Breaking news 2

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले फाल्गुन २१को निर्वाचन वहिष्कार गर्ने

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले फाल्गुन २१को निर्वाचन वहिष्कार गर्ने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
बुटवल क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले फाल्गुन २१को निर्वाचन वहिष्कार गर्ने निर्णय गरेको छ।क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको जिल्ला संगठन समिति रुपन्देही द्वारा सोमबार बुटवलमा पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो।पत्रकार सम्मेलनमा केन्द्रीय स्थायि समिति सदस्य कृष्णराज पौडेलले अहिलेको सरकार र यो सरकारले निर्वाचन गरि वन्ने सरकार देशको स्वाभिमान अनुरुपको नहुने र विदेशीको कठपुतली सरकार भएको र सोही अनुसार निर्वाचित हुने हुनाले आफ्नो पार्टीले सहभागिता नजनाउने वताएका छन्।जारी प्रेस विज्ञप्तिमा भनिएको छ। २०८२ साल भाद्र २३ गते जेन-जीहरूको शान्तिपूर्ण तथा न्यायपूर्ण आन्दोलनलाई देशी विदेशी प्रतिक्रियावादी शक्तिहरूले हिंसात्मक रूप दिएर त्यही पृष्ठभूमिमा नेपाललाई प्रतिगमनतर्फ धकेले। संसदीय व्यवस्थाका सरकार प्रमुख नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट र...
रवि छुटेको दुई दिनपछि धरौटी बुझाएर छुटे छविलाल

रवि छुटेको दुई दिनपछि धरौटी बुझाएर छुटे छविलाल

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँ बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका नेपाल प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) छविलाल जोशी रिहा भएका छन्।रुपन्देही जिल्ला अदालतका न्यायाधीश डिल्लीराम शर्मा अर्यालको इजलासले आइतबार धरौटी माग गरेर रिहा गर्ने आदेश दिएको हो। जोशीले एकमुष्ट तीन करोड बैंक जमानत बुझाएपछि आइतबार रिहा गरिएको जिल्ला अदालतले जनाएको छ। उच्च अदालत तुलसीपुरको बुटवल इजलासले गत बिहीबार रवि लामिछानेलाई बिगो बापत जमानत लिएर रिहा गर्न आदेश दिँदा जोशीको हकमा पनि सक्कल जमानतसहित निवेदन दिएमा पुनःविचार गर्न आदेश दिएको थियो। त्यतिबेला रवि लामिछानेलाई भने एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तर उच्च अदालतले रविलाई थुनामा पठाउने आदेश गर्दै जोशीलाई पनि थुनामै राख्ने आदेश सदर गरेको थियो। सर्वोच्चले पनि थुनामा राख्ने आदेश नै सदर गरेको थियो। त्यसपछि दुवै ज...
घट्यो सुनको मुल्य

घट्यो सुनको मुल्य

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार
काठमाडौंनेपाली बजारमा आज सुनको मुल्य सामान्य घटेको छ भने चाँदीको मुल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मुल्य तोलाको एक सयले घटेर तोलाको २ लाख ५८ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ५८ हजार ४ सयमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको सय रुपैयाँले बढेर ४१०५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ४००५ मा कारोबार भएको थियो । ...
चुनाव सारे देशमा दुर्घटनामा जान्छ, हाम्रो शक्तिलाई खेलाँची नठानियोस् : प्रचण्ड

चुनाव सारे देशमा दुर्घटनामा जान्छ, हाम्रो शक्तिलाई खेलाँची नठानियोस् : प्रचण्ड

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंनेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले चुनाव सार्ने, पछि धकेले आफूहरू चुप नबस्ने चेतावनी दिएका छन्।काठमाडौंमा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै आफूहरूले देशैभरी जनताको महासागर उतारेको जिकिर गरे।उनले भने, ‘हामीले देशभर जनताको विशाल उपस्थिति देखाइसकेको छौँ। यसलाई खेलाँची नठानियोस्। यो शक्तिलाई जिस्काएर संविधानसँग फेरि खेलबाड गरियो भने यो शक्ति सडकमा आउनेछ। यो त्यस्तो शक्ति हो जसले हिजो जनयुद्ध गरेर राजसंस्था ढाल्यो।’ ...
पत्रकारिताको मर्यादा जोगाउन पत्रकारनै जिम्मेवार हुन आवश्यक: प्रेस काउन्सिल अध्यक्ष डा.आचार्य

