मलेसियामाथि नेपालको १० विकेटको सानदार जित


१६ फागुन, काठमाडौं । आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटको चौथो खेलमा नेपालले मलेसियामाथि १० विकेटको सानदार जित दर्ता गरेको छ । मलेसियाले दिएको ७३ रनको झिनो लक्ष्य नेपालले बिना क्षति पावर प्ले पनि नसकिँदै पूरा गरेको हो ।९ ओभरमा ७३ रनको लक्ष्य पूरा गर्ने क्रममा नेपालका लागि ओपनर ब्याटर दिपक बोहराले २९ बलमा ८ चौका प्रहार गर्दै ३८ रन बनाए । त्यस्तै अर्का ओपनर अर्जुन कुमालले २५ बलमा ३ चौका सहित २१ रन बनाए ।मलेसियाका तर्पmबाट १४ रन एक्सट्रा उपहार भयो ।यसअघि मलेक क्रिकेट मैदान, अज्मानमा, टस जितेर ब्याटिङ गरेको मलेसिया ३५.३ ओभरमा ७२ रन बनाउँदै अलआउट भएको थियो । मलेसियाका लागि मोहम्मद अक्ररम मलिकले सर्वाधिक २६ रन बनाए ।ओपनर हैरिल हरिसनले १२ रन जोडे । पहिलो ओपनर कप्तान सिदार्थ कात्र्तिक राजारत्नम ओपनिङ ओभरको तेस्रो बलमा आकाश चन्दको हातबाट बोल्ड भए । दोस्रो विकेटको लागि हरिसन र मलिकले २८ रनको साझेदारी गरे । यहि नै मलेसियाका लागि बलियो साझेदारी बन्यो ।

छैटौं ब्याटर मा्हम्ममद स्याहिर स्यामिलले १२ रन बनाए । अन्य कुनै ब्याटर दोहोरो अंक बनाउन क्रिजमा टिक्न पाएनन् ।

नेपालका लागि स्पिनर दिपेश कंडेलले १० ओभर बलिङ गर्दै ४ मेडन सहित ११ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । आकाश चन्दले ४.३ ओभर बलिङ गर्दै ९ रन खर्चेर ३ विकेट लिए ।

मिलन बोहराले ९ ओभर बलिङ गर्दै ५ मेडन सहित ८ रन खर्चेर २ विकेट लिए । स्पिनर सुवास भण्डारीले १ विकेट लिए ।

नेपालका लागि यो लगातार चौथो जित हो । अब नेपालले पाँचौं र अन्तिम खेल हालसम्मकै बलियो प्रतिस्पर्धी मानिएको यूएईसँग बिहीबार खेल्नेछ ।

छुटाउनुभयो कि ?

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

काठमाण्डाै – नेपाली कांग्रेसको विशेष महाधिवेशनमा मतदान आज मात्रै हुने भएको छ । यसअघि हिजो राति ९ बजेदेखि मतदान शुरू हुने का...
साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

काठमाण्डौ – साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ पहिलो खेलमा नेपालले श्रीलङ्कासँग बराबरी खेलेको छ । थाइल्यान्डको नन्थाबुरीमा...
कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...