Breaking news 2

रवि-बालेन-कुलमान आइपुगे एकै ठाउँ, जेन-जीसँग पनि समझदारीको तयारी

रवि-बालेन-कुलमान आइपुगे एकै ठाउँ, जेन-जीसँग पनि समझदारीको तयारी

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँवैकल्पिक राजनीतिका तीन प्रमुख समूह अब एउटै पार्टी र चिह्नबाट निर्वाचनमा होमिने भएका छन् ।रास्वपा र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच सहमति भएको भोलिपल्टै ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी पनि एकतामा समेटिएको छ । रास्वपा सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेको एकताको सहमतिपत्रमा बालेन्द्र साक्षी बनेका छन् । हस्ताक्षरका बेला कुलमान पनि उपस्थित थिए । एकतापछि पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहने, उसकै झन्डा र चुनाव चिह्न कायम रहने सहमतिपत्रमा उल्लेख छ ।सभापति रवि नै रहने र उपसभापतिमा कुलमान, डीपी अर्याल र स्वर्णिम वाग्ले रहने भनिएको छ ।उज्यालो नेपाल अभियानलाई अपनत्व लिएर पार्टीका संगठनात्मक संरचना थप सक्षम र फराकिलो बनाउन उज्यालो नेपाल पार्टीमा भएका युवा अभियन्ता र अनुभवी वि...
चिसोका कारण तराईको जनजीवन प्रभाबित, उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

चिसोका कारण तराईको जनजीवन प्रभाबित, उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

Breaking news 2, माैसम, विविध, समाचार, स्थानीय
बुटवल – आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ । अरु बाँकी ठाउँमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज पनि तराईका धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ । लगातारको हुस्सु, कुहिरो र चिसोका कारण बालबालिका र वृद्धवृद्धालाई बढी समस्या भएको छ । पश्चिम तराईका कैलाली र कञ्चनपुर जिल्लामा केही दिनदेखि घाम लागेको छैन । चिसो बढेपछि धनगढी उपमहानगरपालिका, डिभिजन वन कार्यालय र सशस्त्र प्रहरी बलको सहयोगमा बजारका केही चोकमा निःशुल्क दाउरा वितरण गरिएको छ । हुस्सु र कुहिरोका कारण मजदुरहरूलाई काम गर्न समस्या भएको छ । अझै केही दिनसम्म हुस्सु र कुहिरो रहने अनुमान गरिएको छ । चिसोका कारण आलु, तोरीजस्ता हिउँदे बालीमा डढुवा रोग देखिन थालेको किसानहरूले बताएका छन् ।  ...
बुटवलको औद्योगिक प्रदर्शनीमा छड्के अनुगमन: देखिएन खोट, सामाजिक सन्जालले तान्यो विदेशी पर्यटकको ध्यान

बुटवलको औद्योगिक प्रदर्शनीमा छड्के अनुगमन: देखिएन खोट, सामाजिक सन्जालले तान्यो विदेशी पर्यटकको ध्यान

Breaking news 2, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, मनोरञ्जन, राेचक जानकरी, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवलमा जारी औद्योगिक प्रदर्शनीको दशौं दिन आइतबार बुटवल उपमहानगरपालिकाले छड्के अनुगमन गरेको छ । प्रदर्शनी तथा मेलामहोत्सवहरुमा मिति नाघेका वस्तुको विक्रीवितरण हुने, अखाद्य वस्तुको मिसावटमा खाद्यपदार्थ बेचिने हुनसक्ने विषयलाई ध्यानमा राखेर उपमहानगरले छड्के अनुगमन गरेको थियो ।उपमहानगरपालिकाका उपमेयर सावित्रा अर्यालको नेतृत्वमा आएको अनुगमन टोलीले प्रदर्शनीमा रहेका कुनैपनि स्टलहरुमा मिति नाघेका वस्तु तथा होटलहरुमा अखाद्य वस्तु नभेटिएको हो । ‘म जिम्मेवारीमा आएपछि तीन वटा यस्ता प्रदर्शनी महोत्सवको अनुगमन गरेँ तर अहिलेजस्तो व्यवस्थित पहिलेकोमा थिएन, दुई होटलमा अलिकति सरसफाईका लागि अनुगमन टोलीले सचेत गराएका छौं, हामीले २ घन्टा लगाएर अधिकांश स्टलहरुमा पुगेर अनुगमन गरेका हौं, टोलीमा नियमित अनुगमनमा हिंड्ने उपमहानगरका सदस्यहरु थियौं, यस्तो प्रदर्शनी र महोत्सवहरुमा स्टलधनीलाई आयोजकले नै कडाई...
साक्षरबाट शिक्षित प्रदेशतर्फ अघि बढ्छ लुम्बिनी : मुख्यमन्त्री आचार्य

