२०७४ पछि गुल्मीको विकासकाे स्वर्णिम युग: प्रदिप कुमार ज्ञवाली


कृष्ण अन्जान गुल्मी

नेकपा एमालेकाे तर्फबाट गुल्मी क्षेत्र न १ बाट प्रतिनिधि सभाका उम्मेदवार प्रदिप कुमार ज्ञवालीले २०७४ सालपछिका वर्षहरु गुल्मीको विकासका लागि स्वर्णिम युग भएकाे बताउनु भएकाे छ । चुनाव प्रचारप्रसार सँगै जनसमुदाय सँगकाे अन्यरकृया र छलफल कार्यक्रममा बाेल्दै ज्ञवालीले याे अवधिमा पुर्वाधार निर्माणका लागि अठार अरबकाे बजेट गुल्मीमा विनियोजन भई ठुला आयाेजनाहरु सन्चालनमा रहेका र केही याेजनाहरु सम्पन्न भएकाे बताउनु भयाे । याे अवधिमा कुनै राष्ट्रिय राजमार्ग सँग नजाेडिएकाे गुल्मीमा कालीगण्डकी करिडाेर ,मदन भण्डारी राजमार्ग ,रिडी सुर्खेत राजमार्ग गुल्मी हुँदै गएकाे बताउनु भयाे । खानेपानीकाे क्षेत्रमा दौँघा ,बलेटक्सार ,हुँगा ,पल्लिकाेट लगाएत अधिकाँश गाउँहरुमा खानेपानी पुर्याएकाे दावि गर्दै ज्ञवालीले मजेँग खानेपानी आयाेजना जस्तो ठुलाे खानेपानी आयाेजना निर्माणकाे चरणमा रहेकाे बताउनु भयाे । २०७४ काे निर्वाचनमा गुल्मी जिल्ला बाटै प्रतिबद्धता गरिएका एकघर एक धारा र खरका छाना हटाउने कार्यक्रम यतिबेला गुल्मी सँगै देशभरि याे कार्यक्रम लागू भएकाे बताउनु भयाे । यहि अवधिमा रेसुँगा विमानस्थल निर्माण भएकाे ,रुरुधामकाे तिनमुखे पुल निर्माण सम्पन्न भएकाे ,रुरुधाममा तटबन्ध निर्माणकाे काम शुरुवात भएकाे नेकपा एमाले उपमहासचिव समेत रहेका प्रदिप कुमार ज्ञवालीले दावि गर्नुभयाे । सत्यवतिकाे लुम्पेक ,लिम्घा क्षेत्रका पहिराेकाे विपदमा परेकाहरुलाई एकसय घर निर्माण गरि सुरक्षित आवासकाे व्यवस्थापन र अभिभावक गुमाएका नानीहरूकाे पठनपाठन र लालन पालनकाे व्यवस्थापन गरिएकाे ज्ञवालीले बताउनु भयाे । जिल्लामा शिक्षाका क्षेत्रमा उल्लेखनीय काम भएकाे बताउनु हुँदै ज्ञवालीले विध्यालय भवनकाे पुनर्निर्माण ,प्राविधिक शिक्षाका लागि तुराँग बहुप्राविधिक शिक्षालयकाे स्थापना लगाएतका कामहरु भएकाे बताउनु भयाे । यसैगरि जिल्लाका ११ वटा गाउँपालिकामा १५ वेडका हस्पिटल निर्माण भईरहेका र सदरमुकाम तम्घासमा ५० वेडकाे हस्पिटल सँगै पिसिआर ल्याव ,अक्सिजन प्लान्ट र आसियुकाे व्यवस्थापन भएकाे बताउनु भयाे बाईट प्रदिप कुमार ज्ञवाली १ पुर्वाधार विकासका कामहरुलाई अगाडि बढाउँदै गर्दा पछिल्लो चरणमा ग्रामीण क्षेत्रमा स्वराेजगारकाे सिर्जना गर्दै कसरी युवाहरुलाई अड्याउन सकिन्छ भन्नेमा नेकपा एमालाेकाे ध्यान रहेकाे बताउनु भयाे । बाईट प्रदिप कुमार ज्ञवाली २ मँसिर ४ गते हुने निर्वाचनका लागि यतिबेला नेकपा एमाले नेता प्रदिप कुमार ज्ञवाली गुल्मी क्षेत्र न १ गाउँर टाेलहरुमा जनताका माझ पुगिरहनु भएकाे छ ।

छुटाउनुभयो कि ?

थाइल्याण्डमा गुडिरहेको रेलमाथि क्रेन खस्दा २२ जनाको ज्यान गयो : ७९ जना घाइते

थाइल्याण्डमा गुडिरहेको रेलमाथि क्रेन खस्दा २२ जनाको ज्यान गयो : ७९ जना घाइते

थाइल्याण्डको नाखोन राचासिमा प्रान्तमा काम गर्दै गरेको क्रेन गुड्दै गरेको रेलमाथि खस्दा कम्तीमा २२ ज्यान गएको छ भने ७९ जना घ...
नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

काठमाण्डाै – नेपाली कांग्रेसको विशेष महाधिवेशनमा मतदान आज मात्रै हुने भएको छ । यसअघि हिजो राति ९ बजेदेखि मतदान शुरू हुने का...
साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

काठमाण्डौ – साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ पहिलो खेलमा नेपालले श्रीलङ्कासँग बराबरी खेलेको छ । थाइल्यान्डको नन्थाबुरीमा...
कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...