Breaking news 2

एमाले महाधिवेशनको व्यवस्थापन अन्तिम चरणमा, १० हजार स्वयंसेवक परिचालन गरिँदै

एमाले महाधिवेशनको व्यवस्थापन अन्तिम चरणमा, १० हजार स्वयंसेवक परिचालन गरिँदै

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
भक्तपुरनेकपा एमालेले पार्टीको ११ औं महाधिवेशनको उद्घाटनका लागि मञ्च निर्माणको काम अन्तिम चरणमा पुगेको जनाएको छ ।महाधिवेशनको अघिल्लो दिन शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी मञ्च निर्माण र व्यवस्थापनको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको हो ।मञ्च व्यवस्थापन संयोजक विनोद श्रेष्ठले मञ्च व्यवस्थापनको तयारी अन्तिम चरणमा पुगेको र आज साँझसम्म सम्पूर्ण काम सकिने जानकारी दिए ।जनपरिचालनका सञ्चालक डा. राजन भट्टराईले महाधिवेशनका लागि नयाँ कलात्मक शैलीको मञ्च निर्माण गरिएको बताए । झन्डै ३ लाख नेता तथा कार्यकर्ताको उपस्थित रहने दावी गर्दै उनले कार्यक्रममा सहभागी हुन आउने नेता तथा कार्यकर्ताको सहजताका लागि विशेष व्यवस्था गरिएको जानकारी दिए । नेता भट्टराईका अनुसार दुई सय बढी नेपाली संस्कृति झल्काउने झाँकीको प्रदर्शन हुनेछ । यसैगरी महाधिवेशन स्वयंसेवक परिचालन समितिको संयोजक भानुभक्त ढकालले महाधि...
एमालेको सचिवालय बैठक आज बस्दै

एमालेको सचिवालय बैठक आज बस्दै

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
बुटवल नेकपा एमालेले सचिवालयको बैठक बोलाएको छ। बैठक आज दिउँसो १ बजे बस्नेगरि बोलाएको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।विधान संशोधन र महाधिवेशन प्रतिनिधिको मनोनयन मुख्य एजेन्डा रहेका छन्। एमालेले विधान संशोधन गरेर पदाधिकारी संख्या र केन्द्रीय समितिको आकार बढाउने तयारी गरेको छ। अहिले विधान अनुसार १५ जना पदाधिकारी मात्रै रहने व्यवस्था छ। भदौ २०-२२ सम्म ललितपुरमा भएको दोस्रो विधान महाविधेशनले १९ जनाको पदाधिकारी घटाएर १५ जनामा सिमित गरेको थियो। यस्तै स्थायी कमिटी नराख्ने, पोलिटब्युरोको संख्या घटाउने र केन्द्रीय समिति समेत ३०१ बाट घटाएर २५१ मा झार्ने निर्णय गरेको थियो। अध्यक्ष केपी शर्मा ओलीले आफ्नो समूहबाट पदाधिकारीका आकांक्षी धेरै भएपछि विधान संशोधन गरेर व्यवस्थापन गर्न लागेका हुन्। यता अध्यक्षमा उम्मेदवारी घोषणा गरेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षले विधान संश...
म्यानमारको अस्पतालमा  सेनाको हवाइ आक्रमण, कम्तीमा ३४ जनाको मृत्यु

म्यानमारको अस्पतालमा सेनाको हवाइ आक्रमण, कम्तीमा ३४ जनाको मृत्यु

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौंबुधबार राति म्यानमार सेनाले देशको पश्चिममा रहेको एक अस्पतालमा गरेको हवाई आक्रमणमा कम्तीमा ३४ जनाको मृत्यु भएको छ र दर्जनौँ घाइते भएको स्थानीय स्रोतहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अस्पताल राखाइन राज्यको म्राउक-उ सहरमा रहेको छ, जुन क्षेत्र अराकान आर्मीको नियन्त्रणमा छ । यो देशको सैन्य शासनविरुद्ध लड्ने सबैभन्दा शक्तिशाली जातीय सेनामध्ये एक हो। २०२१ मा सेनाले सत्ता कब्जा गरेपछि सुरु भएको गृहयुद्धमा हजारौँको मृत्यु भइसकेको छ र लाखौँ विस्थापित भएका छन्। हालका महिनाहरूमा सेनाले जातीय सेनाबाट भूभाग पुनः कब्जा गर्न हवाई आक्रमण तीव्र पारेको छ। यसले शत्रुहरूलाई लक्षित गर्न पेराग्लाइडर प्रयोग गरेर बम पनि खसालेको छ। म्यानमार सेनाले यस आक्रमणबारे कुनै टिप्पणी गरेको छैन। यो घटनाक्रम यस महिनाको अन्त्यतिर हुने पहिलो चुनावको तयारीकै बीचमा भएको हो।तर टेलिग्राममा रहेका सेनाप्रेमी ख...
एनपीएलको दोस्रो क्वालिफायरमा आज विराटनगर र लुम्बिनी भिड्दै

