मिस नेपाल २०२३ को उपाधि श्रीच्छा प्रधानलाई


काठमाडौं । मिस नेपाल वर्ल्ड २०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । शनिबार गोदावरीस्थित सनराइज सम्मेलन हलमा आयोजित ग्राण्ड फिनालेमा उनले ताज पहिरिइन् ।

अघिल्लो वर्षकी मिस नेपाल प्रियंकारानी जोशीले उनलाई ताज लगाइदिएकी थिइन् । फिनालेमा प्रसिद्धी शाहले मिस नेपाल इन्टरनेशनल र रैना मजगैयाँले मिस नेपाल अर्थको उपाधि जिते । समारोहमा १२ सहविधाका विजेता समेत घोषणा गरियो ।

मिस नेपाल विजेता प्रधान काठमाडौंकी स्थायी बासिन्दा तथा वातावरण विज्ञानमा स्नातक अध्ययनरत हुन् । उनी आफूलाई वातावरण अभियन्ताको रुपमा चिनाउँछिन् । २३ वर्षीया श्रीच्छाले फेस अफ द इयर र मिस डीएचआईको सहविधा समेत जितिन् ।

जसमा मिस पपुलर च्वाइस प्रसिद्धी शाह, ऐश्वर्या श्रेष्ठ मिस फिटनेस क्विन र मिस इन्टलेक्चुअल, ग्रिष्मा अधिकारी मिस ग्ल्यामर, मिस कन्फिडेन्ट प्रज्ञा बज्राचार्य, मिस हेल्दी स्किन रायना मजगैयाँ, मिस मल्टिमिडिया सुहानी खड्का क्षेत्री, फेस अफ द इयर र मिस डीएचआई श्रीच्छा प्रधान, वुमन विथ द विंग्स उन्नती गुरुङ, मिस फोटोजेनिक कीर्तिक खड्का, मिस ब्यूटी विथ द पर्पस आयुष्मा बराल घोषित भए ।

भव्य फिनाले समारोहमा नेपाली रकस्टार अभया सुब्बाले एकल गायन प्रस्तुत गरिन् भने अन्य मनोरञ्जनात्मक कार्यक्रम समेत प्रस्तुत गरियो । ‘आज किन’ बोलको गीत गाउँदै अभयाले गीत प्रस्तुत गरिन् । उनको गायकीमा प्रतिस्पर्धीले पनि नृत्य गरेका थिए ।

समारोहमा नेपाली फेसन, फिल्म र संगीत क्षेत्रका सेलिव्रिटीको बाक्लो उपस्थिति थियो । २४ जना सेमिफाइनलिस्ट सुन्दरीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।

फिनालेका ११ जना निर्णायकमा पत्रकार दिलभूषण पाठक, क्रिकेटर ज्ञानेन्द्र मल्ल, होटल एसोसिएसन नेपालका अध्यक्ष विनायक शाह, सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्य, अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठ, नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधान, मिस नेपाल वर्ल्ड –२०२० नम्रता श्रेष्ठ, मिस नेपाल अर्थ–२०१७ रोजिना श्रेष्ठ, अब्सोल्युट एस्थेटिक क्लिनिककी निर्देशक सुरुजना श्रेष्ठ, अभिनेत्री आँचल शर्मा र महिला उद्यम व्यवसायी महासंघकी अध्यक्ष नीरु रायमाझी थिए ।

मिस नेपालको आयोजना द हिडन ट्रेजरले वर्षेनि गर्छ । यस वर्ष नयाँ मिस नेपाल आए पनि आगामी विश्व सुन्दरी प्रतियोगितामा मिस नेपाल २०२२ प्रियंकारानी जोशीले नै सहभागिता जनाउने भएकी छन् ।

नयाँ मिस नेपाललाई अर्को वर्षको मिस वर्ल्डमा पठाइने भएको छ । यस वर्षको विश्व सुन्दरी प्रतियोगिता दुबईमा हुने भनिए पनि अहिले अनिश्चितकालका लागि रोकिएको छ । यस वर्षदेखि हिडन ट्रेजरले मिस नेपाल नर्थ अमेरिका, अष्ट्रेलिया ओसियाना, हङकङ र युरोपसँग पनि सहकार्य गरेको छ ।

छुटाउनुभयो कि ?

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

काठमाडौंगृहमन्त्री ओमप्रकाश अर्यालले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका छन् ।आम निर्वाचनको तयारीबारे जानकारी लिन ओखलढुङ...
सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै भएको ब...
किन मनाइन्छ मगर दिवस ?

किन मनाइन्छ मगर दिवस ?

ललित बुढा मगरवर्तमान अवस्थालाई चित्रण गर्दा नेपाली जनता धेरै कुराले अधिकार सम्पन्न छन् । विभिन जात जाती, भाषा, धर्म, लिङ्ग आद...
भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

बुटवलनेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भड्किला र उत्तेजक भाषणले मात्रै देश नबन्ने बताएका छन् । बुटवलमा शुक्रबार आयोजित...