गठबन्धनले जित्नु भनेको देशले हार्नु हो प्रदिप कुमार ज्ञवाली


कृष्ण अन्जान गुल्मी

प्रतिनिधि सभाका लागि गुल्मी क्षेत्र न १ का उम्मेदवार प्रदिप कुमार ज्ञवालीले यो निर्वाचन गठबन्धनले जित्नु भनेको देशले हार्नु हो भन्नु भएको छ । जिल्लाको कालीगण्डकी गाउँ पालिकाका विभिन्न वडाहरुमा स्थानीय जनसमुदाय सँग छलफल अन्तरकृया र भेटघाट कार्यक्रममा आफ्ना विचार राख्दै नेकपा एमालेका केन्द्रीय उपमहासचिव समेत रहेका ज्ञवालीले पछिल्ल सोह्र महिनाले पुष्टि गरेको छ कि गठबन्धन मात्रले देशका लागि कुनै राम्रो काम भन्दा अस्थिरता , अस्तव्यस्तता ,अनिश्चितता तिर मुलुकलाई धकेलेको बताउनु भयो । महँगी अनियन्त्रित छ ,विकासका कामहरु ठप्प छन ,एमाले सरकारका पालामा शुरु गरिएका विकास आयोजनाहरुका बजेट काटिएर अलपत्र पारिएको छ ज्ञवालीले भन्नु भयो । एमालेको सरकार हुँदा हरेक दिन पाँच किलोमिटर सडक कालोपत्रे गरिएको ,दैनिक एक दर्जन भवन निर्माण गरिएको ,हरेक दिन कम्तिमा एउटा झोलुँगे पुल निर्माण भएको ,हरेक दिन एउटा सडक पुल र एउटा ग्रामीण पुल निर्माण भएको ,निरपेक्ष गरिबीको रेखामुनीको जनसंख्या १८ ।७ प्रतिशतमा झारिएको ,गरिबीको सुचकाँक ३०।१ बाट १७ ।४ प्रतिशतमा झरेको ,वैदेशिक रोजगारीमा जानेको सँख्या घटेपनि विप्रेषण आप्रवाह ११।१ प्रतिशतले बढेको तथ्यांक प्रस्तुत गर्नु भयो । देशलाई समृद्धि तर्फ उन्मुख गराईरहँदा देशी विदेशीहरुको इशारामा नेकपा भित्रकै अवसरवादी र अराजक पात्रहरुले कम्युनिस्ट हरुको सरकार ढालेर विदेशीका लागि कम्फर्टेवल सरकार बनाई दिएपछि हाम्रो विकासको यात्रा अवरुद्द भएको ज्ञवालीको भनाई थियो । मुख्य रुपले जनतालाई प्रत्यक्ष लाभ हुने गरि सामाजिक शुरक्षाभत्ता ,एकघर एक धारा ,खरका छाना विस्थापन ,स्वास्थ विमा कार्यक्रम प्रभावकारी रुपमा सन्चालन र कार्यान्वयन गरेको ज्ञवालीले दावि गर्नुभयो । गुल्मी जिल्लाको विकासको पुर्वाधारको रुपमा कालीगण्डकी करिडोर ,मदन भण्डारी राजमार्ग ,रिडी सुर्खेत राजमार्गलाई गुल्मी जिल्ला सँग जोडेको ,रिडीमा तिनमुखे पुल निर्माण सम्पन्न गरेको र रुरुधामको बृहत् तटबन्ध निर्माणलाई कार्यान्वयनमा लगेको ,एघार वटा गाउँपालिकामा १५ र १५ बेडका हस्पिटल निर्माणका क्रममा रहेका ,सदरमुकाम तम्घासमा ५० बेडको हस्पिटल निर्माण कार्य भएको ,अक्सिजन प्लान्ट ,पिसिआर ल्याव र अत्याधुनिक आईसियु सन्चालनमा रहेको दावि गर्नु भयो । यसैगरी जिल्लाको दौँघा ,हुँगा ,पल्लिकोट ,बलेटक्सार लगाएत अधिकाँश गाउँमा खानेपानी पुर्याएको , स्वास्थ चौकी भवनको निर्माण ,विध्यालयका पुराना भवन विस्थापन गर्दै अत्याधुनिक भवन निर्माण कार्य सम्पन्न गरेको ,सीप सहितको सर्व सुलभ शिक्षाका लागि तुराँग वहुउद्देसिय शिक्षालय सन्चालनमा ल्याएको बताउनु हुँदै ज्ञवालीले यो अवधिमा गुल्मीमा मात्र साना ठुला आयोजनाका लागि अठार अर्ब बजेट भित्र्याएको बताउनु भयो । नेकपा एमाले आफ्ना बीस बुँदामा रुपमा पहिलो शेसन समृद्धि अधिवेशन ,नेपालीलाई मात्र नागरिकता ,हँगर नो लँगर ,उत्पादन स्वदेशी बजार विदेशी ,सुरक्षित छाना पुग्छ सबैको चाहना ,कमाइ युवाको रोजाइ ,पढाइ भविष्यको जग बसाइ ,प्रेसर सुगर भईन्न बिरामी ओैषधि बेगर ,फ्रि मिटर दशहजार लिटर ,फ्रि युनिट पचास युनिट ,खेतबारीमा पानी खाडीमा हैन स्वदेशमै जवानी ,दिनदिनै सडक बिस्तार विकास पुर्वाधारको आधार ,भुमिगत तार शहर बजार ,नो लाईन सेवा अनलाईन ,५ लाख रोजगार न्युनतम ज्याला २५ हजार ,समृद्धि सँग नाता सबैको बैँक खाता ,स्वास्थ महिनावारी १५ सय वर्षभरी ,फाईभ जी सँचार आईटिमा चमत्कार ,हामी सामाजिक सभ्य नागरिक र हाम्रो अर्थ १०० खर्बको रुपमा ग्यारेन्टी गर्दै समृद्धिको यात्रा तय गर्ने प्रदिप कुमार ज्ञवालीले बताउनु भयो । जनताका समस्या सँगै गुनासा सुन्दै र आफ्ना प्रतिबद्धता सँगै नेकपा एमाले क्षेत्र न १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रदिप कुमार ज्ञवाली यतिबेला गाउँगाउँ र टोलटोलमा पुगि रहनु भएको छ ।

छुटाउनुभयो कि ?

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

काठमाडौंगृहमन्त्री ओमप्रकाश अर्यालले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका छन् ।आम निर्वाचनको तयारीबारे जानकारी लिन ओखलढुङ...
सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै भएको ब...
किन मनाइन्छ मगर दिवस ?

किन मनाइन्छ मगर दिवस ?

ललित बुढा मगरवर्तमान अवस्थालाई चित्रण गर्दा नेपाली जनता धेरै कुराले अधिकार सम्पन्न छन् । विभिन जात जाती, भाषा, धर्म, लिङ्ग आद...
भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

बुटवलनेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भड्किला र उत्तेजक भाषणले मात्रै देश नबन्ने बताएका छन् । बुटवलमा शुक्रबार आयोजित...