ताजा अपडेट

शान्ति प्रक्रिया मौलिक छ, त्यसैले सफल भएको छ : प्रधानमन्त्री ओली

शान्ति प्रक्रिया मौलिक छ, त्यसैले सफल भएको छ : प्रधानमन्त्री ओली

Breaking news 2, ताजा अपडेट, राजनीति, समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको शान्ति प्रक्रिया मौलिक भएको र त्यही कारण पनि यो सफल भएको टिप्पणी गरेका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै ओलीले भने, ‘हाम्रो शान्ति प्रक्रिया होमग्रोन हो। हामीले आफ्नै हिसाबले अगाडि बढाएका हौं। यो मौलिक छ। त्यही कारणले होला यो सफल छ।’प्रधानमन्त्रीले दुनियाँका लागि पनि नेपालको शान्ति प्रक्रिया नमुना भएको जिकिर गरे। ‘दुनियाँका लागि एउटा नमुनाका रुपमा शान्ति प्रक्रिया, द्वन्द्वलाई व्यवस्थापन गर्ने प्रक्रियालाई अगाडि बढाएका छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘१८ वर्ष बितिसकेको छ। यो वर्षमा हामीले द्वन्द्व व्यवस्थापनका सन्दर्भमा थुप्रै उपलब्धी हासिल गरेका छौं।’  ...
दुई नयाँ विमानस्थल रहेका सहरमा वैदेशिक रोजगारका सबै सेवा विस्तार गर्ने निर्णय

दुई नयाँ विमानस्थल रहेका सहरमा वैदेशिक रोजगारका सबै सेवा विस्तार गर्ने निर्णय

Breaking news 1, ताजा अपडेट, विविध, समाचार
३० साउन, काठमाडौं । सरकारले दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थल रहेका सहर पोखरा र भैरहवामा वैदेशिक रोजगारसँग सम्बन्धित सबै सेवा विस्तार गर्ने निर्णय गरेको छ ।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको पहलमा सरोकारवाला संघसंस्था र कार्यालयका प्रतिनिधि बैठकले यस्तो निर्णय गरेको मन्त्रालयका उपसचिव कविराज उप्रेतीले जानकारी दिए ।उनका अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई आवश्यक पर्ने सबै सेवा सुविधा सम्बन्धित विमानस्थलको पायक पर्ने स्थान र कार्यालयबाट उपलब्ध गराउने निर्णय भएको छ । वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिले स्वास्थ्य परीक्षण, पूर्वप्रस्थान अभिमुखीकरण तालिम, बीमा, श्रम स्वीकृति र भिसासँग सम्बन्धित कामका लागि काठमाडौं आउनुपर्ने अवस्था अन्त्य गर्न समेत हाल प्रदान गरिरहेको सेवा र सम्पादन गरि...
गुल्मीमा एक वर्षमा १५९ वटा साना उद्योग बन्द

गुल्मीमा एक वर्षमा १५९ वटा साना उद्योग बन्द

ताजा अपडेट, समाचार, स्थानीय
२९ साउन, गुल्मी । गुल्मीमा उद्योग व्यवसाय बन्द गर्नेको संख्या बर्सेनि बढ्न थालेको छ । पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्क हेर्दा बन्द हुनेमा साना उद्योग र वाणिज्य फर्मको संख्या धेरै छ । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा उत्पादनमूलक ९ वटा, कृषि तथा पशुजन्य ५० वटा, पर्यटनमूलक ६५, सेवामूलक ३८ गरी कुल १५९ वटा उद्योग बन्द भएका छन् । त्यस्तै वाणिज्यतर्फ १८७ प्राइभेट फर्म बन्द भएका छन् । गत आर्थिक वर्षमा ७३ वटा नयाँ उद्योग दर्ता र २९५ वटा नवीकरण भएको घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका सूचना अधिकारी जीवन घिमिरे बताए । वाणिज्यतर्फ ६३ वटा दर्ता र ४२९ वटा नवीकरण भएका छन् । गत आर्थिक वर्षमा २४ लाख ७६ हजार ५ रुपैयाँ राजस्व संकलन भएको घिमिरेले जानकारी दिए । त्यस्तै आर्थिक वर्ष २०७९/८० मा साना उद्योगतर्फ १३२ वटा बन्द भएका छन् । यो वर्ष वाणिज्यतर्फ १८४...
‘हेल्लो सरकार’ लाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको चासो