साक्षरबाट शिक्षित प्रदेशतर्फ अघि बढ्छ लुम्बिनी : मुख्यमन्त्री आचार्य

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
दाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशलाई अब साक्षरबाट शिक्षित प्रदेशको रूपमा घोषणा गर्ने गरी सरकारले प्राथमिकताका साथ काम गर्ने बताउनुभएको छ । आइतबार राप्ती उपत्यका (देउखुरी) मा आयोजित लुम्बिनी प्रदेश साक्षर घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले शिक्षक, विद्यार्थी, अभिभावक लगायत सबै सरोकारवालाको अथक प्रयासका कारण साक्षर प्रदेश घोषणा सम्भव भएको र यसलाई दीगो रूपमा अघि बढाउने जिम्मेवारी सबैको हुने बताउनुभयो । घोषणा आफैंमा ठूलो कुरा होइन । साक्षरतालाई टिकाइराख्नु मुख्य विषय हो । अब हामी साक्षरबाट शिक्षित प्रदेशको घोषणा गर्नेतर्फ छिट्टै अघि बढ्नुपर्छ,´ उहाँले भन्नुभयो,यससँगै प्रदेशलाई दुर्व्यसनमुक्त बनाउने अभियान पनि सशक्त रूपमा अघि बढाउन आवश्यक छ ।´ मुख्यमन्त्री आचार्यले नवयुवाहरू दुर्व्यसनमा फस्नु चिन्ताको विषय भएको उल्लेख गर्दै दुर्व्...
आफ्नो सम्मान र स्वाभिमानलाई नमेटाई सहकार्य गर्न तयार छौं : घिसिङ

आफ्नो सम्मान र स्वाभिमानलाई नमेटाई सहकार्य गर्न तयार छौं : घिसिङ

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
पोखराउज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले आफ्नो सम्मान र स्वाभिमान त्यसलाई नमेटाई सहकार्य गर्न तयार रहेको बताएका छन् ।आइतबार बिहान पोखरास्थित उज्यालो नेपाल पार्टीको कास्की जिल्लाको भेलामा सम्बोधन गर्दै मन्त्री घिसिङ जनताले सबै वैकल्पिक शक्ति एक ठाउँमा हेर्न चाहेको बताउदै उज्यालो नेपाल पार्टीले आफ्नो सम्मान र स्वाभिमान त्यसलाई नमेटाई सबै वैकल्पिक शक्तिसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । उनले धेरै समुह र दलसँग कुरा भइरहेको र त्यसको नतिजा पनि छिट्टै आउने बताएका छन् ।आइतबार बिहान बालेन शाह र रवि लामिछानेबीच भएको सहमति पछि कुलमानको यस्तो अभिव्यक्ति आएको हो । कुलमानले रवि लामिछानेसँग बालेनको सहमति प्रति असहमति राखेका छन् । ...
एकतापछि दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहने, प्रधानमन्त्रीको उम्मेदवार बालेन बन्ने सहमति

एकतापछि दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहने, प्रधानमन्त्रीको उम्मेदवार बालेन बन्ने सहमति

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनबीच एकता गर्ने सहमति भएको छ।सहमतिअनुसार दुई पक्षबीच एकतापछि पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी तथा सभापति लामिछाने नै रहने र आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार बालेन बन्ने समझदारी भएको छ। ‘पहिलो पक्ष र दोस्रो पक्षबीच बृहत् एकता भएपश्चात् स्थापित हुने राजनीतिक दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी, दलको झण्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङको गोलाकार बीचमा निलो रङको घण्टीको आकृति, दलको चुनाव चिह्न ‘घण्टी’ र केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने’, ‘सहमपति पत्रमा भनिएको छ, राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह ह...
बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा शनिबार एकै दिन पुगे ७५ हजार अवलोकनकर्ता

बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा शनिबार एकै दिन पुगे ७५ हजार अवलोकनकर्ता

Breaking news 2, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, मनोरञ्जन, राेचक जानकरी, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवलमा जारी औद्योगिक प्रदर्शनीको नवौं दिन शनिबार मात्रै करिब ७५ हजार अवलोकनकर्ताले भ्रमण गरेका छन् । पुस ३ गतेदेखि १७ गतेसम्म रुपन्देही उद्योग संघले बुटवलमा आयोजना भएको १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवमा शनिबार अहिलेसम्मकै एकैदिनमा धेरै अवलोकनकर्ताको सहभागिता भएको प्रदर्शनी प्रबन्धक यादव भण्डारीले जानकारी दिए । प्रदर्शनीका लागि छुट्टाइएका नियमित काउन्टरहरुमा सहभागीको दिनभर भीड थेग्न नसकेपछि अतिरिक्त काउन्टरको व्यवस्थापन गरेर दिनभर टिकट बिक्री गरिएको र प्रदर्शनी सुरु भएको ९ दिनमध्ये एकैदिन ठूलो संख्यामा सहभागी आएको र स्टलहरुमा पनि त्यतिकै धेरै कारोबार भएको संघका कोषाध्यक्ष विशाल बेल्वासेले बताए ।पुसको पहिलो सातादेखि नै बुटवलमा हुस्यु तथा शीतलहर सुरु भए पनि त्यसको बाबजुत अवलोकनकर्ताको घुइँचो लागेको हो । शुक्रबार दिनभरजसो घाम लागेपनि शनिबार बि...
मदिरा उद्योगमा विष्फोट: १ जनाको मृत्यु,६ जना घाइते

