नेकपा एकीकृत समाजवादीमा रामकुमारीलाई बनाईयो जिम्मेवारी बिहिन


नेकपा एकीकृत समाजवादीले  केन्द्रीय विभागका प्रमुख र उपप्रमुख तोक्दा चर्चित नेतृ एवं स्थायी कमिटी सदस्य रामकुमारी झाक्रिलाई भने जिम्मेवारी बिहिन बनाएको छ।

यही माघ १४ गते सोमबार पार्टीले जारी गरेको अपानी ४ मा ३३ वटा केन्द्रीय विभागका प्रमुख र उप्रमुख तोकेको भएपनि यस अघिसचिव भैसकेकी झाक्रिलाई कुनै बिभाग दिईएको छैन्।

एसले दिएको जिम्मेवारीमा कतिपय नेताहरु दोहोरो जिम्मेवारीमा पनि छन्। तर झाक्रिलाई एमाले प्रवेश गर्न लागेको हल्ला चलाएर उक्त पार्टीले जिम्मेवारी बिहिन बनाएको हो। 

पछिल्लो सर्कुलर अनुसार पार्टी स्कुल विभाग प्रमुखमा पार्टीका सम्मानित नेता झलनाथ खनाल, उपप्रमुखमा पार्टीका वरिष्ठ नेताद्धय डा.बेदुराम भुसाल र डा. विजय पौडेललाई जिम्मेवारी तोकेको छ।

सङगठन विभागको प्रमुखमा डा. बेदुराम भुसाल, उपप्रमुखमा रामचन्द्र यादव, विदेश विभागको प्रमुखमा प्रमेश हमाल, राजकीय मामिला विभाग प्रमुखमा पार्टीका वरिष्ठ नेता घनेन्द्र बस्नेत, उपप्रमुखमा प्रमोद शर्मा, प्रचार विभाग प्रमुखमा पार्टी उपाध्यक्ष प्रकाश ज्वाला र उपप्रमुखमा दामोदर अर्याल र चमिना भट्टराई, सङघीय तथा प्रादेशिक मामिला प्रमुखमा पार्टी उपाध्यक्ष जगन्नाथ खतिवडा, अनुगमन तथा मूल्याङकन विभाग प्रमुखमा पार्टी महासचिव घनश्याम भुसाल, उपप्रमुखमा अशेष घिमिरे रहेका छन।

उता, संसदीय विभाग प्रमुखमा गरिमा शाह, शिक्षा विभाग प्रमुखमा पार्टी सचिव सावित्रा भुसाल, उपप्रमुखमा उदयबहादुर बोहरा, आर्थिक विभाग प्रमुखमा पार्टी सचिव सोम पाण्डे, सहकारी विभाग प्रमुखमा केशवलाल श्रेष्ठ र उपप्रमुखमा निर्मल सुवेदी र नवराज सुवेदीलाई जिम्मेवारी तोकिएको छ।

त्यस्तै, अर्थ योजना विभाग प्रमुख डा. विजय पौडेल, उपप्रमुखमा डा.चन्द्रमणि अधिकारी, पर्यटन विभाग प्रमुखमा जीवनराम श्रेष्ठ र उप प्रमुखमा हंशबहादुर शाही, कृषि तथा भूमिसुधार विभाग प्रमुखमा हरि पराजुली र उपप्रमुखमा चुनु केसी, भौतिक पूर्वाधार तथा यातायात विभाग प्रमुखमा रामचन्द्र झा र उपप्रमुखमा गम्भीरलाल श्रेष्ठ रहेका छन।

साथै, स्थानीय तह विभाग प्रमुखमा कल्याणी खडका र उपप्रमुखमा मिना लामा, डा.सीता ढुङगाना, स्वास्थ्य विभाग प्रमुखमा डा.वंशीधर मिश्र र उपप्रमुखमा राधा सिलवाल, राष्ट्रिय हित सुरक्षा विभाग प्रमुखमा साध्यबहादुर भण्डारी, जलस्रोत विभाग प्रमुखमा डा. कृष्ण पन्त, निर्वाचन विभाग प्रमुखमा दिलु पन्त र उपप्रमुखमा अम्बिका थापा, भवानी खडका, कानुन विभाग प्रमुखमा डा।देउमान सम्बाहाम्फे र उपप्रमुखमा कुलप्रसाद फुयाँललाई जिम्मेवारी तोकिएको नेकपा एसले जनाएको छ।

पार्टीको समाज कल्याण विभाग प्रमुखमा निरादेवी जैरु र उपप्रमुखमा मञ्जु यादव, विपद व्यवस्थापन विभाग प्रमुखमा राजेन्द्रमान श्रेष्ठ र उपप्रमुखमा भास्कर काफ्ले, उपभोक्ता हित विभाग प्रमुखमा प्रा.डा.इन्दु आचार्य र उपप्रमुखमा रुकमति जागरी, श्रम तथा रोजगार विभाग प्रमुखमा सुदेश पराजुली, विज्ञान प्रविधि विभाग प्रमुखमा शंकर पोखरेल, खानेपानी तथा सरसफाइ विभाग प्रमुखमा चीरञ्जीवी आचाय, खेलकुद विभाग प्रमुखमा देवसिंह महता र उपप्रमुखमा रिता अवाल रहेका छन।

उता, शहरी विकास विभाग प्रमुखमा कृष्णप्रसाद खनाल, वन वातावरण विभाग प्रमुखमा विजय गुरुङ र उपप्रमुखमा अम्बिका थापा, उद्योग बाणिज्य विभाग प्रमुखमा परमानन्द भट्ट र उपप्रमुखमा गोमा तिमिल्सिना, उद्यमशिलता विकास विभाग प्रमुखमा होम बुढाथोकी, साहित्य–संस्कृति विभाग प्रमुखमा रमेशरञ्जन झालाई जिम्मेवारी तोकेको छ।

छुटाउनुभयो कि ?

थाइल्याण्डमा गुडिरहेको रेलमाथि क्रेन खस्दा २२ जनाको ज्यान गयो : ७९ जना घाइते

थाइल्याण्डमा गुडिरहेको रेलमाथि क्रेन खस्दा २२ जनाको ज्यान गयो : ७९ जना घाइते

थाइल्याण्डको नाखोन राचासिमा प्रान्तमा काम गर्दै गरेको क्रेन गुड्दै गरेको रेलमाथि खस्दा कम्तीमा २२ ज्यान गएको छ भने ७९ जना घ...
नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

काठमाण्डाै – नेपाली कांग्रेसको विशेष महाधिवेशनमा मतदान आज मात्रै हुने भएको छ । यसअघि हिजो राति ९ बजेदेखि मतदान शुरू हुने का...
साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

काठमाण्डौ – साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ पहिलो खेलमा नेपालले श्रीलङ्कासँग बराबरी खेलेको छ । थाइल्यान्डको नन्थाबुरीमा...
कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...