Breaking news 2

एसईईमा उत्कृष्ट नतिजा हासिल गर्ने रुपन्देहीका सामुदायिक तथा संस्थागत विद्यालयद्वारा विद्यार्थीलाई सम्मान

एसईईमा उत्कृष्ट नतिजा हासिल गर्ने रुपन्देहीका सामुदायिक तथा संस्थागत विद्यालयद्वारा विद्यार्थीलाई सम्मान

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
रुपन्देही राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा एसईई – २०८१ को नतिजाले शैक्षिक क्षेत्रमा रुपन्देहीलाई अब्बल साबित गरेको छ । शुक्रबार आएको नतिजामा देशभर ६२ प्रतिशत विद्यार्थी ग्रेडेड भएर यस वर्षको नतिजा गतवर्षको भन्दा उल्लेख्य सुधार भएको देखिएको छ । जसमध्ये ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ४८ हजार १७७ जना रहेका छन् । त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउने ८१ हजार ३ सय ८५ जना विद्यार्थी रहेका छन् भने २.८ देखि ३.२ जीपीए ल्याउने विद्यार्थीको संख्या ८९ हजार १२४ जना रहेका छन् । त्यस्तै २.४ देखि २.८ जीपीएसम्म ४८ हजार ४ सय ७९ जना विद्यार्थी रहेका छन् । त्यस्तैगरी २ देखि २.४ जीपीए ल्याउने विद्यार्थीको संख्या ४ हजार १ सय २६ जना रहेका छन् । त्यस्तै २ जीपीए भन्दा कम ल्याउनेको संख्या ८ जना रहेको र १ सय २६ जनाको परीक्षा रद्ध गरिएको छ । रुपन्देहीमा यस वर्...
खुट्टाको सहारा बिनानै परिवारको सहारा बनेका रामप्रसाद

खुट्टाको सहारा बिनानै परिवारको सहारा बनेका रामप्रसाद

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, लेख रचना, विविध, शिक्षा, समाचार, समाज, सम्पादकिय, स्थानीय
बुटवल बुटवलको दीपनगर शिवालय टोलमा बस्दै आएका ६९ वर्षीय रामप्रसाद उपाध्यायका दुबै खुट्टाले काम गर्दैनन् ।५ जनाको परिवार रहेका उनले आफै आम्दानी जुटाएर सम्पूर्ण परिवारको पालनपोषण गर्दै आएका छन् । जन्मजात दुई खुट्टाकाे सहारा विहिन उपाध्यायले बैसाकिकाे सहाराले सामान्य हिडडुल गर्ने गर्छन् । उनले पुजापाठ र जनै बनाउने र बिक्री गर्ने गरी आम्दानीको स्रोत जुटाएर परिवार मात्र पालेका छैनन् एक छोरीलाई युरोपमा अध्ययनको लागि पठाएका पनि छन् । घरमा श्रीमती ,दुई छोरा र एक छोरी गरी पाँच जनाको परिवार रहेका उनी २०३५ सालमा पाल्पाको रैनादेवी छहराबाट बुटवल आएका हुन्। पाल्पाबाट खाली हात आएका उपाध्याय बुटवल आएर बुटबलको दीपनगर शिवालय मन्दिरमा पुजारी बने। केही समय पछाडि सोही मन्दिर नजिक शिवालयपथ सिद्धेश्वरी मैदानको किनारमा थोरै जग्गामा बसोबास गर्न थाले। तथापि उनीसँगै बुटवल दिपनगरका अन्य बस्तीहरूले ...
रुपन्देहीको क्षेत्र नं ३ मा कार्तिक १७ गते उप-चुनाव हुने

रुपन्देहीको क्षेत्र नं ३ मा कार्तिक १७ गते उप-चुनाव हुने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
बुटवल रूपन्देही क्षेत्र नं–३ मा आगामी कात्तिक १७ गते उपचुनाव हुने भएकाे छ। उक्त निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा सदस्य दिपक बाेहाेराकाे निधनका कारण रिक्त रहेको थियो। कात्तिक १७ गते रूपन्देही–३ उपचुनाव गर्ने निर्णय भएकोकार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए। गत असार ६ गते निर्वाचन आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर रूपन्देही–३ को प्रतिनिधि सभा र मनाङ (२) को प्रदेश सभा निर्वाचन कात्तिकको दोस्रो साता गर्नेबारे परामर्श गरेको थियो। तर मनाङका बिषयमा अझै टुंगो लागेको छैन। रूपन्देही–३ मा सिद्धार्थ नगरपालिकाका १३ वटा वडा, बुटवल उपमहानगरपालिकाका ६ वटा, सियारी गाउँपालिकाका ६ वटा वडा, तिलोत्तमा नगरपालिकाका ४ वटा वडा समेटिएका छन्। यो क्षेत्र सुनौली नाकादेखि पूर्वपश्चिम राजमार्गसम्म उत्तरदक्षिण फैलिएको छ। राप्रपाबाट निर्वाचित सा...
पहिरोले गुल्मीको वामी–रिडी सडकखण्ड अवरुद्ध

पहिरोले गुल्मीको वामी–रिडी सडकखण्ड अवरुद्ध

Breaking news 2, ताजा अपडेट, समाचार, सम्पादकिय
१६ असार, गुल्मी । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका–८ तल्लो फाँटस्थित वामी–रिडी सडक खण्डमा पहिरो खसेपछि यातायात आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ । अविरल वर्षाका कारण सडकमा ठूलो पहिरो खस्दा आउ–जाउ पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले बताए ।वामी–रिडी सडकखण्ड गुल्मी जिल्लाको प्रमुख आवागमन मार्गमध्ये एक हो । सडक अवरुद्ध हुँदा दैनिक यात्रा गर्ने सर्वसाधारण, यात्रुहरू मारमा परेका छन् । पहिरो गएको स्थानमा प्रहरी चौकी मजुवा, गुल्मीबाट प्रहरी सहायक निरीक्षक (प्र.स.नि.) शिवधन प्रसाद कठरियाको नेतृत्वमा टोली खटिएको छ । स्थानीय सरकार, प्रशासन, प्रहरी र स्थानीयवासीको सहकार्यमा पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको छ । ...
प्रभु साहले च्याते सङ्घीय निजामती सेवा विधेयक, छाडे बैठक

प्रभु साहले च्याते सङ्घीय निजामती सेवा विधेयक, छाडे बैठक

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौँ सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि असहमति प्रकट गर्दै आम जनता पार्टीका सांसद प्रभु साहले सो विधेयक च्यातेका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आजको प्रतिनिधि सभा बैठकमा सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरे पछि छलफलमा सहभागी भएका साहले सो विधेयक च्यातेका हुन् । मन्त्री गुप्ताले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित उक्त विधेयकमाथि छलफलका लागि संसद्‌मा प्रस्तुत गरेका थिए । सो विधेयकमा अमनलाल मोदी, जनार्दन शर्मा, प्रभु साहलगायतले  आफ्नो धारणा राखिसकेका छन् । सो विधेयक तल्लो तहमा कार्यरत कर्मचारीको पक्षमा नभएको भन्दै सांसद साहले विधेयक च्यातेर बैठकबाट बाहिरिएका छन् । ...
बुटवलमा स्कूल भ्यान र स्कूटर ठोक्किँदा एक जना गम्भीर घाइते

बुटवलमा स्कूल भ्यान र स्कूटर ठोक्किँदा एक जना गम्भीर घाइते

Breaking news 2
रूपन्देही ,असार १५ बुटवल , उपमहानगरपालिका-११, देवीनगर भुवनसिंह मार्गमा आज भएको सवारी दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्। अल्ट्रीजम केयर सेन्टर योगिकुटीको स्कूल भ्यान (लु १ ज २४२७) र स्कूटर (लु १३ प २३३३) एकआपसमा ठोक्किँदा स्कूटर चालक गम्भीर घाइते भएका हुन्।स्थानीयका अनुसार दुबै सवारी साधन तीव्र गतिमा थिए। दुर्घटना लगत्तै घाइतेलाई तत्काल अस्पताल लगिएको छ, तर घाइतेको नाम र थप विवरण खुल्न बाँकी छ। प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ।यस्ता दुर्घटना कम गर्न सवारी चालकहरूलाई गति नियन्त्रण गर्न र सावधानी अपनाउन स्थानीयले आग्रह गरेका छन्। ...
आज असार १५: धान दिवससंगै दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

आज असार १५: धान दिवससंगै दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

Breaking news 2, कृषि, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार
प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् । हाम्रो संस्कृतिमा दहीको स्थान महत्त्वपूर्ण छ । शुभ कार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्त्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभ काममा निस्कनुअघि सगुनका रूपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ । दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता श...
प्रतिनिधिसभाबाट आर्थिक विधेयक-२०८२ पारित

प्रतिनिधिसभाबाट आर्थिक विधेयक-२०८२ पारित

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
काठमाडौं  प्रतिनिधिसभाबाट आर्थिक विधेयक-२०८२ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए । उक्त विधेयक बहुमतले पारित भएको हो । आजको बैठकमा आर्थिक विधेयक, २०८२ माथि प्राप्त संशोधनहरु माथि छलफल भएको थियो । संशोधन प्रस्तावमाथिको छलफलका क्रममा छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले कर नीतिमा स्थिरता कायम गरी लगानीको वातावरण बनोस् भन्ने उद्देश्यसहित धेरै हेरफेर नभएको बताए ।  करको दायरा विस्तार गर्ने, राजस्व चुहावट नियन्त्रण गर्ने, अनौपचारिक अर्थतन्त्रलाई करको दायरामा ल्याउने लगायतका विषयहरु आर्थिक ऐनको प्राथमिकतामा रहेको उनको भनाइ थियो । हरेक वर्ष राजस्वका दरहरु हेरफेर गर्दा लगानीकर्तालाई त्यसले समस्या पार्नसक्ने अवस्थालाई मध्यनजर गर्दै नीतिगत स्थिरतामा जोड दिइएको अ...
एसईई २०८१ : रुपन्देहीबाट ७७ विद्यार्थीले ल्याए ४ जीपीए

एसईई २०८१ : रुपन्देहीबाट ७७ विद्यार्थीले ल्याए ४ जीपीए

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार
बुटवल रूपन्देही जिल्लाका विभिन्न विद्यालयहरूबाट एसईई २०८१ को नतिजाअनुसार हालसम्म ४.० जिपिए ल्याउने विद्यार्थीहरूको संख्या उल्लेखनीय रूपमा बढ्दै गएको छ । अधिकांश विद्यालयले उत्कृष्ट नतिजा दिँदै शैक्षिक प्रतिस्पर्धामा आफ्नो पहिचान बलियो बनाएका छन् । शान्ति नमुना माध्यमिक विद्यालय, तिलोत्तमा यसपटकको नतिजामा सबैभन्दा अगाडि देखिएको छ । हालसम्मको विवरण अनुसार सो विद्यालयबाट १८ जना विद्यार्थीले जिपिए ४.० ल्याएका छन्। त्यसैगरी न्यु होराईजन स्कुल, बुटवलबाट ११ जना, अक्सफोर्ड मावि बुटवलबाट १० जना, कालिका मानवज्ञान माविबाट ७ जना विद्यार्थीले जिपिए ४.० ल्याएका छन्। त्यस्तै नयाँगाउँ मावि बुटवलबाट ३ जना, न्यू लुम्बिनी ई.बो. स्कुल देवदहबाट ४ जना, सैनामैना नमुना माविबाट ४ जना, दिप बोर्डिङ स्कुल बुटवल, तिनाउ इङलिश बोर्डिङ स्कुल बुटवल, गार्गी एकेडेमी बुटवल, प्रभात इङ्ग्लिस बोर्डिङ स्कुल सैना...
२१ वर्षसम्म अपराधीले छले प्रहरी ! 

२१ वर्षसम्म अपराधीले छले प्रहरी ! 

Breaking news 2, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार
विश्वास ढकाल, बुटवल २०६८ साल कार्तिक ११ गते राती करिब १० बजेको समयमा पाल्पाको माथा गढी गाउँपालिका चिदीपानी १ मा १८ वर्षका नरवीर सार्कीको अज्ञात व्यक्तिले हत्या गर्छन् । श्रीमतीलाई हातपात गरेको विषयले सन्त बहादुर सार्कीले नरवीरको हत्या गरेको प्रहरीको अनुसन्धानमा पुष्टि हुन्छ । घटना भएको केही समयपछि पुगेको प्रहरीले घटनामा मृतकका आफ्नै काका सन्त बहादुर सार्की नै भएको अनुसन्धान बाट पुष्टि गर्दै मुद्दा दायर गरे पनि घटनामा संलग्न सन्त बहादुर घटनाकै दिन फरार हुन्छन् । सार्कीको खोज कार्य भए पनि फेला परेका थिएनन् । भारतको हरीयाणा बस्दै आएका सन्तलाई १४ वर्षपछि पाल्पा प्रहरीले भारतबाट समाएर पाल्पा ल्याएको छ । उनी १४ वर्षदेखि भारतमा बस्दै आएका थिए । यस्तै पाल्पा प्रहरीले २१ वर्षदेखि फरार रहेका पाल्पाको सिलुवा गाविस हाल पूर्व खोला गाउँपालिका ९ बस्ने वर्ष ६६ का पूर्ण बहादुर सार्कीलाई प्रहरीले...