राजनीति

लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन आजदेखि

लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन आजदेखि

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
बुटवल लुम्बिनी प्रदेश सभाको छैटौं अधिवेशनको पहिलो बैठक आज दिउँसो १ बजे बस्दैछ । प्रदेश सभाका सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेश सरकारको मन्त्रिपरिषद्ले वैशाख ३१ गतेका लागि प्रदेश सभाको छैटौँ अधिवेशनको बैठक आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । सरकारको सिफारिस अनुसार प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले आह्वान गरेअनुसार बैठक बस्न लागेको हो । पहिलो बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरु पढेर सुनाउने र शुभकामना अदानप्रदान प्रदेश सभा सदस्यहरुले सम्वोधन गर्ने संभावित कार्यसूचीमा समावेश गरिएको छ । जेठको पहिलो हप्ता प्रदेश सरकारले नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने तयारी गरेको छ । ...
अवकाशप्राप्त निजामती कर्मचारी तत्कालै राजदूत बन्न नपाउने

अवकाशप्राप्त निजामती कर्मचारी तत्कालै राजदूत बन्न नपाउने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
अवकाश प्राप्त निजामती सेवाका कर्मचारी तत्कालै राजदूत लगायतका कूटनीतिक जिम्मेवारीमा काम गर्न पाउने समझदारीबाट प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति पछि हटेको छ। समितिमा दफाबार छलफलको चरणमा रहेको संघीय निजामती सेवा विधेयकबाट अवकाश प्राप्त संघीय निजामती सेवाका कर्मचारीलाई कूटनीतिक नियुक्तिमा जान 'कुलिङ पिरियड' लागू नहुने गरी समितिले यसअघि समझदारी जुटाएको थियो। नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडू नेतृत्वको उपसमितिले संघीय निजामती सेवाबाट अवकाश प्राप्त कर्मचारीलाई कूटनीतिक नियुक्ति र न्याय सेवाबाट अवकाश पाएका कर्मचारीलाई न्यायाधीश बन्न 'कुलिङ पिरियड' नलाग्ने व्यवस्था गरेको थियो। तर राज्य व्यवस्था समितिले पारित गर्नका लागि समितिमा पेस गरेको मस्यौदा प्रतिवेदनबाट यो व्यवस्था झिकिएको छ। तर समितिले एक वर्षको 'कुलिङ पिरियड' भने र...
आगामी बजेटमा यस्ता छन् अर्थमन्त्रीका प्राथमिकता

आगामी बजेटमा यस्ता छन् अर्थमन्त्रीका प्राथमिकता

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौँ अर्थमन्त्री विष्णु पौडेलले २०८३ भित्र नेपाललाई ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्ने कार्ययोजनासहित आगामी बजेटका प्राथमिकता सुनाएका छन्। आइतबार संसद्‍मा बजेटका सिद्धान्त र प्राथमिकता पेस गर्दै उनले २०८३ भित्र मुलुकलाई सम्पत्ति शुद्धीकरण निवारणको विस्तृत अनुगमन सूचीबाट बाहिर ल्याइने दाबी गरेका हुन्। योसँगै उनले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका सुझावहरू क्रमश: कार्यान्वयन गरिने प्रतिबद्धता जनाएका छन्। अर्थमन्त्री पौडेलले तय गरेको बजेट प्राथमिकतामा गैरबैंकिङ्ग सम्पत्ति व्यवस्थापन र मौद्रिकीकरणका लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गरिने उल्लेख छ।  डिजिटल बैंक स्थापना गर्दै पुँजी बजारको संरचनागत सुधार गरी गतिशील ल्याइने उनको भनाइ छ। ‘मुलुकको अर्थतन्त्रलाई गतिशील तुल्याउन कानुनी, संस्थागत र प्रक्रियागत सुधार गरिनेछ’, बजेटका प्राथमिकतामा भनिएको ...
आज सङ्घीय संसद्का दुवै सदनको बैठक , सरकारको नीति तथा कार्यक्रम पारित गरिने

आज सङ्घीय संसद्का दुवै सदनको बैठक , सरकारको नीति तथा कार्यक्रम पारित गरिने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौं प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने भएका छन् । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ ।   राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२र८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेका अनुसार प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएको जिज्ञासाको जवाफ दिने गरी सम्भावित कार्यसूची तय भएको छ ।  त्यस्तै, नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने छ । नीति तथा कार्यक्रममाथि एकल र संयुक्त गरी कुल ३७ संशोधन प्रस्ताव दर्ता भएका छन् । प्रतिनिधिसभामा यही वैशाख २२ गते...
भारत–पाकिस्तान तनावबारे बोल्यो नेपाल : आतंकवाद विरुद्धको लडाईंमा सबैको साथमा

भारत–पाकिस्तान तनावबारे बोल्यो नेपाल : आतंकवाद विरुद्धको लडाईंमा सबैको साथमा

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, समाचार, समाज
काठमाडौं भारत र पाकिस्तानबीच बढ्दो तनावबारे धारणा सार्वजनिक गर्दै नेपालले आतंकवादविरुद्धको लडाईंमा सधैं सबैकाे साथमा रहेने जनाएको छ । बिहीबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर ‘आतंकवाद विरुद्धको लडाईंमा नेपाल सधैं सबैको साथमा उभिएको’ स्पष्ट पारेको हो । छिमेकी देशहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने प्रतिबद्धता दोहोर्‍याएको नेपालले यस क्षेत्रको शान्तिको निम्ति दुवै देशलाई अपिल गरेको छ । ‘२२ अप्रिल २०२५ मा भारतको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको आतंकवादी आक्रमणपछि नेपाल सरकार भारत र पाकिस्तानबीच बढ्दो तनाव प्रति गहिरो चिन्तित छ । यस आक्रमणमा एक नेपाली नागरिकले पनि आफ्नो अमूल्य जीवन गुमाएका थिए,’ परराष्ट्रले भनेको छ, ‘यस दुःखद समयमा नेपाल र भारत साझा शोक र पीडामा एकताबद्ध भएर उभिएका थिए । नेपालले सबै प्रकारका आतंकवादविरुद्धको दृढ अडान अनुरूप बर्बर आतंकवादी आक्...
राजसंस्था पुनर्स्थापनाका लागि जेठ १५ बाट अनिश्चितकालीन आन्दोलनको घोषणा

