राजनीति

आजदेखि देशभर आर्थिक गणना हुँदै

आजदेखि देशभर आर्थिक गणना हुँदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँआजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ । त्यसका लागि देशभर नै गणक तथा आवश्यक सुपरीवेक्षक सम्बन्धित क्षेत्रमा पुगिसकेका राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।कार्यतालिकाअनुसार स्थलगत तथ्याङ्क सङ्कलनको काम आगामी असारको पहिलो साताभित्र सम्पन्न हुनेछ । गणनाका लागि करिब पाँच हजार जनशक्ति परिचालन गरिएका छन् ।अर्थ मन्त्रालयले मुलुकको समग्र औद्योगिक एवम् आर्थिक क्षेत्रसँग जोडिएको तथ्याङ्क सङ्कलन गरिने भएकाले यस कार्यमा योगदानका लागि सबैलाई आग्रह गरेको छ । गणनामा उद्योग, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा निजी क्षेत्र, सार्वजनिक संस्थाको सङ्ख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहलगायत आर्थिक क्षेत्रका १८ वटा क्षेत्रको आधारभूत विवरण सङ्कलन गरिने छ । त्यसक्रममा देशभर दर्ता भए÷नभएका ठूला साना व्यापार प्रतिष्ठान, रोजगारीका हिसाबले धेरै रोजगारी दिएका वा स्वरोजगार भएका प्रतिष...
कांग्रेसमा दुवै पक्ष अडानमै, टाढिँदै एकता

कांग्रेसमा दुवै पक्ष अडानमै, टाढिँदै एकता

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
काठमाडौँपूर्वसभापति शेरबहादुर देउवा पक्षले समानान्तर गतिविधि नरोकेपछि कांग्रेसको एकता प्रयास झन् टाढिएको छ । देउवा समूहका नेता पूर्णबहादुर खड्काले पार्टीको ‘लेटरहेड’ प्रयोग गरेर कार्यवाहक सभापतिकै हैसियतमा गतिविधिलाई निरन्तरता दिन थालेपछि संस्थापन पक्ष आक्रोशित बनेको छ । खड्काको गतिविधिलाई कारबाहीको विषय बनाउन तारामान गुरुङ नेतृत्वको केन्द्रीय अनुशासन समितिको बैठक बुधबार बोलाइएको छ । नेता शेखर कोइराला र देउवा समूहभित्रै पनि खड्काको समानान्तर गतिविधिको आलोचना हुन थालेको छ । २४ र २५ चैतको भेलापछि खड्काले बोलाएका समानान्तर गतिविधिबाट अलग भएका नेता कोइराला यसबीचमा पार्टी एकताका लागि जुटेका थिए । कोइरालाले देउवा पक्षका नेताहरू नेता मीनेन्द्र रिजाल र संस्थापन पक्षका पूर्वसहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियारमार्फत संवाद अघि बढाइरहेका थिए । दुवै पक्षसँग एकताको प्रयास भइरहेका बेला...
५ वर्षमा १५ लाखलाई जागिर दिने सरकारको प्रतिबद्धता,सबैलाई श्रम संस्कृतिसँग जोडेर अनिवार्य श्रम गराइने

५ वर्षमा १५ लाखलाई जागिर दिने सरकारको प्रतिबद्धता,सबैलाई श्रम संस्कृतिसँग जोडेर अनिवार्य श्रम गराइने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँसरकारले आगामी ५ वर्षमा १५ लाख जनालाई रोजगारी दिने प्रतिबद्धता जनाएको छ । राष्ट्रिय मान्यताप्राप्त ६ राजनीतिक दलका घोषणापत्र अध्ययन गरी तयार पारिएको 'राष्ट्रिय प्रतिबद्धता' मा सरकारले स्वदेशमै रोजगारी सिर्जनाको वातावरण बनाउने जनाएको छ । 'डाक्टर, नर्स, इन्जिनियर, कृषि, वन, सूचना प्रविधि आदि क्षेत्रका प्राविधिक जनशक्तिलाई देशमै रहेर रोजगारी र व्यवसाय गर्न उत्प्रेरित गरिनेछ। स्थानीय तह मार्फत श्रमिकको आवश्यकता र उपलब्धताको अनुसन्धान र अभिलेखीकरण गरी श्रमिकको दक्षता विकास कार्यक्रम सञ्चालन गरिनेछ । रोजगारीलाई अस्थायी राहत होइन स्थायी आधार बनाउँदै पाँच वर्षमा पन्ध्र लाख रोजगारी सिर्जना गरिनेछ,' प्रतिबद्धतामा भनिएको छ । नेपालमै बसेर विदेशी कम्पनी, निकाय वा रोजगारदाताका लागि काम गर्न पाउने व्यवस्था सुनिश्चित गर्न कानुनी र नीतिगत संशोधन गरी रिमोट वर्क, डिजिटल रोजगारी तथा सीमापार ...
नयाँ वर्षमा प्रधानमन्त्री शाहले सुख,शान्ति र समृद्धिको कामना गरेका छन्

