नव प्रवर्तनलाई प्राथमिकता दिदै विकास मोडेलमा परिवर्तन गराैं: मुख्यमन्त्री आचार्य


दाङ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विकास मोडेलमा परिवर्तन ल्याउनेगरी प्रदेश सरकारले नव प्रवर्तनको क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढेको बताउनुभएको छ ।

नव प्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत स्थानीय तहबाट प्रस्तावित परियोजना कार्यक्रम सम्बन्धी संक्षिप्त प्रस्तुतिकरण एवं पूर्ण प्रस्ताव लेखन सम्बन्धी अभिमुखिकरण कार्यक्रमलाई बुधबार लमहीमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले विकास मोडेललाई नव प्रवर्तनको क्षेत्रमा अनिवार्य रुपमा जोड्न जरुरी रहेको बताउनुभयो । `विकास भनेको भौतिक पूर्वाधार मात्रै हो । बाटो, पुल मात्रै हुन भन्ने बुझाइ नै गलत भयो । अब मानवीय विकास र स्थानीय उत्पादन बढाउनेगरी लगानी केन्द्रित गर्न जरुरी छ´ मुख्यमन्त्री आचार्यले भन्नुभयो`विकास मोडेललाई परिवर्तन नगरेसम्म आधारभूत तहका नागरिकको जीवनस्तरमा परिवर्तन ल्याउन सकिँदैन । यसमा हामी सबै गम्भीर बन्न जरुरी छ ।

उत्पादनको काममा आधारभूत वर्गका नागरिकलाई जोडेर आर्थिक विकास गर्न सकिने भन्दै यसलाई अभियानका रुपमा बढाउन आवश्यक रहेको धारणा उहाँले राख्नुभयो । संघीयतालाई बलियो बनाउन तीन तहका सरकारले नै नव प्रवर्तनको क्षेत्रमा प्राथमिकताका साथ काम अघि बढाउनुपर्नेमा उहाँको जोड थियो । प्रदेश सरकारले कृषि र उत्पादन क्षेत्रलाई प्राथमिकता राखेर नीति तथा कार्यक्रम र बजेट बनाउन थालेको जानकारी उहाँले दिनुभयो । `सस्तो लोकप्रियताका लागि सधैं घाटाको बजेट बनाउने काम भयो । तर, अब हामीले आशा जगाउनेगरी यथार्थ धरातलमा रहेर बजेट ल्याउँछौं । गाली खान तयार छौं तर, सरकारको कामलाई लयमा फर्काएर छाड्छौं´ मुख्यमन्त्री आचार्यले भन्नुभयो-`योजना छनोट र बजेट निर्माण अनि कार्यान्वयनको विधिलाई समेत सिस्टममा बसाल्न चाहन्छौं ।´ मुख्यमन्त्री कार्यालयमा सचिव कविन्द्र नेपालको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गरिएको थियो ।

लुम्बिनी प्रदेश सरकारले शैक्षिक प्रणाली, आर्थिक विकास, शासकीय शैली, पूर्वाधार निर्माण चक्र, सेवा प्रवाह, नीति निर्माणदेखि मूल्यांकनसम्म, गुनासो व्यवस्थापन लगायतका क्षेत्रलाई आधार मानेर नव प्रवर्तन कार्यक्रम अघि बढाइएको हो । मुख्यमन्त्री कार्यालयका निमित्त सचिव ईश्वरराज पौडेलले स्थानीय तहको क्षमता अभिवृद्धि गर्दै समृद्धि र विकासको आकांक्षा पूरा गर्ने लक्ष्यका साथ नव प्रवर्तनको कार्यक्रम कार्यान्वयनमा लगिएको बताउनुभयो । अहिले अघि बढाउन खोजिएका योजनाहरू गौरव गर्ने खालका रहेकाे र कार्यान्वयनमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । प्रदेश र स्थानीय तहलाई आर्थिक विकाससँग जोड्नेगरी नव प्रवर्तनको योजनालाई अघि बढाइएको हो ।

छुटाउनुभयो कि ?

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित रहेको दाबीसहित एक विवादास्पद अडियो सार्वजनि...
रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

बुटवललुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री तुल्सी प्रसाद चौधरीले स्वदेशी कच्चा पदार्थलाई महत्व दिएर उद्योग व्यवस्थ...
बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बुटवलनेपालीको महान चाड बडादशैंको दोस्रो दिन सोमबार देवी मन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदैछ ...
बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

काठमाडौंबूढीगण्डकी बाढीका कारण ४५ घरमा पूर्ण क्षति पुगेको छ ।आइतबार बिहान लेदोसहित आएको बाढीले ४५ घरमा पूर्ण क्षति पुग्दा २७ ...