Tag: sanchar

भारतमा दुर्घटनाग्रस्त बसमा आगलागी हुदाँ जलेर २५ यात्रीकाे मृत्यु

भारतमा दुर्घटनाग्रस्त बसमा आगलागी हुदाँ जलेर २५ यात्रीकाे मृत्यु

ताजा अपडेट, विदेश, समाचार
मुम्बई। भारतको महाराष्ट्रमा शनिबार राति एउटा भयानक दुर्घटना भएको छ । बुलढानामा यवतमालबाट पुणे जाँदै गरेको बस दुर्घटनामा पर्दा २५ जनाको मृत्यु भएको छ । प्राप्त जानकारी अनुसार समृद्धि महामार्ग एक्सप्रेस वेमा बुलढाना नजिक बस पल्टिँदा ठूलो आगो लागेको थियो । बुलढाना प्रहरीका डेपुटी एसपी बाबुराव महामुनीका अनुसार बसमा ३३ जना सवार थिए । जसमध्ये २५ जनाको आगलागीका कारण घटनास्थलमा नै  मृत्यु भएको थियो । सोही क्रममा अन्य व्यक्तिलाई अस्पतालमा भर्ना गरिएको छ । बुलढाना प्रहरीका डिएसपी बाबुराव महामुनीले यसबारे जानकारी दिएका छन् । घटना शुक्रबार राति करिब २ बजे भएको उनले बताए । बसबाट २५ जनाको शव निकालिएको छ । बसमा जम्मा ३२ जना सवार थिए । छ देखि आठ जना घाइते भएका छन् । घाइतेहरुको बुलढाना सिभिल अस्पतालमा उपचार भइरहेको छ । यसैबीच, बुलढानाका एसपी सुनिल कडासेनले बसमा ३३ जना सवार थिए, जसमध्ये २५ जनाको ...
तिनाउ नदीमा जलसतर्कता तह पार गर्ने चेतावनी,  सचेत रहन आग्रह

तिनाउ नदीमा जलसतर्कता तह पार गर्ने चेतावनी, सचेत रहन आग्रह

Breaking news 1, ताजा अपडेट, माैसम, स्थानीय
१६ असार बुटवल । रुपन्देही, पाल्पा लगायत आसपासका जिल्लामा निरन्तरको वर्षासँगै तिनाउ नदीमा जलसतले सतर्कता तह पार गर्ने चेतावनी दिइएको छ । बाढी मापदन केन्द्र बुटवलले सुचना जारी गर्दै पछिल्लो ३ घन्टा तिनाउ जलाधारको बुटवल, पाल्पा र आसपासका क्षेत्रमा ठूलो वर्षा भई तटिय क्षेत्रमा बाढीको जोखिम बढेको छ । तिनाउ नदीका तटिय क्षेत्र र आसपास डुबान हुन सक्ने होचा स्थानमा हुनेहरू दिउँसो ३ बजे सम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । यसैगरी नवलपरासीको देउराली र आसपासको क्षेत्रमा पछिल्लो ३ घण्टामा भारी वर्षा मापन भएको छ। विनयी लगायत स साना खोलाहरूको बहाव बढ्ने बताइएको छ । नदी तटीय क्षेत्र र यात्रामा निस्किनेहरूले सतर्कता अपनाउन आग्रह गरिएको छ। ...
गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

Breaking news 1, माैसम, समाचार, समाज, स्थानीय
काठमाण्डाै – आज तीन वटा प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित ठूलो पानी पर्ने सम्भावना छ । अहिले नवलपुर क्षेत्र आसपासका खोलामा बाढीको जोखिम छ । यी तीन वटा प्रदेशको तराई क्षेत्रमा आज हावाहुरीको पनि सम्भावना छ । ठूलो पानीका कारण सडक पहिरोले अवरुद्ध हुनसक्ने भएकाले यात्रामा सर्तकता अपनाउन तथा बाढी, चट्याङ्ग र हावाहुरी कारण हुन सक्ने जोखिम वा क्षतिबाट जोगिन सावधानी अपनाउन पनि महाशाखाको अनुरोध छ । आज देशभरको मौसम बदली रहने महाशाखाले जनाएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा पानी पर्ने तथा बाँकी कोशी, मधेश र बाग्मती प्रदेशका केही ठाउँमा पनि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । ...
मनसुन सक्रिय : बाढी पहिरोको जोखिम, धेरैजसो ठाउँमा राति ठूलो पानी पर्ने