पत्रकारिताको मर्यादा जोगाउन पत्रकारनै जिम्मेवार हुन आवश्यक: प्रेस काउन्सिल अध्यक्ष डा.आचार्य

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
बुटवलप्रेस काउन्सिल नेपालका अध्यक्ष डाक्टर कुमार आचार्यले पत्रकारिताको मर्यादा जोगाउन पत्रकार नै जिम्मेवार बन्नुपर्ने बताएका छन्। प्रेस काउन्सिल नेपालको आयोजना र पत्रकार महासङ्घ रूपन्देहीको सह आयोजनामा शनिबार बुटवलमा सम्पन्न पत्रकार आचार संहिता जागरण कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले अहिले बढ्दो प्रविधिसँगै सामाजिक सञ्जालहरूको उपयोग बढेको र पत्रकारलेनै पत्रकारिताको विश्वासनीयता र निष्पक्षताबाट पहिचान जोगाइराख्नुपर्ने धारणा राखेका हुन् । सँगै सामाजिक सञ्जालमा विकृति बढेकोले नियमनको आवश्यकता महसुस गरेको बताए।पत्रकारिता बिस्तारै मर्दै गएकोले यसलाई जोगाई राख्न र थप सक्रिय बनाउन सरोकारवाला आफै जागरुक हुनुपर्ने भन्दै प्रेस काउन्सिलले सञ्चार माध्यमलाई सुव्यवस्थित बनाउन पहल गर्ने बताए।राज्यले पनि सञ्चारको मूल मर्मलाई अंगीकार गरी नियमन र प्रभावकारीता बढाउन चाहेको धारणा राखे।उनले अहिले आफू सु...
गुल्मी रेसुङ्गा–६ रुपन्देही सम्पर्क समाजको तेस्रो साधारण सभा सम्पन्न

गुल्मी रेसुङ्गा–६ रुपन्देही सम्पर्क समाजको तेस्रो साधारण सभा सम्पन्न

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, समाज, स्थानीय
सामाजिक एकता, भातृत्व र जन्मभूमिप्रतिको जिम्मेवारीलाई निरन्तरता दिने प्रतिबद्धता गुल्मी रेसुङ्गा–६ रुपन्देही सम्पर्क समाजको तेस्रो साधरण सभा सम्म्पन भएको छ । गुल्मी रेसुङ्गा –६ रुपन्देही सम्पर्क समाजको तेस्रो साधारण सभा आज रूपन्देही स्थित साइनो पार्टी प्यालेसमा भव्य रूपमा सम्पन्न भएको हो । समाजका अध्यक्ष यज्ञनाथ मरासिनीको अध्यक्षतामा सम्पन्न सभामा नेपाल सरकारका उपसचिव अनन्तराज मरासिनीको प्रमुख अतिथ्यता रहेको थियो।कार्यक्रममा विशिष्ट सदस्य नारायणप्रसाद अधिकारी तथा आजीवन सदस्य कमलप्रसाद मरासिनीले समाजले सामाजिक एकता, आपसी सद्भाव र सहकार्यमा खेलेको भूमिकाको प्रशंसा गर्दै भावी दिनमा अझ सशक्त ढंगले अघि बढ्नुपर्नेमा जोड दिनुभयो।वार्षिक प्रतिवेदन र आय–व्यय प्रस्तुतसाधारण सभामा अध्यक्ष मरासिनीले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। यस्तै, कोषाध्यक्ष गुणनिधि ...
प्रतिनिधिसभा निर्वाचन : देशभर १० हजार ९सय६७ मतदान स्थल कायम