नयाँ वर्षमा प्रधानमन्त्री शाहले सुख,शान्ति र समृद्धिको कामना गरेका छन्

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँप्रधानमन्त्री बालेन्द्र शाहले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन्। ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः…’ सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उनले यस्तो उल्लेख गरेका हुन्। उनले नयाँ वर्षले सबैमा सकारात्मक ऊर्जा, शुभता र निर्विघ्न जीवनको आशा ल्याओस् भन्ने कामना व्यक्त गरेका छन्। साथै, कसैले पनि दुःख भोग्न नपरोस् भन्ने भावनासहित देशभर शान्ति र समृद्धि कायम रहोस् भन्ने शुभेच्छा दिएका छन्। ...
मन्त्रिपरिषद्मा महिला प्रतिनिधित्व हालसम्मकै उच्च

मन्त्रिपरिषद्मा महिला प्रतिनिधित्व हालसम्मकै उच्च

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँप्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले महिला सहभागितामा हालसम्मकै ऐतिहासिक उपलब्धि हासिल गरेको छ ।शाह नेतृत्वको १६ सदस्यीय मन्त्रिपरिषद्मा छ जना महिला मन्त्री नियुक्त भएसँगै सङ्ख्याका आधारमा महिला प्रतिनिधित्व करिब ३७.५ प्रतिशत पुगेको हो । यो सङ्ख्या संविधानले तोकेको न्यूनतम ३३ प्रतिशत भन्दा बढी हो । यो विश्वकै कतिपय देशका औसत प्रतिनिधित्व भन्दा उच्च रहेको प्रधानमन्त्री शाहकी प्रेस विज्ञ तथा अनुसन्धान विज्ञ दीपा दाहाल बताउछिन् ।वर्तमान सरकारमा महिलालाई केवल परम्परागत सामाजिक मन्त्रालयमा सीमित नराखी कानुन, स्वास्थ्य, कृषि, प्रशासन र उद्योग जस्ता महत्वपूर्ण तथा प्राविधिक मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसले महिला नेतृत्वलाई केवल सङ्ख्यामा मात्र नभई निर्णय प्रक्रियामा सशक्त बनाउने प्रयास भएको बताइएको छ । प्रधानमन्त्री शाहको नेतृत्वमा गठित सरकारलाई विश्लेषकहरूले स...
मन्त्रीहरुको सम्पत्तिको स्रोत खुलाइदिए राम्रो: हर्क साम्पाङ

मन्त्रीहरुको सम्पत्तिको स्रोत खुलाइदिए राम्रो: हर्क साम्पाङ

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंश्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारका मन्त्रीहरुले सार्बजनिक गरेको सम्पत्तिको स्रोत पनि खुलाउनुपर्ने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष साम्पाङले सरकारमा रहेका सबैको सम्पत्ति यति उति भन्ने त आयो तर अब त्यसको स्रोत पनि खुलाईदिए राम्रो हुने बताएका हुन् । उनले स्रोत बिनाको सम्पत्ति फेरी घुमाई फिराई भ्रष्टाचार गरेको भन्ने बुझिन्छ भन्दै स्रोत खुलाउन माग गरेका हुन् । उनले भनेका छन्- ‘सरकारमा रहेका सबैको सम्पत्ति यति उति भन्ने आयो ! अब त्यस्को स्रोत पनि खुलाइदिए राम्रो ! स्रोत बिनाको सम्पत्ति त फेरि घुमाइफिराइ भ्रष्टाचार गरेको भन्ने नै बुझिन्छ ! स्रोत प्रष्टाइदिनु पर्छ ! जय देश !’ ...
अमेरिकाको नाकाबन्दीपछि होर्मुज ठप्प

अमेरिकाको नाकाबन्दीपछि होर्मुज ठप्प

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँअमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्यमा जाने जहाजमाथि अमेरिकी नौसेनाले नाकाबन्दी गर्ने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत सो मार्ग प्रयोग गर्ने जहाजलाई रोकेर जाँच गरिने बताएका हुन् ।ट्रम्पका अनुसार विशेषगरी इरानलाई शुल्क तिरेका जहाजहरू कडाइका साथ निगरानीमा राखिने बताएका छन् । उनले इरानलाई गैरकानुनी शुल्क तिर्ने जहाजलाई सुरक्षित मार्ग नदिइने चेतावनी दिँदै यसबाट इरानको आर्थिक शक्ति कमजोर पार्ने उद्देश्य रहेको उल्लेख गरेका छन् ।यसअघि इरानका उपसभामुख हाजी बाबाएईले होर्मुज जलडमरूमध्य इरानको नियन्त्रणमा रहेको दाबी गरेका थिए । उनले यसलाई तेहरानको ‘रेड लाइन’ भन्दै सो मार्ग प्रयोग गर्ने जहाजले इरानी मुद्रा रियालमा शुल्क तिर्नुपर्ने बताएका थिए । यसैबीच, अमेरिका र इरानबीच पाकिस्तानमा करिब २१ घण्टा चलेको वार्ता निष्कर्षविहीन बनेको छ । रिपोर्टअनुसार होर्मुज म...
अब अधिवेशन तिर लागौँ अदालत तिर होइन : काङ्ग्रेस महामन्त्री पौडेल