मनसुन सक्रिय : बाढी पहिरोको जोखिम, धेरैजसो ठाउँमा राति ठूलो पानी पर्ने

Breaking news 2, ताजा अपडेट, स्थानीय
काठमाण्डाै – आज शुक्रवार देशका धेरैजसो ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । गएको जेठ अन्तिमदेखि मध्य र पूर्वी क्षेत्रमा मात्रै लगातार पानी पर्ने गरेकोमा आज सबैजसो क्षेत्रमा पानी पर्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार पश्चिमी क्षेत्रमा पनि मनसुन अनुकूल वातावरण बनेको छ । दिउँसोसम्ममा पश्चिमी क्षेत्रमा मनसुन प्रवेश गर्ने अनुमान छ । आज दिउँसो कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो र अन्य ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् कँडेलले बताउनुभयो । राति भने धेरै ठाउँमा पानी पर्ने अनुमान छ । राति कोशी, मधेस, बाग्मती, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका थोरै तथा लुम्बिनी र कर्णाली प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । मौसमविद्का अनुसार मनसुन सक्रिय भएको छ । धेरै ठाउँमा मध्यम र केही ठाउँ...
फिल्म हलबाट नगर प्रहरी फिर्ता

फिल्म हलबाट नगर प्रहरी फिर्ता

Breaking news 1, ताजा अपडेट
८ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले फिल्म हलहरुबाट नगर प्रहरी फिर्ता गरेको छ । हिजो हलहरुमा १०/१० जना नगर प्रहरी खटाएर हिन्दी फिल्म रोक्न आदेश दिएको महानगरले आज बिहान आठ बजे सबै नगर प्रहरी फिर्ता बोलाएको हो । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले भने, ‘नेपाली जनताले बहिष्कार गरेपछि हामी हलमा फिल्म बन्द गर्न बस्नै परेन, त्यही भएर हलमा गएका नगर प्रहरी फिर्ता भएका हुन् ।’ मेयर बालेन शाहले हिन्दी फिल्म आदिपुरुषमा सीताको बारेमा विवादास्पद संवाद राखेको भन्दै सबै हिन्दी फिल्म चलाउन रोक लगाएका थिए । तर उच्च अदालत पाटनले बिहीबार भारतीय चलचित्र लगायत सेन्सर बोर्डले स्वीकृत गरेका चलचित्रको प्रदर्शन नरोक्न अन्तरिम आदेश दिएको थियो । ...

नेपालले आज फिलिपिन्ससँग मैत्रीपूर्ण फुटबल खेल्दै, साफअघि कमजोरी सुधार्ने मौका

Breaking news 2, ताजा अपडेट
३२ जेठ, काठमाडौं । नेपालले आज फिलिपिन्ससँग मैत्रीपूर्ण फुटबल खेल्दैछ । नेपाली समय अनुसार साँझ पौने पाँच बजे फिलिपिन्सको राजधानी मनिलामा मैत्रीपूर्ण फुटबल खेल हुन लागेको हो ।साफ च्याम्पियनपसिप अघिको यो अभ्यास खेल नेपालका लागि कमजोरी सुधारको मौका हुने विश्वास छ । साफ गेम आगामी असार ६ गतेदेखि भारतमा सुरु हुँदैछ । फिलिपिन्ससँग अभ्यास खेल खेलेपछि नेपाली टोली साफ खेल खेल्न सिधै भारतको बेंग्लोर जाने छ ।साफ खेलको समूह ‘ए’ मा नेपाल, भारत, पाकिस्तान र कुवेत छन् भने समूह ‘बी’ मा माल्दिभ्स, भुटान, लेबनान र बंगलादेश छन् । ...
इच्छा विपरीत न्यायाधीश बनें, इमान कायम राखेको छु : कार्की

इच्छा विपरीत न्यायाधीश बनें, इमान कायम राखेको छु : कार्की

Breaking news 1
३२ जेठ, काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आफू इच्छा विपरीत सर्वोच्चको न्यायायाधीश नियुक्त भएको बताएका छन् । तत्कालीन प्रधान्यायाधीशसमेतको आग्रहमा आफू सर्वोच्चको न्यायाधीश नियुक्त भएको र अहिले परिस्थितिबस कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेको उनले बताए । आज बिहानको संसदीय सुनुवाइ समितिको बैठकमा उनले सो धारणा राखेका हुन् । ‘सर्वोच्च अदालतको न्यायाधीश बन्ने अवसर अयो । त्यतिबेला मेरो आफ्नो इच्छा थिएन । तत्कालीन प्रधानन्यायाधीश ज्यूले आउनुस् बाहिर बसेर मात्र हुँदैन भन्नुभयो । त्यसपछि मैले त्यसलाई सहर्ष स्वीकार गरें’ उनले भने ।अहिले परिस्थितिबस र सौभाग्यबस आफू आठ महिनायता कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेको उनले बताए ।२०७२ साल फागुन १८ गते न्यायाधीशमा सिफारिस भएको र २०७३ साउन १७ गतेमात्र न्यायाधीश बनेको कार्कीले जानकारी गराए । २०४० सालमा कानु...
मिस नेपाल २०२३ को उपाधि श्रीच्छा प्रधानलाई

