Tag: sanchar

२९ जिल्लामा बाढीको जोखिम

२९ जिल्लामा बाढीको जोखिम

Breaking news 1, ताजा अपडेट, विविध, स्थानीय
काठमाण्डौ – आज बारा, रौतहट, काठमाण्डौ, ललितपुर, भक्तपुर, दोलखा, सिन्धुपाञ्चोक, मकवानपुर, गोरखा, धादिङ, नुवाकोट, सल्यान, रुकुम पूर्व, रुकुम पश्चिममा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै सङ्खुवासभा, सोलुखुम्बु, काभ्रे, कास्की, पर्वत, गोरखा, लमजुङ, म्याग्दी, बाग्लुङ, रोल्पा, प्युठान, जाजरकोट र कालीकोटमा पनि बाढीको जोखिम छ । बाढीको जोखिम भएका जिल्ला तथा आसपासका क्षेत्र भई बहने खोला तथा नदी तटीय क्षेत्रमा आवश्यक सतर्कता अपनाउन महाशाखाको सुझाव छ । आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति मधेश, बागमती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्नसक्ने महाशाखाको अनुमान छ । अहिले देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती, गण्डकी र सुदूरपश्चि...
गुल्मीको धुर्कोटमा पहिरोले अवरुद्ध ग्रामीण सडक पुनः सञ्चालनमा

गुल्मीको धुर्कोटमा पहिरोले अवरुद्ध ग्रामीण सडक पुनः सञ्चालनमा

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
गुल्मी, धुर्कोट — धुर्कोट गाउँपालिका क्षेत्रको बर्बोट–काफलपानी–निन्दुला–किमुखर्क–वाग्ला जोड्ने महत्वपूर्ण ग्रामीण सडक खण्ड पहिरोका कारण केही समयका लागि पूर्ण रूपमा अवरुद्ध भएको थियो। निरन्तर वर्षाले विभिन्न स्थानमा ठूला पहिरो खस्दा आवागमन ठप्प भएको हो। तर हाल स्थानीय तह, प्रहरी र सरोकारवाला निकायको सहकार्यमा पहिरो हटाइ पुनः सडक सञ्चालनमा ल्याइएको नगर प्रहरी प्रमुख भुवन बस्नेतले जानकारी दिनुभयो। उहाँका अनुसार पहिरो पन्छाउने कार्यमा सक्रिय सहभागिता जनाउने सबै पक्षलाई धन्यवाद व्यक्त गरिएको छ। सडक सञ्चालनमा आएपछि स्थानीयवासीलाई आवतजावतमा सहजता मिलेको छ। प्रमुख बस्नेतले बर्खायाममा थप सतर्कता अपनाउन आग्रह गर्दै सडक प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गर्नुभएको छ। उक्त सडक खण्डले धुर्कोट गाउँपालिकाका विभिन्न वडालाई आपसमा जोड्ने महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यसको पुनः सञ्चाल...
रसुवाको बाढीले २३ वटा मालबाहक कन्टेनर र ३५ वटा विद्युतीय गाडी बगायो

रसुवाको बाढीले २३ वटा मालबाहक कन्टेनर र ३५ वटा विद्युतीय गाडी बगायो

Breaking news 1, जीवनशैली, ताजा अपडेट, समाचार
रसुवा : बाढीका कारण रसुवागढी भन्सारको सुक्खा बन्दरगाह बगाउँदा भएको क्षतिको विववरण सार्वजनिक भएको छ। रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार बाढीका कारण २३ वटा मालबाहक कन्टेनर, छ मालवाहक ट्रक र ३५ वटा नयाँ विद्युतीय सवारीसाधन गरी ६४ वटा बगेका छन्।  त्यस्तै बेपत्ता हुनेमा हालसम्म २० जना छन्। तीमध्ये नेपाल प्रहरीका तीन जना, सुक्खा बन्दरगाहमा काम गर्ने छ, डिब्बा चालक पाँच र चिनियाँ नागरिक छ जना रहेका सहायक प्रमुख जिल्ला अधिकारीले जानकारी दिए। बाढीका कारण ड्यामसाइट बगाउँदा १११ मेघावाट क्षमताको रसुवागढी जलविद्युत् केन्द्रको उत्पादन पूर्ण रूपमा बन्द भएको छ। त्यस्तै २० मेघावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्रको तेलरेटरमा बाढीको लोदो पस्दा उत्पादन पूर्ण रूपमा बन्द छ। यसलाई पुनः सञ्चालनका लागि मर्मत कार्य अगाडि बढाइएको पनि जिल्ला प्रशासन कार्यालयले जनाएको छ। माथ...
बुटवलमा स्कूल भ्यान र स्कूटर ठोक्किँदा एक जना गम्भीर घाइते

