देशभरका चिकित्सक आन्दोलित, शुक्रबारदेखि सेवा ठप्प पार्ने
बुटवल
आवासीय चिकित्सकहरुलाई तोकिएको न्युनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकारलाई दबाब दिदै देशभरका चिकित्सकहरु अनिश्चितकालिन आन्दोलनमा उत्रेका छन । आन्दोलनको कार्यक्रम अन्तरगत विहिबार देशभर विरोध सभा गरेका छन ।
यसैक्रममा आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै नेपाल चिकित्सक संघ लुम्बिनी अञ्चल शाखा बुटवलले विहिबार जिल्ला प्रशासन कार्यालय भैरहवामा ज्ञापनपत्रसहित दुई घण्टा धर्ना दिएका छन् । संघका उपाध्यक्ष वर्षा थापा, सचिव प्रकाश बस्नेत, कोषाध्यक्ष रमेश भट्टराई, सदस्य सम्राट पराजुलीले सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जिवी रानालाई ज्ञापन पत्र बुझाउँदै आन्दोलनका कार्यक्रमबारे प्रकाश पारे ।
यसैबीच नेपाल चिकित्सक संघ लुम्बिनी अञ्चल शाखा बुटवलको बिहिबार नै बसेको आकस्मिक बैठकबाट शुक्रबारदेखि आकस्मिक तथा सघन (आईसियु) उपचार सेवाबाहेक सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय भएको महासच...