मिस नेपाल २०२३ को उपाधि श्रीच्छा प्रधानलाई

Breaking news 1, ताजा अपडेट, राेचक जानकरी, समाचार
काठमाडौं । मिस नेपाल वर्ल्ड २०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । शनिबार गोदावरीस्थित सनराइज सम्मेलन हलमा आयोजित ग्राण्ड फिनालेमा उनले ताज पहिरिइन् । अघिल्लो वर्षकी मिस नेपाल प्रियंकारानी जोशीले उनलाई ताज लगाइदिएकी थिइन् । फिनालेमा प्रसिद्धी शाहले मिस नेपाल इन्टरनेशनल र रैना मजगैयाँले मिस नेपाल अर्थको उपाधि जिते । समारोहमा १२ सहविधाका विजेता समेत घोषणा गरियो । मिस नेपाल विजेता प्रधान काठमाडौंकी स्थायी बासिन्दा तथा वातावरण विज्ञानमा स्नातक अध्ययनरत हुन् । उनी आफूलाई वातावरण अभियन्ताको रुपमा चिनाउँछिन् । २३ वर्षीया श्रीच्छाले फेस अफ द इयर र मिस डीएचआईको सहविधा समेत जितिन् । जसमा मिस पपुलर च्वाइस प्रसिद्धी शाह, ऐश्वर्या श्रेष्ठ मिस फिटनेस क्विन र मिस इन्टलेक्चुअल, ग्रिष्मा अधिकारी मिस ग्ल्यामर, मिस कन्फिडेन्ट प्रज्ञा बज्राचार्य, मिस हेल्दी स्किन रायना मजगैयाँ, मिस मल्टिमि...
लुम्बिनीका मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिंदै

लुम्बिनीका मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिंदै

ताजा अपडेट, समाचार, स्थानीय
११ वैशाख, दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज विश्वासको मत लिँदै छन् । उनले विश्वासको मत नपाउने भने निश्चित छ । उनले विश्वासको मत लिनका लागि आज बिहान ११ बजे प्रदेशसभाको बैठक बोलाइएको छ ।एमालेबाट मुख्यमन्त्री बनेका गिरी नेतृत्वको सरकारलाई दिएको समर्थन माओवादी केन्द्र लगायतका दलले फिर्ता लिएपछि मुख्यमन्त्री गिरीले पुनः विश्वासको मत लिन लागेका हुन् । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिने व्यवस्था छ । सोही बाध्यात्मक व्यवस्था अनुसार मुख्यमन्त्री गिरिले विश्वासको मत लिन लागेका हुन् ।८७ सांसद रहेको लुम्बिनीमा बहुमतका लागि ४४ मत आवश्यक पर्छ । तर एमालेका २९ र राप्रपाका ४ सांसदले मात्रै सरकारलाई समर्थन गरेका छन् । यो अंकगणित अनुसार एमालेका मुख्यमन्त्रीले गिरीले ३३ मतमात्रै पाउने देखिन्छ । सरकार टिकाउन आवश्यक ४४ मत पुर्याउन नस...
बारामा सर्वदलीय बैठक सकियो, मतगणना सुरु गर्ने तयारी

बारामा सर्वदलीय बैठक सकियो, मतगणना सुरु गर्ने तयारी

Breaking news 2, ताजा अपडेट, समाचार, स्थानीय
११ वैशाख, काठमाडौं । बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना केहीबेरमा सुरु हुँदै छ । सर्बदलीय बैठक सकिएको छ र बैठकले गणना सुरु गर्ने निर्णय गरेको छ । मत गणना शैक्षिक तालिम केन्द्रमा हुनेछ ।बारा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, रास्वपाका रमेश खरेल उम्मेदवार छन् ।चितवन-२ मा भने सर्बदलीय बैठक बस्न नसक्दा मत गणना अनिश्चित भएको छ । ...