वार्षिकोत्सवको अवसरमा अविभावकको निशुल्क आँखा परिक्षण


बुटवल । तिलोत्तमा २ मा रहेको शंकरनगर दुर्गादत्त माध्यामिक विद्यालयले शुक्रबार निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ । विद्यालयको ५८ औं वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत शुक्रबार निशुल्क आँखा शिविर संचालन गरिएको हो । बिहिवारबाट सप्ताहव्यापी रूपमा सुरू भएको कार्यक्रम अन्र्तगत करिब ४०० जना अविभावकहरूको निशुल्क आँखा परिक्षण गरिएको हो । लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर श्री रण अम्बिका शाह आँखा अस्पताल भैरहवाको सहयोगमा निशुल्क आँखा परिक्षण गरिएको हो । विद्यालयले निशुल्क आखां परिक्षण शिविर आयोजना गरि आफनो आँखा जाच गराउन पाउदा अविभावक खुसि भएका छन।
त्यसै गरि विविध खेलकुद कार्यक्रम अन्तर्गत शुक्रबार छात्र छात्रा फुटवल ,भलिबल , रिले दौड, स्किपिङ लगाएतका खेलहरू सम्पन्न भएका छन् । विद्यालयले बिहिवार बृहत् रयाली गरि सप्ताहव्यापी वार्षिकोत्सव कार्यक्रमको शुभारम्भ गरेको बिद्यालयका शिक्षक कृष्ण पन्थीले जानकारी गराउनु भएको छ ।

छुटाउनुभयो कि ?

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

काठमाण्डाै – नेपाली कांग्रेसको विशेष महाधिवेशनमा मतदान आज मात्रै हुने भएको छ । यसअघि हिजो राति ९ बजेदेखि मतदान शुरू हुने का...
साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

काठमाण्डौ – साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ पहिलो खेलमा नेपालले श्रीलङ्कासँग बराबरी खेलेको छ । थाइल्यान्डको नन्थाबुरीमा...
कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...