समाज

प्रमुख नेताहरू घरबारविहीन, पार्टी कार्यालय खरानी

प्रमुख नेताहरू घरबारविहीन, पार्टी कार्यालय खरानी

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौं भदौ २३ मा जेन–जी आन्दोलनकारीमाथि भएको सरकारी दमनको प्रतिशोधमा देशभर फैलिएको उग्र प्रदर्शनले राजनीतिक नेतृत्व र संरचना तहसनहस बनाएको छ। प्रदर्शनकारीको आक्रोशको मुख्य निसाना सरकारी भवनहरू मात्र नभई प्रमुख राजनीतिक दलहरूका शीर्ष नेता र पार्टी कार्यालयहरू पनि बने। भदौ २४ गते राजधानी काठमाडौंसहित देशभर एकैसाथ भएको आगजनी र तोडफोडमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरूका घर र पार्टी कार्यालयहरू पूर्णरूपमा ध्वस्त भएका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा आगजनी हुँदा घर पूर्ण रूपमा नष्ट भएको छ। देउवा र उनकी श्रीमती, निवर्तमान परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, दुवै गम्भीर घाइते छन् र हाल उपचाररत छन्। महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माका काठमाडौं र झापास्थित घरहरू पूर्ण रूपमा ध्वस्त...
भैरहवा भन्सार कार्यालयले टेन्ट राखेर सुरु गर्‍यो नियमित काम

भैरहवा भन्सार कार्यालयले टेन्ट राखेर सुरु गर्‍यो नियमित काम

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
रुपन्देहीजेनजी आन्दोलनका कारण आगजनी र तोडफोडबाट क्षति बेहोरेको देशकै ठुलाे भैरहवा भन्सार कार्यालयले अस्थायी संरचना बनाएर सेवा सञ्चालन सुरु गरेको छ । कार्यालय भवनमा क्षति भएपछि कर्मचारीहरूले टेन्ट (पाल) टाँगेर जाँचपास लगायतका कामहरू संचालन गरेका हुन् ।जेन जी आन्दोलनका क्रममा भदौ २४ गते भन्सार कार्यालयको यात्री कक्ष, प्रशासनिक भवन र वाणिज्य बैँकको भवन जलेका थिए । आन्दोलनका कारण बन्द भएको भैरहवा भन्सार कार्यालयले अत्यावश्यक बस्तुको आयात र निर्यात सुचारु गर्न टेन्ट टाँगेर कामकाे सुरुवात गरेको भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी नरेन्द्र चौधरीले बताएका छन ।उनले भन्सार जाँचपासको काम हामीले टेन्ट टाँगेर सुरु गरेका छौँ, अन्य प्रशासनिक काम सुरु गर्न केही समय लाग्न सक्छ ।’भैरहवा भन्सार कार्यालयको कार्यालय भवन क्षतिसँगै कागजपत्रहरू पनि जलेका छन् । अब प्रमुख जिल्ला अधिकारीसँगकाे छलफल पछि प्रशा...
महान्यायाधिवक्ता रमेश बडालले दिए राजीनामा

महान्यायाधिवक्ता रमेश बडालले दिए राजीनामा

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौँ महान्यायाधिवक्ता रमेश बडालले भदौ २४ गते पदबाट राजीनामा दिएका छन् । यसबारे जानकारी महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता सहमहान्यायाधिवक्ता उद्धवप्रसाद पुडासैनीले आइतबार दिएको जानकारीमा पुष्टि गरिएको छ ।पुडासैनीका अनुसार, बडालले राजीनामा दिएको सूचना राष्ट्रपति कार्यालयमार्फत महान्यायाधिवक्ताको कार्यालयमा आइपुगेको हो । बडाललाई निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले २०८१ साउन २ गते महान्यायाधिवक्तामा नियुक्त गरेका थिए । ...
आज मन्त्रिपरिषद् विस्तार हुँदै

