काठमाडौं, १६ साउन । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य रघुजी पन्तले सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा मात्रै केन्द्रीत गराउनुपर्ने बताएका छन् । आज (बुधबार) प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकलाई सम्बोधन गर्दै उनले सशस्त्र प्रहरीले सीमा क्षेत्रको सुरक्षाका सन्दर्भमा राम्रो काम गरिरहेको भन्दै स्पष्टरुपमा कार्यक्षेत्र निर्धारण गर्न आवश्यक रहेको बताएका हुन् ।उनले सशस्त्र प्रहरीलाई नेताको सुरक्षा र कारागारको सुरक्षामा राख्न नहुने बताए । ‘सशस्त्र प्रहरीलाई नेताहरुको सुरक्षा र कारागारको सुरक्षामा लगाउनेभन्दा यसलाई सीमा सुरक्षामा केन्द्रीत गरौं । भारतमा त बीएसपी छ । हाम्रोमा पनि कार्यक्षेत्र प्रष्ट डिफाइन गरौं,’– नेता पन्तले भने ।साथै, उनले नेपालका नेताहरु पनि सुध्रिन आवश्यक रहेको बताए । थ्रेट भएका भन्दा बाहेक अरु नेताहरुले प्रहरी अघिपछि लगाएर हिँड्न आवश्य...