राजसंस्था पुनर्स्थापनाका लागि जेठ १५ बाट अनिश्चितकालीन आन्दोलनको घोषणा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौं राजसंस्था पुनर्स्थापनाका लागि गठित नवराज सुवेदी नेतृत्वको संयुक्त  जनआन्दोलन समितिले जेठ १५ बाट अनिश्तकालिन आन्दोलनको घोषणा गरेको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै समितिले आन्दोलनको घोषणा गरेको हो ।  तीन प्रमुख मागसहित समितले आन्दोलन गर्ने भएको हो । परिवर्तनकारी र परम्परागत शक्तिबीच समाञ्जस्यता काय गर्दै राजसंस्था अटाउने गरि नयाँ समझदारी, सर्वधर्म समभावसहितको पूर्ण धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्र र बलियो स्थानीय सरकारको मागसहित आन्दोलनको घोषणा भएको हो । आन्दोलन घोषणा गर्दै सुवेदीले भनेका छन्,‘हाम्रो आन्दोलन शान्तिपूर्ण हुनेछ । भद्र अवज्ञा  र सत्याग्रहसहितको आन्दोलन हुनेछ । राजा र जनताबीच षडयन्त्रपूर्वक टुटाइएको धागोलाई फेरि जोड्नेगरी आन्दोलन हुनेछ ।’ समितिको आन्दोलन सरकारविरूद्ध नरहेको विज्ञप्ति मार्फत जनाइएको छ । जनतामा निहीत सार्वभौम सत्ता र जनत...
लुम्बिनी प्रदेश सभा छैठौं अधिवेशन ३१ गतेका लागि आह्वान गर्न सिफारिस

लुम्बिनी प्रदेश सभा छैठौं अधिवेशन ३१ गतेका लागि आह्वान गर्न सिफारिस

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
दाङ लुम्बिनी प्रदेश सरकारले यही वैशाख ३१ गते छैठौं अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।  मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सोही दिन दिउँसो १ बजे अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए । गत फागुन ७ गते पाँचौं अधिवेशन अन्त्य गरिएको थियो । ...
नव प्रवर्तनलाई प्राथमिकता दिदै विकास मोडेलमा परिवर्तन गराैं: मुख्यमन्त्री आचार्य

नव प्रवर्तनलाई प्राथमिकता दिदै विकास मोडेलमा परिवर्तन गराैं: मुख्यमन्त्री आचार्य

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
दाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विकास मोडेलमा परिवर्तन ल्याउनेगरी प्रदेश सरकारले नव प्रवर्तनको क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढेको बताउनुभएको छ । नव प्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत स्थानीय तहबाट प्रस्तावित परियोजना कार्यक्रम सम्बन्धी संक्षिप्त प्रस्तुतिकरण एवं पूर्ण प्रस्ताव लेखन सम्बन्धी अभिमुखिकरण कार्यक्रमलाई बुधबार लमहीमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले विकास मोडेललाई नव प्रवर्तनको क्षेत्रमा अनिवार्य रुपमा जोड्न जरुरी रहेको बताउनुभयो । `विकास भनेको भौतिक पूर्वाधार मात्रै हो । बाटो, पुल मात्रै हुन भन्ने बुझाइ नै गलत भयो । अब मानवीय विकास र स्थानीय उत्पादन बढाउनेगरी लगानी केन्द्रित गर्न जरुरी छ´ मुख्यमन्त्री आचार्यले भन्नुभयो`विकास मोडेललाई परिवर्तन नगरेसम्म आधारभूत तहका नागरिकको जीवनस्तरमा परिवर्तन ल्याउन सकिँदैन । यसमा हामी सबै गम्भीर बन्न ...
संसद्को दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

संसद्को दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
????? ???? ??? ???? ?????????? ????? ?????? ??????? ?????? ?????? ?????? ???????? ? ??????? ???? ?????/???? काठमाडौँ सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक सवा १२ बजेका लागि बोलाइएको छ ।  दुवै बैठकमा आर्थिक वर्ष २०८२–०८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गत वैशाख १९ गते आर्थिक वर्ष २०८२र८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । ...
अर्थमन्त्री पौडेलद्वारा कांग्रेस सभापति देउवासँग आगामी बजेटबारे  परामर्श

अर्थमन्त्री पौडेलद्वारा कांग्रेस सभापति देउवासँग आगामी बजेटबारे परामर्श

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौँ उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटबारे परामर्श गरेका छन् ।   आज बिहान बूढानीलकण्ठस्थित देउवा निवास पुगी उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले कांग्रेस सभापति देउवासँग बजेटबारे परामर्श गरेका हुन् । त्यस अवसरमा सभापति देउवाले मुलुकको आर्थिक अवस्थालाई दृष्टिगत गरी मितव्ययिता अवलम्बन गर्न र स्रोतको अधिकतम सदुपयोग हुनेगरी बजेट निर्माण गर्न सुझाव दिएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ । ...