लुम्बिनीमा हुने राम कथा ३ दिन पछि सर्यो : माघ २४ देखि प्रवचन, २१ गतेदेखि नै भण्डारा
बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीमा शनिबारदेखि हुने भनिएको राम कथा प्रबचन ३ दिनपछि सरेको छ । आयोजक राम कथा प्रेम यज्ञ समितिले माघ २४ गते मँगलबारदेखि प्रवचन कार्यक्रम हुने जनाएको छ ।यही माघ २१ गते देखि २९ गतेसम्म लुम्बिनिको अन्तर्राष्ट्रिय ध्यान केन्द्रको सभाहलमा हुने भनिएको प्रवचन माघ २४ गतेलेखि फागुन ३ गतेसम्म आयोजना हुने गरी तयारी भएको आयोजकले जनाएको हो । कथा आयोजक समितिले संचालनगर्ने भण्डारा भने पूर्ववत रुपमा २१ गते शनिबारबाटनै सञ्चालमा आउने बताएको छ ।
९ दिनसम्म हुने प्रवचनमा भारत तथा नेपालका २ हजार बढी श्रद्धालुको सहभागिता रहने राम कथा प्रेम यज्ञ समिति, लुम्बिनीका संयोजक राजेश कुमार अग्रवालले जानकारी दिए । लुम्बिनीलाई विश्वसामु परिचित गराउन सहयोग गर्ने अपेक्षा गरिएको कार्यक्रममा आध्यात्मिक गुरु मोरारीको ९१२ औं राम कथा आयोजना हुन लागेको हो । ‘साँचो प्रेम र करुणा’ को सन्देश लिएर ...