अब अधिवेशन तिर लागौँ अदालत तिर होइन : काङ्ग्रेस महामन्त्री पौडेल

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँनेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारका कामका आधारमा काँग्रेसले सदनमा आफ्नो भूमिका निर्वाह गर्ने बताएका छन् । आज भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले कांग्रेस प्रमुख प्रतिपक्षी दलका हिसाबले उपस्थित भएकाले सरकारले गर्न लागेका राम्रा कामप्रति समर्थन र सहयोग रहने बताएका छन्। उनले भने, “जनता, लोकतन्त्र, जनजीविका, सुशासनको पक्षमा सरकारले गरेका कामहरुप्रति कांग्रेसको कुनै पनि असहयोग रहँदैन ।” फरक प्रसङ्गमा बोल्दै उनले कांग्रेसले संसदीय दलको नेता आन्तरिक रुपमा सर्वसम्मत गर्न खोजिएको भए पनि यो प्रयास असफल भएको बताए । सर्वसम्मत या निर्वाचन प्रक्रियाबाट टुङ्याउने गरी वैशाख ४ गते संसदीय दलको नेता चयन हुने उनको भनाइ छ । पार्टीभित्र एकता कायम गर्दै अघि बढ्न अहिलेको नेतृत्वको चाहना रहेको उनले बताए । अहिलेको समस्याको समाधान १५औँ महाधिवेशन भएको भन्दै उनले ...
सरकारलाई भारतसँग महाकाली र लिम्पियाधुरा-लिपुलेक बारे कुरा गर्न हर्क साम्पाङको आग्रह

सरकारलाई भारतसँग महाकाली र लिम्पियाधुरा-लिपुलेक बारे कुरा गर्न हर्क साम्पाङको आग्रह

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँश्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहलाई भारतसँग महाकालीमा सिमा अतिक्रमण बन्द गर्न र लिम्पियाधुरा लिपुलेकमा नाका खोल्दा नेपालको स्वीकृति अनिवार्य लिने प्रबन्ध मिलाउने विषयमा कुरा गर्न आग्रह गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष साम्पाङले प्रधानमन्त्री बालेनको भारत भ्रमणको समाचार बाहिरिएको भन्दै भारतसँग महाकालीमा सिमा अतिक्रमण बन्द गर्न र लिम्पियाधुरा लिपुलेकमा नाका खोल्दा नेपालको स्वीकृति अनिवार्य लिने प्रबन्ध मिलाउने विषयमा कुरा गर्न आग्रह गरेका हुन् । उनले भनेका छन्- सम्मानीय प्रधानमन्त्री बालेन्द्र शाह ज्यु… तपाइँको भारत भ्रमण निकट भविष्यमै हुने भन्ने समाचार बाहिरिएको छ ! भ्रमण उपलब्धिमूलक रहोस् ! महाकालीमा सिमा अतिक्रमण बन्द गरियोस् र लिम्पियाधुरा लिपुलेकमा नाका खोल्दा नेपालको स्वीकृति अनिवार्य लिने प्रबन्ध मिलाइयोस् ! यति भए ...
जेनजी घाइतेलाई निःशुल्क एमबिबीएसको अवसर दिने निर्णय नियम विपरीत छैन : शिक्षा मन्त्रालय

जेनजी घाइतेलाई निःशुल्क एमबिबीएसको अवसर दिने निर्णय नियम विपरीत छैन : शिक्षा मन्त्रालय

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंशिक्षा मन्त्रालयले जेनजी आन्दोलनकी घाइते एकता शाहलाई निःशुल्क एमबिबीएस अध्ययनको अवसर दिने विषय ऐन नियम विपरीत नभएको स्पष्ट गरेको छ ।चिकित्सा शिक्षा आयोगको व्यवस्थाअनुसार छात्रवृत्ति ‘मेरिट’ र कानुनी मापदण्डका आधारमा वितरण हुने गरेकामा यस वर्ष एमबीबीएस सिटका लागि विद्यार्थी छनोट भइसक्दा पनि शाहलाई नियम विपरीत कोटा दिइएको भन्दै विरोध भएपछि मन्त्रालयले स्पष्ट गरको हो ।मन्त्रालयले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ अनुसार व्यवस्था गरिएको निःशुल्क छात्रवृत्ति कोटाअन्तर्गतको नभएर अतिरिक्त कोटाका रुपमा विशेष छात्रवृत्ति कोटामा अध्ययन गराउने गरी सरकारले बजेट व्यवस्थापन गरी निर्णय गरिएको स्पष्ट पारेको छ । साथै सरकारको यस निर्णयले प्रचलित कानुन बमोजिम अरु कसैले पाउने अवसरलाई संकुचन एवं बाधासमेत नपरेको मन्त्रालयले बताएको छ । जेनजी आन्दोलनका क्रममा घाइते तथा अपाङ्गता भएका व्यक्तिहरूलाई...