आज मन्त्रिपरिषद् विस्तार हुँदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौं अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज (आइतबार) मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छन् । शुक्रबार शपथ लिएकी कार्कीले आवश्यक छलफलपछि आज सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी हुन् । जेनजी पुस्ताको भोटिङबाटै कार्कीलाई प्रधानमन्त्री बनाउने निर्णय भएको थियो । प्रधानमन्त्री जस्तै मन्त्री चयन पनि भोटिङकै आधारमा गर्ने तयारीमा जेन्जीहरू छन् । राजनीतिक दलमा संलग्न भएको भन्दा बाहिरैबाट मन्त्री चयन गर्ने तयारी उनीहरूको छ । ...
जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ५५ पुग्यो

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ५५ पुग्यो

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौं जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ५५ पुगेको छ। यही भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा घाइते भएका थप चार जनाको पनि मुत्यु भएको नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेले जानकारी दिएका छन्।आन्दोलनमा जेनजी युवा, प्रहरी, कैदी र सर्वसाधारण गरेर कुल ५५ जनाको मृत्यु भएको हो। जेनजीतर्फ २१ जना, कैदी नौजना, नेपाल प्रहरीका सहायक निरीक्षकसहित तीन जनाको आन्दोलनको क्रममा मृत्यु भएको घिमिरेले जानकारी दिए।आन्दोलनका क्रममा १८ जनाको भने आगलागीमा परेर, करेन्ट लागेर मृत्यु भएको हो। कतिपय घाइतेको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान प्रहरीको छ। जेनजी आन्दोलनमा एकजना भारतीय नागरिकको पनि मृत्यु भएको छ। ...
प्रधानमन्त्रीसमक्ष आन्दोलनका घाइतेले भने- हाम्रो योगदान खेर नजाओस्

प्रधानमन्त्रीसमक्ष आन्दोलनका घाइतेले भने- हाम्रो योगदान खेर नजाओस्

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौंप्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनमा घाइते भई मीनभवनस्थित निजामती अस्पतालमा उपचाररत युवालाई भेटेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन्। प्रधानमन्त्री कार्कीले आज अपराह्न उक्त अस्पतालमा उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको अस्पतालका कार्यकारी निर्देशक प्राडा मोहनचन्द्र रेग्मीले जानकारी दिए। ‘प्रधानमन्त्रीले घाइतेको स्वास्थ्य स्थितिबारे जानकारी लिनुभयो। त्यस क्रममा उहाँहरूले आफ्नो स्वास्थ्यबारे प्रधानमन्त्रीलाई जानकारी गराउँदै आफूले देशका लागि दिएको बलिदान खेर नजाओस्, प्रधानमन्त्रीले देशलाई निकास दिनुपर्छ। पुनःअर्को पुस्ताले आन्दोलन गर्नु नपरोस् भन्नुभयो,’ डा. रेग्मीले भने। प्रधानमन्त्री कार्कीले मुलुकको अवस्था परिवर्तन गर्न हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन्।कार्यकारी निर्देशक रेग्मीका अनुसार गत सोमबार यता चार सय...
जेनजी आन्दोलनका क्रममा चोरीमा संलग्न शिक्षकलाई कालिकाले गर्‍यो निष्कासन