एनपीएलको दोस्रो क्वालिफायरमा आज विराटनगर र लुम्बिनी भिड्दै

Breaking news 2, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँनेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दोस्रो क्वालिफायर अन्तर्गतको खेल हुदैछ । दोस्रो क्वालिफायरमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच दिउसो ४ बजेदेखि शुरु हुदैछ । विराटनगर किंग्स पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएर दोस्रो क्वालिफायर खेल्न लागेको हो । त्यस्तै लुम्बिनी लायन्सले इलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई पराजित गरेर दोस्रो क्वालिफायर खेल्न लागेको हो ।लुम्बिनीबाट कप्तान रोहित पौडेल, डिआर्ची शर्ट, शेर मल्ल, दिलिपनाथ र सन्दीप जोरलगायतक खेलाडी रहेका छन् भने सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरमा लोकेश बम, प्रतिश जिसी जस्ता राष्ट्रिय खेलाडी छन् भने जर्ज मुन्सी, मार्टिन गप्टिल, शुभम सुबहस रंजने, मर्चेन्ट डी लंगे, फाफ डु प्लेसिस जस्ता विदेशी खेलाडी रहेका छन् । ...
नीति र नेतृत्वको निर्णय एउटै मञ्चबाट गर्दा नीतिगत बहस ओझेलमा पर्छ: एमाले उपमहासचिव ज्ञवाली

नीति र नेतृत्वको निर्णय एउटै मञ्चबाट गर्दा नीतिगत बहस ओझेलमा पर्छ: एमाले उपमहासचिव ज्ञवाली

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंनीति र नेतृत्वको निर्णय एउटै मञ्चबाट गर्दा नीतिगत बहस ओझेलमा पर्ने र नेतृत्वको पक्षधरताले प्रभाव पार्ने विगतका अनुभवको निष्कर्षका आधारमा हामीले विधान महाधिवेशन र राष्ट्रिय महाधिवेशनलाई अलग-अलग आयोजना गर्ने व्यवस्था गरेका छौँ । तसर्थ, विधान महाधिवेशनका बेला नेतृत्वको र नेतृत्व चयन गर्ने महाधिवेशनका बेला नीतिको बहस गर्नु सान्दर्भिक हुँदैन ।दुई महाधिवेशनका बिचमा राष्ट्रिय राजनीतिमा कुनै फेरबदल आयो र पार्टीका तात्कालिक नीतिहरूमा फेरबदल गर्नुपर्ने भयो भने त्यस्तो अख्तियारी महाधिवेशनले केन्द्रीय कमिटीलाई दिएकै हुन्छ । प्रत्येक घटनाबारे छलफल गर्न महाधिवेशनकै आयोजना गर्नु या त्यसको मञ्च प्रयोग गर्नु संभव र व्यवहारिक दुबै हुँदैन ।सातौँ महाधिवेशनले पारित गरेको ‘राजतन्त्रको पारदर्शिता र प्रजातान्त्रीकरण’ को निष्कर्ष माघ १९ को घटनाले असान्दर्भिक, व्यर्थ र गलत साबित गरिदियो। तर हामीले महाध...
बयानमा नआउने ओलीको अडान, प्रहरी परिचालन गर्ने आयोगको तयारी

बयानमा नआउने ओलीको अडान, प्रहरी परिचालन गर्ने आयोगको तयारी

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँ२३ र २४ भदौका घटना जाँचबुझ गर्न गठित आयोगले नीतिगत निर्णय गर्ने र निर्देशन दिने तहका अधिकारीहरूको बयान लिन थालेको छ । तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक बयानमा नआउने देखिएपछि आयोगले उनीहरूलाई पक्राउ गरेर बयानमा ल्याउने रणनीति बनाएको छ ।५ असोजमा गठित आयोगको म्याद ३ महिना अर्थात् ५ पुसभित्र सकिँदैछ । करिब २ सातामात्रै म्याद बाँकी रहँदा आयोगले बयानसमेत सकेको छैन । फिल्डमा खटिएका र आदेश कार्यान्वयन गर्ने तहमा रहेका सुरक्षाकर्मी तथा प्रशासकको बयान सकेर आयोग राजनीतिक तहमा प्रवेश गर्न थालेको छ । आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार करिब डेढ सय जनासँग बयान सकिएको छ । अब तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री लेखक, तत्कालीन गृह सचिव गोकर्णमणि दुवाडी, प्रधानसेनापति अशोकराज सिग्देल र नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीको बयान लिन ...
बुटवलको एनसेल सेन्टरमा ताला

