श्रीलंकामा बाढीपहिरोबाट १३२ जनाको मृत्यु, आपतकाल घोषणा


काठमाडौं

श्रीलंकामा ‘दितवा’ नामको तूफानका कारण भिषण वर्षासँगै आएको बाढीपहिरोबाट कम्तिमा १३२ जनाको मृत्यु भएको छ । १७६ जना बेपत्ता छन् ।

यो प्राकृतिक विपत्तीपछि राष्ट्रपति अनुरा कुमारा दिशानायकेले आपतकाल घोषणा गर्दै अन्तर्राष्ट्रिय समुदायसँग सहयोग मागेका छन् । श्रीलंका सरकारले विदेशमा रहेका आफ्ना नागरिकहरुलाई स्वदेश पैसा पठाउन आह्वान गरेको छ ।

श्रीलंकामा पछिल्ला आठ वर्षमा आएको सबैभन्दा ठूलो प्राकृतिक विपत्ति हो । यसअघि २०१७ मा आएको बाढी–पहिरोमा परी २०० जनाको मृत्यु भएको थियो भने लाखौं मानिस बेघर भएका थिए ।

श्रीलंका विपद् व्यवस्थापन विभागका अनुसार पछिल्लो प्राकृत्तिक विपत्तिमा १५ हजारभन्दा बढी घर नष्ट भएका छन् भने ७८ हजार मानिसलाई सरकारी अस्थायी शिविरहरूमा राखिएको छ ।

श्रीलंका विपद् व्यवस्थापन विभागका महानिर्देशक सम्पत कुतोवेगोदाले भनेका छन्, ‘हाम्रोमा १३२ जनाको मृत्युको पुष्टि भएको छ भने १७६ जना बेपत्ता छन् । राहत तथा उद्धारका काममा सेना, वायुसेना र नौसेनाको सहारा लिइएको छ ।’

मध्य श्रीलंकामा पर्ने बादुल्ला जिल्ला सडक सम्पर्क विच्छेद भएको छ, जसका कारण धेरै ग्रामीण बस्तीसम्म राहत सामग्री पुर्‍याउन समस्या भइरहेको छ ।

सबैभन्दा प्रभावित मध्येको एक मास्पान्ना गाउँका बासिन्दा समन कुमाराले एक स्थानीय मिडियासँग भनेका छन्, ‘हामी गाउँ छोड्न सक्दैनौं र कोही यहाँ आउन पनि सक्दैन, किनकि पहिरोले सडकहरू भत्किएका छन् । यहाँ खाना छैन र पिउने पानीको पनि समस्या छ ।’

श्रीलंकाका प्रधानमन्त्री हारिनी अमारासूर्या कोलम्बोमा रहेका विभिन्न देशका राजदूतहरुसँग भेट्दै उनीहरूलाई देशको गम्भिर अवस्थाबारे जानकारी गराइरहेका छन् र सहयोग गर्न आग्रह गरिरहेका छन् ।
सबै कुरा अस्तव्यस्त

अधिकारीहरूका अनुसार श्रीलंकाको एक तिहाइ भूभागमा न त बत्ती छ, न त पानीको धारा चलिरहेको छ, किनकि विद्युत् लाइनहरू ध्वस्त भएका छन् । पानी शुद्धीकरण केन्द्रहरू समेत बाढी र डुबानबाट प्रभावित भएका छन् । धेरै क्षेत्रमा इन्टरनेट सेवा पनि अवरुद्ध भएको छ ।

यसबीच, राजधानी कोलम्बोबाट करिब ११५ किलोमिटर पूर्व क्यान्डीमा पनि पहिरोले सडकहरू भत्किएको खबर छ, जसका कारण धेरै ठाउँसम्म पुग्न सम्भव छैन ।

सबैभन्दा पहिले भारतले पठायो सहयोग

श्रीलंकामा परेको विपत्तीमा भारतले सबैभन्दा पहिलो सहयोग सामग्री पठाएको छ ।

दुईवटा विमान राहत सामग्री लिएर त्यहाँ पुगेका छन् भने पहिले नै कोलम्बोमा रहेको एउटा भारतीय जहाजले आफ्ना खाद्यान्न प्रभावित क्षेत्रमा उपलब्ध गराएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले श्रीलंकामा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै थप सहयोग गर्ने आश्वासन दिएका छन् ।

यसबीच दितवा तूफान शनिबार श्रीलंका पार गर्दै भारततर्फ अघि बढिरहेको छ । त्यसलाई ध्यानमा राख्दै चेन्नई विमानस्थलमा ५४ उडानहरू रद्द गरिएको छ । भारत मौसम विभागले आगामी ४८ घण्टामा भीषण वर्षा र तूफानको चेतावनी दिएको छ ।

छुटाउनुभयो कि ?

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...
मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

काठमाडौँपुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्र...
भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

काठमाडौंभारतको हिमाञ्चलस्थित सोलन जिल्लाको अर्कीमा ग्यास सिलिन्डर विष्फोटपछिको आगलागी घटनामा नेपालीसहित ६ जना बेपत्ता भएका छन...