जेनजी आन्दोलनका क्रममा चोरीमा संलग्न शिक्षकलाई कालिकाले गर्‍यो निष्कासन

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलजेनजीहरूको आन्दोलनको क्रममा भएको तोडफोड र लुटपाटमा संलग्न शिक्षकलाई कालिका मानवज्ञान माविले निष्कासन गरेको छ। भदौ २४ गते जेनजीहरूले गरेको प्रदर्शनपछि भएको तोडफोड र लुटपाटमा संलग्न भएको भन्दै शिक्षक शिवशङ्कर शुक्लालाई विद्यालयले निष्कासन गरेको हो। विद्यालयले विज्ञप्ति जारी गर्दै भदौ २४ गते भएको जेनजीहरूको प्रदर्शनको क्रममा शिक्षक शुक्लाले बुटवलको सुख्खानगरस्थित भाटभटेनी सुपर मार्केटबाट आइस्क्रिम चोरी गरेको तस्बिर सार्वजनिक भएको थियो। कपिलवस्तु घर भएका शुक्लाले विद्यालयमा कम्प्युटर विषय पढाउँदै आएका थिए।शुक्लाले विद्यालयको आचरण संहिता तथा नियम विपरीत कार्य गरेको ठहरिएकाले शनिबारदेखि नै लागू हुने गरी विद्यालयबाट हटाइएको विद्यालयका प्रधानाध्यापक दिनेश थापाले जानकारी दिएका छन्। ...
रवि लामिछाने फर्किए नख्खु कारागार

रवि लामिछाने फर्किए नख्खु कारागार

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
बुटवल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुनः कारागार फर्केका छन् । केही दिनअघि जेनजी आन्दोलनका क्रममा रिहा भएका उनले आज स्वैच्छिक गिरफ्तारी दिएका हुन् । रविलाई रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले कारागारसम्म साथ दिए। जानुअघि रविले फेसबुक लाइभमा बोल्दै आफ्नो जन्मदिनमा कारागार जान लागेको बताएका थिए । आफ्नो कारणले देशभरका कैदीहरु जेलबाट भागेको भनेर बदनाम गर्न खोजिएको रविको गुनासो छ । ...
प्रधानमन्त्री सुशीला कार्कीको न्यायालयदेखि सिंहदरवारसम्मको ऐतिहासिक यात्रा

प्रधानमन्त्री सुशीला कार्कीको न्यायालयदेखि सिंहदरवारसम्मको ऐतिहासिक यात्रा

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँ नेपालले पहिलोपटक महिला प्रधानन्यायाधीश पाएको दिन इतिहास पल्टिएको थियो। त्यतिबेला यो पदमा पुगेकी थिइन् – सुशीला कार्की। आज, न्यायपालिकाको सर्वोच्च पद सम्हालेको आठ वर्षपछि, उनी फेरि अर्को “पहिलो” बन्ने क्रममा छिन्—मुलुकको कार्यकारी प्रमुख बन्ने पहिलो महिला।२००९ जेठ २५ गते मोरङको शंखरपुरमा किसान परिवारमा जन्मेकी कार्की सात सन्तानमध्ये जेठी हुन्। विराटनगरमै हुर्किएकी उनले बाल्यकालदेखि नै प्रजातान्त्रिक आन्दोलन र बीपी कोइरालाको परिवारसँग निकटता कायम गरिन्। २०२८ सालमा महेन्द्र मोरङ कलेजबाट बीए र २०३१ मा बनारस हिन्दु विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेकी कार्कीले त्यहीँ अध्ययनकै क्रममा काँग्रेस नेता दुर्गा सुवेदीसँग विवाह गरिन्। कानुन व्यवसाय र अध्यापन २०३४ सालमा त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक गरेपछि उनले विराटनगरमा वकिल पेशा सुरु गरिन्। निडर, हक...
भयाे संसद विघठन, फागुन २१ गतेका लागि ताेकियाे चुनाव

भयाे संसद विघठन, फागुन २१ गतेका लागि ताेकियाे चुनाव

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौं अन्नत: संसद विघठन भएकाे छ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसका आधारमा प्रतिनिधिसभा विघटनको निर्णय गरेका छन् । आजै मात्रै प्रधानमन्त्री नियुक्त भएकी कार्कीले आफ्नो पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेकी थिइन् । कार्कीले गरेको विघटनको सिफारिस राष्ट्रपति रामचन्द्र पौडेलले सदर गरेका छन् ।त्यस्तै, फागुन २१ गतेका लागि चुनावको मिति ताेकिएको छ । प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपतिले चुनावको मिति घोषणा गरेका हुन् । ...