मदिरा उद्योगमा विष्फोट: १ जनाको मृत्यु,६ जना घाइते

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
रौतहट रौतहटमा रहेको एक मदिरा उत्पादन गर्ने उद्योगमा विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । कटहरिया नगरपालिका–९ मा रहेको ज्योती डिस्टिलरी उद्योगमा आज बिहान बोइलर विष्फोट भएको हो ।जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) रविन कार्कीका अनुसार विष्फोटमा लक्ष्मण राय यादवको घटनास्थलमै मृत्यु भएको छ । साथै, बिगन राय, बलिराम राय, रहमत मियाँ, कैलाश माली, प्रेमजित राय र जगदिश राय घाइते भएका छन् । बिहान अचानक ठूलो आवाजसहित डिस्टिलरीको बोइलर विष्फोट भएको थियो । घटनामा गम्भीर घाइतेहरूलाई उपचारका लागि वीरगञ्ज लैजाने तयारी भइरहेको एसपी कार्कीले बताए । विष्फोटको कारणबारे अनुसन्धान भइरहेको र प्रहरी टोली घटनास्थलमै रहेको उनले जानकारी दिए । ...
आजदेखि रास्वपाको समानुपातिकका लागि उम्मेदवारको मतदान

आजदेखि रास्वपाको समानुपातिकका लागि उम्मेदवारको मतदान

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक उम्मेदवारका लागि आज बिहान ७ बजेदेखि आइतबार साँझ ७ बजेसम्म आन्तरिक मतदान गर्दैछ ।रास्वपाले फागुन २१ गतेको प्रतिनिधि सभाको मानुपातिक तर्फका ११० उम्मेदवार छनोट गर्न गत कात्तिक २२ गतेदेखि नै प्रक्रिया शुरु गरेको थियो । समानुपातिकमा उम्मेदवार बन्न ३८० जनाले आवेदन दिएका छन् र उनीहरुको ब्लुप्रिन्ट, शून्य समयमा प्रस्तुतिपछि मतदान गर्न लागिएको छ । मतदानका लागि ३६ घण्टाको समय निर्धारण गरिएको छ ।रास्वपाले ६ क्लस्टर खसआर्य, आदिवासी जनजाति, दलित, मुस्लिम, मधेसी र थारू बनाएर मतदान गर्न लागेको छ । जस अनुसार खसआर्यबाट ३३ जना, आदिबासीबाट ३२ जना, मधेसीबाट १८ जना, दलितबाट १५ जना, थारुबाट ८ जना र मुस्लिमबाट ५ जना उम्मेदवार चयन गर्दैछ ।आन्तरिक मतदानमा अधिकतम ११० जनालाई मतदान गर्न सकिने र न्युनतम ५७ जना महिला उम्मेदवारलाई मत दिनुपर्ने व्यवस्था गरिएक...
पर्यटन र वन ऐन पर्यटन व्यवसायका बाधक, व्यवसायीबीचकै सहकार्य, बनेका संरचनाको प्रयोग तथा पर्यावरण संरक्षणमा अग्रह

पर्यटन र वन ऐन पर्यटन व्यवसायका बाधक, व्यवसायीबीचकै सहकार्य, बनेका संरचनाको प्रयोग तथा पर्यावरण संरक्षणमा अग्रह

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज
बुटवलपर्यटनको नीतिगत सुधारका साथै बजेटको सही प्रयोग गर्नुपर्ने सो क्षेत्रका विज्ञ तथा सरोकारवाला निकायले सुझाव दिएका छन् । उनीहरुले लुम्बिनी प्रदेशका पर्यटकीय स्थलहरु बीचको सहज पहुँच बनाउनुपर्ने, धार्मिक स्थानहरु सोही खालका पर्यटकीय वातावरण बनाउन आग्रह गरेका छन् ।रुपन्देही उद्योग संघले संचालन गरेको १६ औं औद्योगिक प्रदर्शनीको अवसरमा आयोजित पर्यटकीय प्रवेशद्वार र पूर्वाधार लुम्बिनी समृद्धिको आधार विषयक पर्यटन बहसमा सहभागीहरुले यस्तो सुझाव दिएका हुन् ।उनीहरुले पर्यटकीय संघसंस्थाहरुबीच समन्वय र सहकार्यको वातावरण बनाउन सुझाव, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पर्यटकीय अभियान तथा टुरप्याकेज संचालन गर्न, भारतीय पर्यटकहरुको सम्मानपूर्व व्यवहार गर्न सुझाव दिएका छन् ।सहभागी अधिकांशले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित संचालनका लागि सरकारसँगै निजी क्षेत्र पनि थप अग्रसर हुनुपर्ने आग्रह ...