरिएको छ । चोक चोकमा प्रहरीले खटिएका छन् । हिजो यातायात व्यवसायी र यातायात मजदुरहरुको आन्दोलन अनियन्त्रित बन्दा काठमाण्डौको नयाँ बसपार्क क्षेत्र तनावग्रस्त बनेको थियो । ट्राफिक नियम मिचेबापतको जरिबाना बढाएको र पाँच पटकसम्म गल्ती गर्दा लाइसेन्स नै खारेज हुने नयाँ नियमको विरोधमा यातायात मजदुरले  नयाँ बसपार्क, बालाजु, गोङ्गबु, माछापोखरी लगायतका ठाउँमा सडकमा गाडी तेर्स्याएर आन्दोलन गरेका थिए । आन्दोलनका कारण बिहानदेखि नै सडकमा स्थानीय रुटका र काठमाण्डौबाट छुट्ने लामो दूरीका गाडी रोकिएका थिए । प्रहरीले बाटो खुलाउन बल प्रयोग गर्दा हिजो पटक पटक झडप भएको थियो । झडपमा प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरेको छ भने प्रदर्शनकारीले ढुङ्गा हानेका थिए । आन्दोलनकारीले प्रहरीको गाडी जलाउनुको साथै अस्थायी पोष्ट समेत भत्काएका थिए ।

ट्राफिक प्रहरीले पाँच पटकसम्म चिट काटेपछि ६ महिनासम्म गाडी चलाउन नपाउने नियमविरुद्ध हिजाे सडकमा प्रदर्शन गरेका उनीहरुले सरकारले यसअघि गरेका सहमतिहरू पालना नगरेको भन्दै गाडी नचलाउने घोषणा गरेका थिए । आज सरकारले आन्दोलनमा रहेका व्यवसायी र मजदुरहरुसँग वार्ता गर्दैछ ।  व्यवसायी र मजदुरहरुको आन्दोलनका कारण यात्रु भने मारमा परेका छन् । 

छुटाउनुभयो कि ?

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

काठमाण्डाै – नेपाली कांग्रेसको विशेष महाधिवेशनमा मतदान आज मात्रै हुने भएको छ । यसअघि हिजो राति ९ बजेदेखि मतदान शुरू हुने का...
साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

काठमाण्डौ – साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ पहिलो खेलमा नेपालले श्रीलङ्कासँग बराबरी खेलेको छ । थाइल्यान्डको नन्थाबुरीमा...
कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...