२३ औं तिलोत्तमा गोल्ड कप : २ भारतियसहित ८ टिमको सहभागीता
बुटवल । २३ औं तिलोत्तमा गोल्ड कप यहि शनिवारदेखि सु्रु हुदैछ । रुपन्देही जिल्ला फिटवल संघको आयोजनामा हुन लागेको प्रतियोगिता सञ्चालन हुने स्थान देविनगरस्थित एन्फा एकेडेमीको फुटवल मैदानमा तयारीको काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।
प्रतियोगिता सञ्चालन गरिने मैदानलाई सम्याउनेका काम सकिएको र दर्शक बस्ने प्याराफिटको सुधार र रंगरोगन तथा मैदान क्षेत्रलाई आर्कषक बनाउने काम भैरहेको संघका सचिव शंकर मल्लाहाले जनाएका छन् । यता प्रतियोगितामा सहभागी हुने ८ टिमको टुङगो लगाएर टाइसिट तयार भैसकेको छ । संघका अनुसार प्रतियोगितामा आयोजक रुपन्देही–११, चर्च व्याइज युनाइटेड, एपिएफ, संकटा एफसी, मच्छिन्द्र फुटवल क्लब, नेपाल पुलिस क्लब, जर्जियन एफसी, भारत र एडोर्न गडवाल स्पोर्टिङ कलब, भारतको सहभागिता रहने छ । सहभागी ८ टिमलाई दुई समुहमा विभाजन गरि खेलाईने छ ।
जसमा समुह ए मा आयोजक रुपन्देही-११, एपिएफ, संकट...








