२०७४ पछि गुल्मीको विकासकाे स्वर्णिम युग: प्रदिप कुमार ज्ञवाली


कृष्ण अन्जान गुल्मी

नेकपा एमालेकाे तर्फबाट गुल्मी क्षेत्र न १ बाट प्रतिनिधि सभाका उम्मेदवार प्रदिप कुमार ज्ञवालीले २०७४ सालपछिका वर्षहरु गुल्मीको विकासका लागि स्वर्णिम युग भएकाे बताउनु भएकाे छ । चुनाव प्रचारप्रसार सँगै जनसमुदाय सँगकाे अन्यरकृया र छलफल कार्यक्रममा बाेल्दै ज्ञवालीले याे अवधिमा पुर्वाधार निर्माणका लागि अठार अरबकाे बजेट गुल्मीमा विनियोजन भई ठुला आयाेजनाहरु सन्चालनमा रहेका र केही याेजनाहरु सम्पन्न भएकाे बताउनु भयाे । याे अवधिमा कुनै राष्ट्रिय राजमार्ग सँग नजाेडिएकाे गुल्मीमा कालीगण्डकी करिडाेर ,मदन भण्डारी राजमार्ग ,रिडी सुर्खेत राजमार्ग गुल्मी हुँदै गएकाे बताउनु भयाे । खानेपानीकाे क्षेत्रमा दौँघा ,बलेटक्सार ,हुँगा ,पल्लिकाेट लगाएत अधिकाँश गाउँहरुमा खानेपानी पुर्याएकाे दावि गर्दै ज्ञवालीले मजेँग खानेपानी आयाेजना जस्तो ठुलाे खानेपानी आयाेजना निर्माणकाे चरणमा रहेकाे बताउनु भयाे । २०७४ काे निर्वाचनमा गुल्मी जिल्ला बाटै प्रतिबद्धता गरिएका एकघर एक धारा र खरका छाना हटाउने कार्यक्रम यतिबेला गुल्मी सँगै देशभरि याे कार्यक्रम लागू भएकाे बताउनु भयाे । यहि अवधिमा रेसुँगा विमानस्थल निर्माण भएकाे ,रुरुधामकाे तिनमुखे पुल निर्माण सम्पन्न भएकाे ,रुरुधाममा तटबन्ध निर्माणकाे काम शुरुवात भएकाे नेकपा एमाले उपमहासचिव समेत रहेका प्रदिप कुमार ज्ञवालीले दावि गर्नुभयाे । सत्यवतिकाे लुम्पेक ,लिम्घा क्षेत्रका पहिराेकाे विपदमा परेकाहरुलाई एकसय घर निर्माण गरि सुरक्षित आवासकाे व्यवस्थापन र अभिभावक गुमाएका नानीहरूकाे पठनपाठन र लालन पालनकाे व्यवस्थापन गरिएकाे ज्ञवालीले बताउनु भयाे । जिल्लामा शिक्षाका क्षेत्रमा उल्लेखनीय काम भएकाे बताउनु हुँदै ज्ञवालीले विध्यालय भवनकाे पुनर्निर्माण ,प्राविधिक शिक्षाका लागि तुराँग बहुप्राविधिक शिक्षालयकाे स्थापना लगाएतका कामहरु भएकाे बताउनु भयाे । यसैगरि जिल्लाका ११ वटा गाउँपालिकामा १५ वेडका हस्पिटल निर्माण भईरहेका र सदरमुकाम तम्घासमा ५० वेडकाे हस्पिटल सँगै पिसिआर ल्याव ,अक्सिजन प्लान्ट र आसियुकाे व्यवस्थापन भएकाे बताउनु भयाे बाईट प्रदिप कुमार ज्ञवाली १ पुर्वाधार विकासका कामहरुलाई अगाडि बढाउँदै गर्दा पछिल्लो चरणमा ग्रामीण क्षेत्रमा स्वराेजगारकाे सिर्जना गर्दै कसरी युवाहरुलाई अड्याउन सकिन्छ भन्नेमा नेकपा एमालाेकाे ध्यान रहेकाे बताउनु भयाे । बाईट प्रदिप कुमार ज्ञवाली २ मँसिर ४ गते हुने निर्वाचनका लागि यतिबेला नेकपा एमाले नेता प्रदिप कुमार ज्ञवाली गुल्मी क्षेत्र न १ गाउँर टाेलहरुमा जनताका माझ पुगिरहनु भएकाे छ ।

छुटाउनुभयो कि ?

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित रहेको दाबीसहित एक विवादास्पद अडियो सार्वजनि...
रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

बुटवललुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री तुल्सी प्रसाद चौधरीले स्वदेशी कच्चा पदार्थलाई महत्व दिएर उद्योग व्यवस्थ...
बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बुटवलनेपालीको महान चाड बडादशैंको दोस्रो दिन सोमबार देवी मन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदैछ ...
बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

काठमाडौंबूढीगण्डकी बाढीका कारण ४५ घरमा पूर्ण क्षति पुगेको छ ।आइतबार बिहान लेदोसहित आएको बाढीले ४५ घरमा पूर्ण क्षति पुग्दा २७ ...