‘हेल्लो सरकार’ लाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको चासो

Breaking news 2, ताजा अपडेट, समाचार
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हेल्लो सरकार’ का कामलाई प्रभावकारी बनाउने विषयमा चासो दिएका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदबारमा आज निजामति कर्मचारी सङ्गठनका पदाधिकारीसँगको भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले सरकारका काम कारवाहीबारे आम जनताले सहजरुपमा गुनासो र उजुुरी दिन व्यवस्था गरिएको उक्त संयन्त्रलाई प्रभावकारी बनाउन जोड दिएका हुन । प्रधानमन्त्री ओलीले उक्त संयन्त्रका सम्बन्धमा आफूले सम्बन्धित कर्मचारीको टिमसँग बसेर विस्तृत छलफल गर्ने बताएका छन् ।‘हेलो सरकार गुनासो व्यवस्थापन निर्देशिका, २०७८’  बमोजिम उक्त संयन्त्र सञ्चालित छ । सो क्रममा सङ्गठनका अध्यक्ष लेखनाथ कोइरालाले सङ्घीय निजामति ऐन चाँडो ल्याउनुपर्ने लगायत विषयमा ध्यानाकर्षणपत्र बुझाएका थिए । ...
काठमाडौँ उपत्यकामा पहिलोपटक महिला प्रहरी कमान्डर, किरणले सम्हालिन् जिम्मेवारी

काठमाडौँ उपत्यकामा पहिलोपटक महिला प्रहरी कमान्डर, किरणले सम्हालिन् जिम्मेवारी

Breaking news 2, ताजा अपडेट, विविध, समाचार
सुरक्षा संवेदनशील मानिने काठमाडौँ उपत्यकाको सुरक्षा जिम्मेवारी पहिलोपटक महिलाले सम्हालेकी छन्।प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यले सोमबार रानीपोखरीस्थित कार्यालयबाट सरुवा भएका एआईजी दीपक थापालाई बिदाइ गर्दै जिम्मेवारी सम्हालेकी हुन्। जिम्मेवारी सम्हालेसँगै किरण काठमाडौँ उपत्यका प्रहरी कार्यालयको पहिलो महिला प्रमुख बनेकी छन्। यसअघि किरणले एसपी हुँदा भक्तपुर र एसएसपी हुँदा ललितपुर प्रहरी प्रमुखको रूपमा काम गरिसकेकी छन्। काठमाडौं उपत्यका प्रहरी कार्यालय सरुवा हुनुभन्दा ५ महिना पहिले उनी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) निर्देशकको रूपमा काम गरिसकेकी छन्। अहिले भने उनी प्रहरी मुख्यालयको कार्य विभागबाट सरुवा भएकी हुन्। यहाँ कार्यरत एआईजी दीपक थापा सीआईबीमा सरुवा भएका छन्।काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुखको जिम्मेवारीपछि एआईजी बज्राचार्यल...
मंसिर तेस्रो साता स्थानीय तहका ३४ स्थानमा उपचुनाव गर्न आयोगको सुझाव

मंसिर तेस्रो साता स्थानीय तहका ३४ स्थानमा उपचुनाव गर्न आयोगको सुझाव

Breaking news 1, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
प्रधानमन्त्री केपी शर्मा ओलीले र निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरूबीच स्थानीय तहका रिक्त पदमा उपनिर्वाचनको तयारीबारे छलफल भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा आयोगले कीर्तिपुर नगरपालिकाका मेयरसहित ३४ रिक्त पदमा आगामी मंसिर तेस्रो साता निर्वाचन गर्न उपयुक्त हुने सुझाव दिएको छ।प्रधानमन्त्री ओलीले जाडो समयअगावै हुने गरी निर्वाचनको मिति तय गर्न र निर्वाचनमा मितव्ययिता अपनाउन ध्यानाकर्षण गराएका छन्।मिति घोषणा अघि आयोगले सम्बन्धित तहमा मतदाता नामावली अद्यावधिकका लागि आव्हान गर्ने आयोगले जानकारी गराएको छ।छलफलमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, मुख्यसचिव लीलादेवी गड्तौलालगायत सहभागी थिए। ...
काठमाडौं आइपुगे भारतीय विदेश सचिव

काठमाडौं आइपुगे भारतीय विदेश सचिव

Breaking news 2, ताजा अपडेट, विदेश, विविध, समाचार
२७ साउन, काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने भ्रमणका लागि आज काठमाडौं आइपुगेका छन् ।मीश्रीलाई स्वागत गर्न परराष्ट्र सचिव सेवा लम्साल आफैं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेकी थिइन् । मीश्री लम्सालकै निमन्त्रणामा नेपाल आएका हुन् ।नेपालमा कांग्रेस-एमालेको गठबन्धन सरकार बनेपछि भारतको यो नै पहिलो उच्चस्तरीय भ्रमण हो । विदेश सचिव बनेलगत्तै मिश्रीले पहिलो भ्रमण भने भुटानमा गरेका थिए ।नेपाल भ्रमणका क्रममा उनले नेपाल-भारतको सम्बन्ध विस्तार र द्विपक्षीय सहमतिका विविध विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । विदेश सचिव मिश्री २८ साउनमा भारत फर्किने कार्यक्रम छ । ...
बडिगाड पहिरोको असर : ५० परिवार विस्थापित