बुटवलमा स्कूल भ्यान र स्कूटर ठोक्किँदा एक जना गम्भीर घाइते

Breaking news 2
रूपन्देही ,असार १५ बुटवल , उपमहानगरपालिका-११, देवीनगर भुवनसिंह मार्गमा आज भएको सवारी दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्। अल्ट्रीजम केयर सेन्टर योगिकुटीको स्कूल भ्यान (लु १ ज २४२७) र स्कूटर (लु १३ प २३३३) एकआपसमा ठोक्किँदा स्कूटर चालक गम्भीर घाइते भएका हुन्।स्थानीयका अनुसार दुबै सवारी साधन तीव्र गतिमा थिए। दुर्घटना लगत्तै घाइतेलाई तत्काल अस्पताल लगिएको छ, तर घाइतेको नाम र थप विवरण खुल्न बाँकी छ। प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ।यस्ता दुर्घटना कम गर्न सवारी चालकहरूलाई गति नियन्त्रण गर्न र सावधानी अपनाउन स्थानीयले आग्रह गरेका छन्। ...
शेयर बजार लगातार तेस्रो दिन घट्यो, कारोबार रकम भने बढ्यो

शेयर बजार लगातार तेस्रो दिन घट्यो, कारोबार रकम भने बढ्यो

Breaking news 1, ताजा अपडेट
काठमाण्डाै – शेयर बजार लगातार तेस्रो कारोबार दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ८ दशमलव १४ अङ्कले घटेर २ हजार ६ सय २३ दशमलव ८३ विन्दुमा झरेको छ । शेयर बजार हिजो १५ र अस्ति १४ अङ्कले घटेको थियो ।आज जलविद्युत्, माइक्रोफाइनान्स, म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स र अन्य समूहको शेयर १ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । आज भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन समाज लघुवित्त, नेपाल माइक्रो इन्सुरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ । आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो ७ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ३ सय १४ वटा कम्पनीका २ करोड ४६ लाख कित्ता शेयर ९ अर्ब ३७ करोड रुपैयाँमा किनबेच भएको छ । ...
१९औं लोकतन्त्र दिवस : दुई दशकमा महत्त्वपूर्ण उपलब्धि, तर निराशा कायमै

१९औं लोकतन्त्र दिवस : दुई दशकमा महत्त्वपूर्ण उपलब्धि, तर निराशा कायमै

Breaking news 1, ताजा अपडेट, समाचार
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 100 काठमाण्डौ – आज १९औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले आन्दोलनरत दलहरुको मार्गचित्र बमोजिम २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थापना गरेकाले नागरिकको जीत भएको खुशीयालीमा २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो । २०६१ साल माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन नेकपा माओवादीबीच १२ बुँदे समझदारी भएको थियो । २०६२ साल मङ्सिरमा १२ बुँदे समझदारी भएपछि जनआन्दोलनले गति लिएको थियो । आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा ज्ञानेन्द्र शाहले वैशाख ११ गते राति संसद पुनर्स्थापनाको घोषणा गर्नुभयो । २०६३ जेठ ४ गतेको संसद्ले राजाको अधिकार कटौती गर्न सफल भयो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई ...
पत्रकार महासंघ रुपन्देहीले विहिबार मिडिया मन्थन गर्दै

पत्रकार महासंघ रुपन्देहीले विहिबार मिडिया मन्थन गर्दै

Breaking news 1, ताजा अपडेट, विविध, समाचार
बुटवल / नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा बुटवलमा मिडिया मन्थन हुने भएको छ। विहिबारका लागि आयोजना गरिएको उक्त कार्यक्रममा सञ्चार क्षेत्रको विभिन्न विषयमा चारवटा सेसनमा प्यानल छलफल गर्ने तयारी भएको महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले जानकारी दिए। मिडिया मन्थनमा पत्रकारहरुको पेशागत सुरक्षा विषयमा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषी चौलागाई, महासंघ रुपन्देही शाखा अध्यक्ष दिनेश पाण्डे, लुम्बिनी प्रेस क्लबका संस्थापक अध्यक्ष माधब ढुङ्गाना प्यानलिस्ट तथा पत्रकार भवानी पाण्डे सहजकर्ताको रुपमा रहने छन्।  यसैगरी कसका समाचार कस्ता समाचार विषयमा थाहाखबरका सम्पादक तीर्थ कोइराला, बाह्रखरीका विशेष सम्पादक हरिबहादुर थापा, लुम्बिनी दैनिकका सम्पादक शेर बहादुर के.सी र लुम्बिनी टेलिभिजनका समाचार प्रमुख भगवती पा...
कङ्गोमा डुङ्गामा आगलागी हुँदा एक सय ४३ जनाको ज्यान गयो

