काठमाडौँ उपत्यकामा पहिलोपटक महिला प्रहरी कमान्डर, किरणले सम्हालिन् जिम्मेवारी


सुरक्षा संवेदनशील मानिने काठमाडौँ उपत्यकाको सुरक्षा जिम्मेवारी पहिलोपटक महिलाले सम्हालेकी छन्।प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यले सोमबार रानीपोखरीस्थित कार्यालयबाट सरुवा भएका एआईजी दीपक थापालाई बिदाइ गर्दै जिम्मेवारी सम्हालेकी हुन्।

जिम्मेवारी सम्हालेसँगै किरण काठमाडौँ उपत्यका प्रहरी कार्यालयको पहिलो महिला प्रमुख बनेकी छन्। यसअघि किरणले एसपी हुँदा भक्तपुर र एसएसपी हुँदा ललितपुर प्रहरी प्रमुखको रूपमा काम गरिसकेकी छन्।

काठमाडौं उपत्यका प्रहरी कार्यालय सरुवा हुनुभन्दा ५ महिना पहिले उनी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) निर्देशकको रूपमा काम गरिसकेकी छन्। अहिले भने उनी प्रहरी मुख्यालयको कार्य विभागबाट सरुवा भएकी हुन्।

यहाँ कार्यरत एआईजी दीपक थापा सीआईबीमा सरुवा भएका छन्।काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुखको जिम्मेवारीपछि एआईजी बज्राचार्यले सोमबार नै यस कार्यालयका अधिकारी तथा मातहतका कार्यालय प्रमुखहरूलाई निर्देशन दिएकी छन्।

निर्देशनका क्रममा बज्राचार्यले भनिन्, ‘काठमाडौं उपत्यका प्रहरीको कार्यशैली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिविम्बको रूपमा रहने हुनाले उपत्यका प्रहरीले अति उत्कृष्ट तवरबाट कार्यसम्पादन गर्नुपर्छ।’हरेक प्रहरी कर्मचारीले उच्च व्यावसायिकताका साथ सुरक्षा प्रदान गरेको खण्डमा मात्र नेपाल प्रहरीको छवि उच्च हुने उनको भनाइ छ।एआईजी बज्राचार्यले निकट भविष्यमा हुन सक्ने सुरक्षा चुनौतीलाई निस्तेज गर्न मातहतका कर्मचारीसँग समन्वय र सहकार्य गर्दै स्वतन्त्र, निष्पक्ष र भयरहित तवरले आफ्नो व्यावसायिकता प्रस्तुत गर्न पनि निर्देशन दिइन्।

आधुनिक समयमा आपराधिक समूहद्वारा फरकफरक तवरबाट आपराधिक गतिविधि गर्ने हुँदा सूचना संकलनमा प्रभावकारीरूपमा लागी प्राप्त हुन आएका सूचनालाई विधि, प्रविधि र प्रभावकारी तवरले प्रहरी परिचालन गरी काठमाडौं उपत्यकालाई सुरक्षित बनाउन निर्देशन दिइन्।

कार्यक्रममा तीनवटै जिल्ला प्रहरी कार्यालय प्रमुख र मातहतका प्रहरी कार्यालयका प्रमुखहरू सहभागी थिए।

छुटाउनुभयो कि ?

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

काठमाडौंगृहमन्त्री ओमप्रकाश अर्यालले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका छन् ।आम निर्वाचनको तयारीबारे जानकारी लिन ओखलढुङ...
सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै भएको ब...
किन मनाइन्छ मगर दिवस ?

किन मनाइन्छ मगर दिवस ?

ललित बुढा मगरवर्तमान अवस्थालाई चित्रण गर्दा नेपाली जनता धेरै कुराले अधिकार सम्पन्न छन् । विभिन जात जाती, भाषा, धर्म, लिङ्ग आद...
भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

बुटवलनेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भड्किला र उत्तेजक भाषणले मात्रै देश नबन्ने बताएका छन् । बुटवलमा शुक्रबार आयोजित...