प्रतिनिधिसभा निर्वाचन : देशभर १० हजार ९सय६७ मतदान स्थल कायम

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंआगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल कायम गरिएको छ । निर्वाचन आयोगले सहज रूपमा मतदान गर्ने व्यवस्थाका लागि १६८ वटा मतदान स्थल थप गरेको छ । यसअघि दश हजार ८९२ मतदान स्थल रहेका थिए ।यस्तै, प्रयोगमा नरहेका र समायोजित भएका ९३ वटा मतदानस्थल भने खारेज गरिएको छ । आम मतदातालाई सहज, सहज रूपमा मतदान गर्ने व्यवस्थाका लागि मतदानस्थल तय गरिएको आयोगले जनाएको छ । मतदातालाई अपायक परेका, प्रयोगका नरहेका मतदान केन्द्र खारेज गरी पायक पर्ने स्थानमा थप गरिएको हो । मतदानस्थल पुनरावलोकन गर्ने क्रममा मतदान स्थलको नाम, ठेगानामा रहेको त्रुटी सच्याउने, मतदातालाई पायक पर्ने स्थानमा आंशिक वा सबै मतदातालाई स्थानान्तरण गरिनेछ । यसैगरी, मतदातालाई साविककै अर्को मतदानस्थलमा समायोजनसमेत गरिएको छ । आयोगले यसअघि नै सार्वजनिक सूचनामार्फत मतदान...
महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस

महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौँ नेपाली कांग्रेसका महामन्त्री गगन थापा फागुन २१ गतेका प्रतिनिधिसभा निर्वाचनका लागि ६ स्थानबाट उम्मेदवार सिफारिस भएका छन् ।केन्द्रीय कार्यसमितिको मङ्सिर १५ गतेको निर्णय अनुसार प्रतिनिधिसभामा प्रत्यक्ष तथा समानुपातिकतर्फ उम्मेदवार बन्न मातहतका समितिहरूलाई नाम सिफारिस गर्न निर्देशन दिइएको थियो । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले त्यही निर्णय बमोजिम मातहतका कार्यालयलाई परिपत्र जारी गरेका थिए । परिपत्र अनुसार थापाको नाम काठमाडौँ–४, रोल्पा, धनकुटा, सर्लाही–४, तेह्रथुम र कपिलवस्तु–१ बाट प्रत्यक्षतर्फ सिफारिस भएको हो । तेह्रथुम र काठमाडौँ–४ बाट उनी एकल उम्मेदवारको रूपमा सिफारिस भएका छन् भने बाँकी क्षेत्रहरूमा अन्य नेतासँग प्रतिस्पर्धा हुनेछ । थापा यसअघि ४ कार्यकाल प्रतिनिधिसभा सदस्य रहिसकेका छन् । उनी २०६४ सालमा समानुपातिक प्रणालीबाट संविधानसभामा सां...
मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा पनि जारी

मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा पनि जारी

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार
बुटवल नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष तथा सदस्य पदका लागि आजदेखि देशका विभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरु मतदानमा सहभागी भएका छन् । यसै बीच बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा पनि शुक्रबार मतदान भएको छ । यस अस्पतालमा भोलि शनिबार पनि मतदान जारी रहनेछ ।देशका विभिन्न अस्पतालहरुमा मतदानस्थल तोकिएका छन् । जस अन्तरगत रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पताल र भैरहवाको भीम अस्पताललाई मतदान केन्द्र तोकिएको छ । निर्वाचन समितिका अनुसार उपत्यकाबाहिर पौष ४ र ५ गते हुने मतदानका लागि कतै शुक्रबार मात्र, कतै शनिबार मात्र र कतै दुवै दिन मतदान हुने व्यवस्था गरिएको छ। निर्वाचन समितिका अनुसार ८ स्थानमा आज शुक्रबार मात्र मतदान भएको छ भने ३ स्थानमा भोलि शनिबार मतदान हुँदैछ । लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपेरीटेन्डेन डा. ईन्द्र ढकालका अनुसार यस केन्द्रमा करिब ३ सय जना चिकित्सक मतदानमा सहभ...
एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक आज

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक आज

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंनेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज दिउसो १ बजे बबरमहलस्थित कार्की ब्याङ्केटमा बस्नेगरी बोलाइएको छ ।नेकपा एमालेको ११औं महाधिवेशनबाट ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ ।केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलनै बनाएर चुनावी मैदानमा गएपनि ओली पक्षले अधिकांश पद जितेको छ । १९ सदस्यीय पदाधिकारीमा ओली पक्षका १७ जना विजयी भए भने पोखरेल पक्षका २ जना विजयी भएका छन् । त्यस्तै केन्द्रीय कमिटीमा पनि ओली पक्षको बर्चश्व कायम रहेको छ । ...