बुटवलको एनसेल सेन्टरमा ताला

Breaking news 2, अपराध, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलदूरसञ्चार सेवा प्रदायक एनसेलले असम्बन्धित व्यक्तिलाई ई-सीम जारी गर्दा बुटवलका एक युवा स्क्यामरको गठीमा परेका छन् । बुटवलका समुद्र श्रेष्ठबाट स्क्यामरले पाँच लाख ७१ हजार रुपैयाँ लुटिदिएपछि पीडित व्यक्तिसहित युवाहरुले बुटवलको एनसेन सेन्टरमा मँगलबार ताला लगाएका छन् ।विदेश यात्राका लागि भन्दै श्रेष्ठले पेस गरेको पासपोर्ट, नागरिकताको प्रतिलिपी लगायतका कागजातको दुरुपयोग गर्दै स्क्यामरले उनले प्रयोग गर्दै आएको एनसेल सीमबाट ई-सीम निकालेर उनको विभिन्न बैंकमा रहेको रकम लुटिदिएको हो ।पीडितका अनुसार गएको शुक्रबार (मंसिर १९ गते) अनलाइन विज्ञापनको आधारमा जीवन पौडेल नाम गरेका एक जना व्यक्तिलाई आफ्नो कागजातका प्रतिलिपी दिएका थिए । सोही कागजातको आधारमा उक्त व्यक्तिले पीडिट श्रेष्ठले प्रयोग गर्दै आएको एनसेल नम्बराबाट ई–सीम निकालेपछि सोही सीमको प्रयोग गरी विभिन्न बैंक खातामा रहेका रकम लुटेका थिए ।य...
मतदाता नामावलीको त्रुटी सच्याउन र दाबि विरोधका लागि मङ्सिर २६ सम्मको समय

मतदाता नामावलीको त्रुटी सच्याउन र दाबि विरोधका लागि मङ्सिर २६ सम्मको समय

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँनिर्वाचन आयोगले फागुन २१ हुने प्रतिनिधि सभाको निर्वाचनका लागि मतदान गर्न मतदाता नामावलीमा नाम दर्ता गरेका मतदाताले मङ्सिर २६ गतेसम्म त्रुटी सच्याउने समय दिएको छ ।आयोगले मङ्सिर २६ गतेसम्म मतदाताले नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र नाम कायम गर्न निवेदन दिने, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनको लागि सूचना दिने लगायतका मतदाता नामावली अद्यावधिक (दाबी विरोध) कार्यक्रममा उल्लिखित कार्यहरू गर्ने गरी कार्यक्रम निर्धारण गरिएको जानकारी दिएको छ ।आयोगले सूचना बमोजिम मतदाता नामावली अद्यावधिक प्रक्रिया पूरा भएपछि अन्तिम मतदाता नामावली प्रकाशित हुने जनाएको छ ।साथै मतदाताको सहजताका लागि तोकिएको मापदण्...
उद्योगी र उपभोक्ताको सामीप्यता बढाउन औद्योगिक प्रदर्शनी

उद्योगी र उपभोक्ताको सामीप्यता बढाउन औद्योगिक प्रदर्शनी

Breaking news 2, समाचार
काठमाडौँरुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसंघको संरक्षकत्वमा राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव हुने भएको छ । आगामी पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलमा १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव हुने भएको हो । औद्योगिक प्रदर्शनीका विषयमा काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०८२ को नारा ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार’ रहेको छ। सङ्घले २०४५ सालमा नेपालमै पहिलो पटक र २०५३ सालदेखि निरन्तर औद्योगिक प्रदर्शनी आयोजना गरिएको जनाएको छ । बुटवलस्थित अन्तराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने औद्योगिक प्रदर्शनीमा स्वदेशी उत्पादन, नयाँ प्रविधि, पर्यटन तथा कृषि उत्पादनसँग सम्बन्धित वस्तुहरूका लागि छुट्टाछुट्टै ...
बुधबारदेखि नागढुंगा–नौबिसे–मलेखु सडक खण्ड दैनिक ५ घन्टा आंशिक रुपमा बन्द हुने

बुधबारदेखि नागढुंगा–नौबिसे–मलेखु सडक खण्ड दैनिक ५ घन्टा आंशिक रुपमा बन्द हुने

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार
काठमाडौँआगामी बुधबारदेखि नागढुंगा–नौबिसे मलेखु सडक खण्ड दैनिक ५ घन्टा बन्द हुने भएको छ । उक्त सडक खण्डमा कालोपत्र गरी स्तरोन्नतिको काम गर्नुपर्ने भएकाले आंशिक रुपमा सडक बन्द गर्न लागिएको हो ।उक्त सडकको काठमाडौं जिल्ला भित्र पर्ने नागढुंगा–पिप्लामोड खण्डको कालोपत्र गर्ने कार्यलाई सडक विभागले उच्च प्राथमिकताका राखेको छ । त्यसैले उक्त खण्ड अन्यत्र भन्दा साँघुरो भएको र कालोपत्र गर्नका लागि एकै पटकमा धेरै हेभी उपकरण तथा ढुवानीका साधन परिचालन गर्नुपर्ने भएकाले केही समय सवारी आवागमन रोकेर काम गर्न लागिएको नागढुंगा–मुग्लिन सडक योजना पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाले बताए । उनका अनुसार धादिङको गल्छी–गजुरी खण्डको साँघुरो र जोखिमपूर्ण रहेको पोखरेभिर क्षेत्रमा सडक चौडा गर्नुपर्ने हुँदा नागढुंगादेखि पिप्लामोडसम्म र पोखरेभीर क्षेत्रमा मंसिर २४ (बुधबार) देखि पुस १ गतेसम्म बिहान साढे १० देखि द...