राजसंस्था पुनर्स्थापनाका लागि जेठ १५ बाट अनिश्चितकालीन आन्दोलनको घोषणा


काठमाडौं

राजसंस्था पुनर्स्थापनाका लागि गठित नवराज सुवेदी नेतृत्वको संयुक्त  जनआन्दोलन समितिले जेठ १५ बाट अनिश्तकालिन आन्दोलनको घोषणा गरेको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै समितिले आन्दोलनको घोषणा गरेको हो । 

तीन प्रमुख मागसहित समितले आन्दोलन गर्ने भएको हो । परिवर्तनकारी र परम्परागत शक्तिबीच समाञ्जस्यता काय गर्दै राजसंस्था अटाउने गरि नयाँ समझदारी, सर्वधर्म समभावसहितको पूर्ण धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्र र बलियो स्थानीय सरकारको मागसहित आन्दोलनको घोषणा भएको हो ।

आन्दोलन घोषणा गर्दै सुवेदीले भनेका छन्,‘हाम्रो आन्दोलन शान्तिपूर्ण हुनेछ । भद्र अवज्ञा  र सत्याग्रहसहितको आन्दोलन हुनेछ । राजा र जनताबीच षडयन्त्रपूर्वक टुटाइएको धागोलाई फेरि जोड्नेगरी आन्दोलन हुनेछ ।’

समितिको आन्दोलन सरकारविरूद्ध नरहेको विज्ञप्ति मार्फत जनाइएको छ । जनतामा निहीत सार्वभौम सत्ता र जनताको निर्णायकत्वलाई थप सुदृढ गर्नु आन्दोलनको मुख्य उद्देश्य रहेको समेत उल्लेख छ । परिवर्तनकारी शक्तिहरूले चाहेको खण्डमा संविधानको परिधिभित्रैबाट आफूहरूको माग सम्बोधन गर्न सकिने समेत  विज्ञप्ति मार्फत सुवेदीले बताए ।

आन्दोलनमा राप्रपा, राप्रपा नेपाल सहितका राजनीतिक दल र विभिन्न समूहहरूले समेत ऐक्यवद्धता जनाएका छन् ।

छुटाउनुभयो कि ?

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...