कङ्गोमा डुङ्गामा आगलागी हुँदा एक सय ४३ जनाको ज्यान गयो

Breaking news 1, ताजा अपडेट, समाचार, स्थानीय
डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गोमा इन्धन बोकेको डुङ्गामा आगलागी हुँदा कम्तीमा एक सय ४३ जनाले ज्यान गुमाएका छन् । अझै धेरैजना बेपत्ता रहेका स्थानीय प्रहरीलाई उद्धृत गर्दै समाचारसंस्था एएफपीले जनाएको छ । यो दुर्घटना इक्वेटोर प्रान्तको राजधानी म्बान्डाका नजिकै, विश्वकै सबैभन्दा गहिरो र विशाल कङ्गो नदीको सङ्गमस्थलमा भएको हो । केही व्यक्तिको आगोमा जलेर र केहीको डुबेर ज्यान गएको पुष्टि भएको छ । डुङ्गामा खाना पकाउने क्रममा लागेको आगो इन्धनमा फैलिँदा ठूलो विस्फोट भई आगलागी भएको बताइएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा डुङ्गाबाट आगो सल्किरहेको र धुवाँ निस्किरहेको देखिन्छ ।  ...
गुल्मीको तम्घासमा  महोत्सव सुरु

गुल्मीको तम्घासमा  महोत्सव सुरु

Breaking news 2, ताजा अपडेट, समाचार, स्थानीय
गुल्मी, तम्घास – कृषि, पर्यटन, उद्योग र व्यापारको प्रवर्द्धन गर्ने उद्देश्यले गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा गुल्मी महोत्सव २०८१ सुरु भएको छ। “गुल्मी जिल्लाको समृद्धिको आधार : कृषि, पर्यटन, उद्योग र व्यापार” भन्ने नाराका साथ गुल्मी चेम्बर अफ कमर्सको आयोजनामा सुरु भएको महोत्सव वैशाख १७ गतेसम्म सञ्चालन हुने छ। महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका सांसद डिल्लीराज भुसालले गरेका हुन्। उद्घाटन अवसरमा सदरमुकाम तम्घासमा विभिन्न संघ–संस्थाहरूले सांस्कृतिक झाँकी र र्याली प्रस्तुत गरेका थिए। महोत्सवमा गुल्मी जिल्लाको विभिन्न जातीय परिकार, सांस्कृतिक झाँकी, तथा औद्योगिक क्षेत्रबाट उत्पादित सामग्रीहरू प्रदर्शनमा राखिएका छन्। साथै जिल्लामा उत्पादन हुने कृषिजन्य सामग्री, मनोरञ्जनात्मक सामाग्री तथा बिक्री वितरणका लागि तीन सयवटा स्टल राखिएको छ। महोत्सव अवधिभर लोकप्रिय कलाकार, इन्द्रेणी टिमस...
सरकारले कर्मथलोमा फर्किन आग्रह गरे पनि शिक्षकहरुकाे आन्दोलन निरन्तर रहने

सरकारले कर्मथलोमा फर्किन आग्रह गरे पनि शिक्षकहरुकाे आन्दोलन निरन्तर रहने

Breaking news 1, ताजा अपडेट, समाचार
तस्बिरः रासस काठमाण्डौ – नेपाल शिक्षक महासङ्घले शिक्षकहरुको आन्दोलन निरन्तर रहने जनाएको छ । महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन निर्णायक मोडमा आइपुगेको तर आफूहरूले उठाएका मागप्रति सरकार अझै पनि अनुदार रहेको भन्दै आन्दोलन नरोकिने बताउनुभएको छ । उहाँले आज पनि हिजोअस्ति जस्तै माइतीघरमा दिउँसो १२ बजे शिक्षकहरु भेला भएर विरोध प्रदर्शन गर्ने सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ । यसअघि सरकारसँग भएका सहमति कार्यान्वयन गर्नुपर्ने, विद्यालय शिक्षा विधेयक छिटोभन्दा छिटो पारित गर्नुपर्नेलगायतका माग राखेर देशभरका शिक्षकहरुले १५ दिनदेखि काठमाण्डौ केन्द्रित आन्दोलन गरिरहेका छन् । उनीहरूले एसईईको उत्तरपुस्तिका जाँच,  कक्षा १२ को परीक्षा र नयाँ भर्ना अभियानसमेत बहिस्कार गरेका छन् । यसअघि हिजो बेलुका बसेको मन्त्रिपरिषद् बैठकले विद्यालय शिक्षा विधेयक पारित गर्ने प्रतिबद्धता ...