बडिगाड पहिरोको असर : ५० परिवार विस्थापित

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
२७ साउन, बागलुङ । बाढी पहिरोका कारण बागलुङको बडिगाडमा ५० परिवार विस्थापित भएका छन् । बडिगाड गाउँपालिका–९ को नयाँबस्ती र वडा नं १० आरुपाता, पात्ले, क्लावझिङ, खोर, सल्लेनधारालगायत बस्तीका ५० परिवार विस्थापित भएका हुन् ।बडिगाडमा केही समयअघि गएको पहिरोमा परी ११ जनाको मृत्यु भएको छ भने एक जना अझै सम्पर्कविहीन छन् । विस्थापित परिवारको अहिले बिचल्ली भएको छ । पहिरोका कारण खानेपानी, विद्युत् आपूर्ति हुनसकेको छैन ।बालबालिका र वृद्धवृद्धालाई बढी समस्या परेको छ । स्थानीय भीमबहादुर बुढाले गाउँका धेरै घर पहिरोको जोखिममा रहेको हुँदा बस्ती छाडेर अन्तै जानुपरेको दुखेसो पोखे । आफ्नो घर वरपरका बस्ती पहिरोको जोखिममा रहेका उनले बताए ।विस्थापित परिवारलाई विद्यालय तथा सार्वजनिकस्थलमा व्यवस्थापन गरिरहेको बडिगाड गाउँपालिकाका उपाध्यक्ष भीमसेन वनले जानकारी दिए । गाउँपालिकाले प्रारम्भिक चरणको राहत वितरण गरिरहेको...
अहिलेसम्म पाँच वटा जिल्लामा हैजा पुष्टि : सङक्रमितको सङ्ख्या ४७ पुग्यो

अहिलेसम्म पाँच वटा जिल्लामा हैजा पुष्टि : सङक्रमितको सङ्ख्या ४७ पुग्यो

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
प्रतीकात्मक तस्बिर काठमाण्डौ – पाँच वटा जिल्लामा हैजाको सङक्रमण पुष्टि भएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार अहिलेसम्म ४७ जनामा हैजा देखिएको छ । यसअघि ललितपुर, काठमाण्डौ, कैलाली, प्युठानमा सङ्क्रमित भेटिएकोमा पछिल्लो पटक रुपन्देहीमा हैजाको सङ्क्रमण पुष्टि भएको हो । सबैभन्दा धेरै ललितपुरमा ३४ जनालाई हैजा देखिएको छ । यस्तै, कैलालीमा आठ जना, काठमाण्डौ र प्युठानमा समान दुई/दुई जना र रुपन्देहीका एक जनालाई हैजाको सङ्क्रमण पुष्टि भएको ईडीसीडीका निर्देशक डा.यदुचन्द्र घिमिरेले जानकारी दिनुभयो । हैजा थप फैलिँदै गएको छ । यो ‘भिब्रियो कोलेरा’ प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अति सङ्क्रामक झाडापखालासम्बन्धी रोग हो । हैजालगायत पानीजन्य ...
पामिर एकेडेमीका विद्यार्थीलाई उत्प्रेरणा मूलक तालिम

पामिर एकेडेमीका विद्यार्थीलाई उत्प्रेरणा मूलक तालिम

जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, समाचार, स्थानीय
तिलोत्तमा। पामिर इन्टरनेशनल एकेडेमी तिलोत्तमा २ जानकीनगरले विद्यार्थीलाई उत्प्रेरणामूलक ताालिम दिएको छ ।कक्षा ७, ८, ९ र १० का विद्यार्थीलाई विद्यार्थीमा देखिने मनोवैज्ञानिक अवस्थालाई सहज रुपमा आत्मसात गरेर जीवनलाई कसरी सफलता उन्मुख बनाउन सकिन्छ र खुसी जीवनयापन गर्न सकिन्छ भन्ने विषयमा उत्प्रेरणामूलम तालिम दिइएको हो ।कार्यक्रममा प्रशिक्षक मनिषदेव मिश्रले व्यक्तित्व विकास, नेतृत्व विकास र जीवनमा सफलता प्राप्त गर्नका लागि गर्नुपर्ने कार्यहरुलाई समेटेर उत्प्रेरणामूलक प्रशिक्षण दिएका थिए । प्रशिक्षक मिश्रले सफल जीवनका लागि शिक्षा र सफलताका लागि लक्ष्य निर्धारण आवश्यक रहेको बताएका थिए ।विद्यालयका प्राचार्य गोपाल गौतमले विषयगत ज्ञानका अलावा विद्यार्थीलाई अन्य विषयमा पनि प्रशिक्षण आवश्यक हुने भएकाले विद्यालयले विभिन्न समयमा अतिरिक्त कार्यक्रमहरु गर्दै आएको जानकारी दिए । विद्यार्थीलाई सही ...